काठकाडौं – निकै पूराना गायक अटल तुम्बापोले झण्डै दशकपछि दमदार पालाम ल्याएका छन् । पालाम लिम्बू जातिले गाउने साँस्कृतिक जुवारी हो ।

खगेन्द्र पन्धाक लिम्बूको शब्द-लय सङ्कलन रहेको यस गीतमा गंगा फियाकले गायनमा साथ दिएकी छिन् । श्याम वनेम लिम्बूको सङ्गीत संयोजन तथा शंकरा दिजिटल स्टुडियोको रेकर्डिङ र कुमार सानु पुनको मिक्सिङ रहेकोछ ।

खगेन्द्र पन्धाक लिम्बूको निर्देशन तथा सम्पादनमा बनेको यस भिडियोको छायाङ्कन खगेन्द्र पन्धाक लिम्बू, डम्बर राई र टीमले गरेका छन् । थात्थलो पोष्ट प्रोडक्सनबाट बनेको यस पालाम भिडियोकालागि ड्रेस तेह्रथुमे ढाका बुटिक, फातुङ्गे(यलम्बर बाजा) राम कुमार लिम्बूले तयार गरेका हुन् भने गुलेली माईकल लिम्बूले उपलब्ध गरेका हुन् ।

थात्थलो चलचित्रको नायिका सुमी लिम्बू र डेनी लिम्बूको मुख्य भूमिका रहेको यस भिडियोमा बिबेक गुरुङ, जुनकला राई र अरुणपूर्व केलाङ समूहले पनि अभिनय गरेका छन् । यस पालामलाई हाईलाइट्स नेपालले वर्ल्डप्रिमियर गरेको हो ।

भिडियो……………..

तपाईको प्रतिक्रिया