काठमाडौं – नेपाल तामाङ चलचित्र संघको १४ औं बार्षिक उत्सवको उपलक्ष्यमा रोशी गाउँपालिकासँगको सहकार्यमा निर्माणदिन ‘सामाजि सञ्जालू’ डकुमेन्ट्री सार्वजनिक हुने भएको छ ।

जेठ २८ गते नेपाल तामाङ चलचित्र संघको स्थापना दिवसको अवसरमा सार्वजनिक गर्न लागेको संघको अध्यक्ष कुमार मोक्तानले बताए ।

कोभिड(१९ को कारणले थलिएको तामाङ चलचित्रलाई ब्यत्याउने उदेश्यले यो छोटोे डकुमेन्ट्री प्रदर्शन गर्नलागेको पत्रकार सम्मेलन मार्फत उहाँले जानकारी दिए ।

उहाँले नेपाल तामाङ चलचित्र संघ र रोशी गाउँपालिकामा निर्माण भएको डकुमेन्ट्री ४५ मिनेटको रहेको र कुल लागत १० लाख ४ हजारमा निर्माण सम्पन्न गरेको बताउनु भयो ।

सामाजिक संञ्जालू छोटो डकुमेन्ट्रीको पटकथा रोशी गाउँपालिकाका निवर्तमान अध्यक्ष डिभि मोक्तान, निर्देशन संघको अध्यक्ष कुमार मोक्तानको रहेको छ।

तपाईको प्रतिक्रिया