भारतविरुद्धको खेलमा नेपाललाई छैटौँ झट्का

भारतविरुद्धको खेलमा नेपाललाई छैटौँ झट्का
काठमाडौँ- पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा छैटौँ विकेट गुमाएको छ । ३१ दशमलव ५ ओभरमा एक सय ४४ रन बनाउँदा नेपालले छैटौँ विकेट गुमाएको हो । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले छैटौँ विकेटका रुपमा गुल्सन झालाई गुमाएको हो । गुल्सनले ३५ बलमा तीन चौकाको मद्दतमा २३ रन जोड्दै भारतका मोहम्मद सिराजको बलमा आउट भएक...

एसिया कप : नेपालको एक सय रन पूरा

एसिया कप : नेपालको एक सय रन पूरा
काठमाडौँ -एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २१ दशकमलव ५ ओभरमा ओभरमा चार विकेट गुमाउदै एक सय रन कटाएको हो । नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो भने दोस्रो विकेटको रुपमा भिम सार्कीलाई गुमायो । त्यस्तै नेपालले तेस्रो...

एसिया कप क्रिकेट : आसिफको अर्धशतक

एसिया कप क्रिकेट : आसिफको अर्धशतक
काठमाडौँ -एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा सुरुआती ब्याट्सम्यान आशिफ शेखले अर्धशतक बनाएका छन् । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा आशिफले ८८ बलमा सात चौकाको मद्दतमा ५० रन बनाएका हुन् । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २७ दशमलव ४ ओभरमा चार विकेट गुमाउँदै ११८ रनको योगफल बनाउँदै खेलिरहेको छ ।

एसिया कप क्रिकेट : नेपाललाई विश्वका क्रिकेट प्रेमीमाझ चिनिने अवसर

एसिया कप क्रिकेट : नेपाललाई विश्वका क्रिकेट प्रेमीमाझ चिनिने अवसर
काठमाडौं  - कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो । यसअघि यही मैदानमा दशमध्ये सात खेलमा घरेलु टोलीको विजय देखिसकेका स्थानीय दर्शक पाकिस्तानको फितलो प्रदर्शन कदापि हेर्न चाहँदैनथे । अझ त्यसमा पनि क्रिकेटमा भर्खर उदाउँदै गरेको नेपालसित । तर नेपाली टोली पाकिस्तानी दर्शकले सोचेजस्तो कमजोर पनि थिएन । पाकिस्तानविरुद्धको...

भलिबलमा योगदान दिने सम्मानित

भलिबलमा योगदान दिने सम्मानित
गण्डकी, ७ भदौ - गण्डकी प्रदेश भलिबल सङ्घले भलिबल खेलमा  योगदान दिएका चारजनालाई सम्मान गरेको छ । भलिबल सङ्घका केन्द्रीय सल्लाहकार एवं भलिबलका पूर्व खेलाडी हरिप्रसाद पराजुली, टाइगर ग्रुप पोखराका अध्यक्ष नारायणप्रसाद शर्मा,  भलिबल गीतका रचनाकार आरजु विष्ट सल्यानी तथा गीतका गायक सङ्गीतकार विनोद बानियालाई बुधबार पोखरामा सम्मान गरिएको हो । आफ्नो जीवनकालमा भलिबलसँग जोडिएर योगदान दिएको भन्दै चारैजनालाई...

एसियाली खेलकुद : रग्बीमा नेपाल समूह ‘ए’ मा

एसियाली खेलकुद : रग्बीमा नेपाल समूह ‘ए’ मा
काठमाडौँ, ६ भदौ - चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालसँगै यो समूहमा हङ्कङ, चीन र फिलिपिन्स छन् । हाङझाव एसियाडमा नेपालले पुरुष रग्बीमा सहभागिता जनाउँदै छ । पुरुष रग्बीमा जम्मा १२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । यसैगरी समूह ‘बी’मा दक्षिण कोरिया, मलेसिया र चाइ...

राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए

राष्ट्रिय फुटबल टोलीमा तीन खेलाडी थपिए
काठमाडौँ - राष्ट्रिय फुटबल टोलिका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिफा विश्वकप फुटबल–२०२६ र एएफसी एसियन कप–२०२७ को एसिया छनोटका लागि आज प्रारम्भिक टोलीमा तीन खेलाडी थप्नुभएको छ । थपिएका खेलाडीमा फ्रेन्ड्स क्लबमा मिडफिल्डर सन्तोष खत्री, कुशल फुयाल र जावलाखेल युथ क्लबका फरवार्ड हिसुब थपलियालाई राष्ट्रिय टोललीको प्रारम्भिक टोलीमा थप्नुभएको हो । यस तीन खेलाडी थपिएसँगै अब प्रारम्भिक टोलीम...

विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने

विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने
काठमाडौँ  - फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्नेभएको छ । मलेसियाको क्वालालम्पुरस्थित एसियाली फुटबल महासङ्घ ९एएफसी० को मुख्यालयमा आज सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले दोस्रो चरणमा प्रवेश गर्न लाओसको सामना गर्ने पक्का भएको हो । नेपालले लाओससँग होम एन्ड अवे गरी दुई खेल खेल्नेछ । आगामी अक्टोबरमा हुने दुई लेगको छनोटको पहिलो लेग अ...

पौडीबाज गौरिकाको राष्ट्रिय कीर्तिमान

पौडीबाज गौरिकाको राष्ट्रिय कीर्तिमान
काठमाडौं - जापानको फुकुओकामा जारी २०औँ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा दक्षिण एशियाली खेलकुद (साग) की स्वर्णधारी गौरिका सिंहले व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ । उहाँले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको ३१ द्यशमलव ८७ सेकेन्डको समयमा सुधार गर्दै ३१ द्यशमलव ४४ सेकेन्ड खर्चेर नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको नेपाल पौडी सङ्घका अध्यक्ष अशोक ...

प्रदेश खेलकुद परिषद्द्वारा खेलकुद सङ्घसँग अन्तरक्रिया

प्रदेश खेलकुद परिषद्द्वारा खेलकुद सङ्घसँग अन्तरक्रिया
गण्डकी -प्रदेश खेलकुद परिषद् गण्डकीले प्रदेश खेलकुद सङ्घसँग मङ्गलबार बृहत् छलफलसहित अन्तरक्रिया गरेको छ । विभिन्न ३० भन्दा बढी खेल सङ्घको सहभागिता रहेको कार्यक्रममा प्रदेशको खेलकुद विकासका लागि खेल सङ्घसँगका विभिन्न समस्याका बारेमा छलफल गरिएको परिषद्का सदस्य सचिव श्रीधर शर्माले जानकारी दिनुुभयो । परिषद्द्वारा अघि सारिएका कार्यक्रम सफल बनाउने र खेल सङ्घलाई व्यवस्थित गर्ने लगायतका विषयमा छ...