चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का

चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का
काठमाडौं - नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा सुनिलकुमार थापा निर्वाचित भएका छन् । उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई समेत निर्विरोध भए । सदस्यहरुमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र श...

क्यानडामा ‘घरजम’ प्रदर्शन हुने

क्यानडामा ‘घरजम’ प्रदर्शन हुने
काठमाडौं - क्यानडाको काल्गेरीमा नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’ प्रदर्शन हुने भएको छ ।याक्थुङ इमर्जेन्सी रिलिफ फन्डको आयोजनामा याक्थुङ चुम्लुङ एसोसिएसन काल्गेरी र किरात याक्थुङ चुम्लुङ काल्गेरीसंग सहकार्य गर्दै ग्लोब सिनेमा हलमा आसोज ‌‌‌‌‌२ गते आइतबारका दिन प्रदर्शन हुन लागेको हो । रोमियो फिल्मस् प्रा. लि. को ब्यानरमा बनेको फिल्मका निर्माता किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापो हुन् ...

बिपिन र शिलाको ‘ओठमा तिम्रो’ सार्वजनिक

बिपिन र शिलाको ‘ओठमा तिम्रो’ सार्वजनिक
काठमाडौं - बिपिन घिमिरे र शिला बिष्टको स्वरमा रहेको ‘ओठमा तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ ।बसन्त शर्माको शब्द, संगीत गायक स्वंमको रहेको छ भने एरेञ्ज देबेन्द्र नेवाको रहेको छ । मनोज सुवेदीको निर्देशन रहेको भिडियोमा राज टाइगर र रोश्नी कार्कीको अभिनय रहेको छ । रेशम दर्लामीले छायांकन गरेका छन् भने सुरेश राउतले सम्पादन गरेका हुन् । भिडियोे… https://www.youtube.com/watch?v=KOB_qbbMrI4

अर्गानिक पालाम निङवा

अर्गानिक पालाम निङवा
काठमाडौं - निङवा अर्गानिक पालाम सार्वजनिक भएको छ । कथा नेपालको पुर्बि ताप्लेजुङ नाल्बु गाउका दिल कुमारि साबा साथिहरु सित पुसे मेला भर्न आफ्नो साथ हरु सित पुसेमेला भर्न जादै हुन्छन फेदाप थुम बाट आएका सेसे हाङर उनका साथि हरु पत्र लेखेर धान नाच्न पुसे मेला जादै गरेका थाङबेनहरु सित बाटोमा भेट भै थाङबेनहरु सित पेरेम लाम र किक्लिके पाराले एक आपसमा पालामबाट नै मायाको कुरा गरेर सबै जना पुसे मेला भर्न...

चलचित्र ‘काख्रे’को ट्रेलर सार्वजानिक

चलचित्र ‘काख्रे’को ट्रेलर सार्वजानिक
काठमाडौं - तामाङ भाषाको चलचित्र काख्रेको ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ‘काख्रे’को ट्रिजर सार्वजनिक गरिएको हो । ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रलाई रोशन फ्युवा तामाङले निर्देशन, कथाकार तथा नायक ऋतुराज पाख्रिनको कथा रहेको छ । उक्त चलचित्रको निर्माता प्रबल थिङ रहेको छ भने सह निर्माता शेखर थापा, शंकर पुढाशैनी र सरिता तामाङ रहेका...

‘के भूल’ सार्वजनिक

‘के भूल’ सार्वजनिक
काठमाडौं - प्रबिशा अधिकारी र कुशल थलङको स्वरमा रहेको ‘के भूल’ बोलको गीत सार्वजनिक भएको छ । जानु काम्बाङको शब्द र तारा प्रकाश लिम्बूको संगीत रहेको छ भने एरेञ्ज शहस शाक्यले गरेका छन् । भिडियोमा ड्रोन पर्शु लिम्बू, छायांकन र सम्पादन बिबी लिम्बूले गरेका हुन् । प्रकाश लिम्बूले निर्देशन गरेको भिडियोमा सोनिया लिम्बू, रमेश सुनुवार, सीता कुमारी तुम्बापो र भूमिहाङ लिम्बूको अभिनय रहेको छ ।भिडियो… ...

‘काँडेतार’ फिल्मको टिजर रिलिज

‘काँडेतार’ फिल्मको टिजर रिलिज
काठमाडौं - ‘काँडेतार’ फिल्मको टिजर रिलिज भएको छ । नवल खड्काको निर्देशन रहेको फिल्म ‘काँडेतारको टिजर आज सार्वजनिक गरिएको हो । खड्काका अनुसार चलचित्रमा सिमानामा काँडेतार बारले दुई देशको भूमिको संरक्षण मात्रै र असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने कथामा समेटिएको छ। फिल्ममा नवल खड्का, गौरब पहाडी, सुरबिना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा ,संजय खतिवडा, रोमियन लि...

जेठ २८ मा ‘सामाजिक सञ्जाल’

जेठ २८ मा ‘सामाजिक सञ्जाल’
काठमाडौं - नेपाल तामाङ चलचित्र संघको १४ औं बार्षिक उत्सवको उपलक्ष्यमा रोशी गाउँपालिकासँगको सहकार्यमा निर्माणदिन ‘सामाजि सञ्जालू’ डकुमेन्ट्री सार्वजनिक हुने भएको छ । जेठ २८ गते नेपाल तामाङ चलचित्र संघको स्थापना दिवसको अवसरमा सार्वजनिक गर्न लागेको संघको अध्यक्ष कुमार मोक्तानले बताए । कोभिड(१९ को कारणले थलिएको तामाङ चलचित्रलाई ब्यत्याउने उदेश्यले यो छोटोे डकुमेन्ट्री प्रदर्शन गर्नलागेको पत...

जीवन परिवेशको ‘ए माया’

जीवन परिवेशको ‘ए माया’
काठमाडौं - जीवन परिवेशको ‘ए माया’ बोलको गीत सार्वजनिक भएको छ । आज उक्त गीतको म्युजिक भिडियो सार्जवनिक भएको हो । ए माया गीतमा बरिष्ट संचारकर्मी तथा मोडल नरेश भट्टराई तथा चर्चित टिकटक स्टार उषा उप्रेतीको अभिनय रहेको छ । वर्ष २०७८ कै सर्बोत्कृष्ट गीत बन्न सफल “सुनेको दरबार “ का संगीतकार दीपकराज विश्वकर्माले यस ‘ए माया’ बोलमा संगीत भरेका छन् । बिशेष गजल विधामा कलम चलाउने बरिष्ठ गजलकार सुमन ...

चलचित्र ‘घरजम’को ट्रेलर सार्वजनिक

चलचित्र ‘घरजम’को  ट्रेलर सार्वजनिक
काठमाडौं - नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर आज सार्वजनिक गरिएको हो । रोमियो फिल्मस् प्रा. लि. को ब्यानरमा बनेको ‘घरजम’ को निर्मातामा किशोर कुमार लिम्बु र सीता कुमारी तुम्बापो रहेका छन् । घरजम लिम्बू समुदायको परम्परा, संस्कार र संस्कृतिलाई आधार मानेर निर्मार्ण गरिएको नेपाली मौलिक चलचित्रमा कथा उपेन्द्र सुब्बाले लेखेका हुन् । चलचित्रमा सिर्जना स...