काठमाडौं – ‘काँडेतार’ फिल्मको टिजर रिलिज भएको छ । नवल खड्काको निर्देशन रहेको फिल्म ‘काँडेतारको टिजर आज सार्वजनिक गरिएको हो ।

खड्काका अनुसार चलचित्रमा सिमानामा काँडेतार बारले दुई देशको भूमिको संरक्षण मात्रै र असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने कथामा समेटिएको छ।

फिल्ममा नवल खड्का, गौरब पहाडी, सुरबिना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा ,संजय खतिवडा, रोमियन लिम्बू, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रबि शाह, ज्ञानेन्द्र कोईराला, अन्जु केसी, प्रेम कार्की र बालकलाकार नादिया खड्का र सनया खड्का आदीको अभिनय रहेको छ।

गायिका सत्यकला राई कार्यकारी निर्माता रहेकी छन् भने माकिको राई र अन्जु केसी निर्माता रहेकी छन्। शिवम अधिकारी र नवल खड्काको लेखन, सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द निर्देशन, कविराज गहतराजको नृत्य निर्देशन, तारा थापा किम्भे र बन्दे प्रसादको सम्पादन र मणि थापा र दिपक शर्माको संगित रहेको छ।

भिडियो…

तपाईको प्रतिक्रिया