काठमाडौं – नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर आज सार्वजनिक गरिएको हो ।

रोमियो फिल्मस् प्रा. लि. को ब्यानरमा बनेको ‘घरजम’ को निर्मातामा किशोर कुमार लिम्बु र सीता कुमारी तुम्बापो रहेका छन् । घरजम लिम्बू समुदायको परम्परा, संस्कार र संस्कृतिलाई आधार मानेर निर्मार्ण गरिएको नेपाली मौलिक चलचित्रमा कथा उपेन्द्र सुब्बाले लेखेका हुन् ।

चलचित्रमा सिर्जना सुब्बा, बुद्धि तामाङ, यासेली योङहाङ, कुसल थलङ, शुष्मा लिम्बु, भरतमणी पौडेल, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, ईसिका जबेगु, जीवन भट्टराई, दिनेश माङमु, रबी शेर्मा, सीता कुमारी तुम्बापो, लक्ष्मी योङ्हाङ आयुषा लिम्बुखिम, शैलेन्द्र थेबे, नुनाम केरुङ, बिरेन्द्र खाम्दाक, सञ्जय निङलेकु र मनु थक्लुङ लगायतको अभिनय रहेको छ ।

मौसम इम्बुङ लिम्बु (फुःलेन्देको बाउ) को निर्देशन रहेको चलचित्र घरजमको छायांकन युवराज राई, जीवन थापाको सम्पादन, दिनेश माङमुको कोरियोग्रफी रहेको छ ।
ट्रेलर

तपाईको प्रतिक्रिया