काठमाडौं – उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप–२०२२ छनोट खेलअन्तर्गत आज (मंगलबार) नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयानुसार खेल अपराह्न पौने ४ बजे उज्बेकिस्तानको जेएआर मैदानमा शुरु हुनेछ ।

एसियन कपमा छनोट हुने सम्भावना कायमै राख्न नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ । त्यसो त समूह ‘एफ’ मा रहेको नेपालले छनोटका लागि आजको खेल जितेर मात्रै पुग्दैन, फिलिपिन्स र हङकङबीचको खेलमा समेत भर पर्नुपर्नेछ ।

यसअघि पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ ले हारेको थियो । तीन वटै टोलीले बराबरी अंक बनाए नेपाल शीर्षस्थानमा रहन सक्छ । नेपाल १०१ औं स्थानमा छ । १४ पटक एसियन कप खेलिसकेको हङकङ फिफा वरीयताको ७६ औं स्थानमा छ ।

तपाईको प्रतिक्रिया