चलचित्र ‘सुर्य किरण’ को प्रोमो तथा गीत सार्वजनिक
काठमाडौं - डम्फु मिडिया हाउस द्वारा प्रायोजित नेपाली कथानक चलचित्र सुर्य किरणको ‘मैच्याङ्लाई फकाउला डम्फू बजाउदै’ प्रोमो तथा गीत सार्वजनिक भएको छ ।
आदिवासी जनजाति चलचित्र बोर्डका अध्यक्ष अमृत सुनुवारको प्रमुख आतिथ्यमा उक्त प्रोमो तथा गीत सार्वजनिक भएको हो ।
उक्त फिल्ममा मुख्य भूमिकामा अभिनेत्री केकि अधिकारी, अमिर दोङ लगायत अन्य कलाकारको पनि भुमिका रहेको छ । फिल्मको गीतमा गायक ज...