काठमाडौं – गैरआवासीय नेपाली संस्था (एनआरएनए) को परोपकारी परियोजनाअन्तर्गत मिक्लाजुङ नरसंहारमा बाँचेकी सीता खजुमलाई सोमबार अनामनगर काठमाडौंमा रु १ लाख रुपैयाँ प्रदान गरेको छ ।

सीतालाई प्रदेश नं. १ को सरकारले अध्ययन गराउँदै आएको कारण उनी काठमाडौं आउन पाइनन् । सीताकी आमा बुद्धमाया फियाक काठमाडौं आएकी थिइन् ।

एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, सदस्य राम नेपाल, मनिसिंह थापा, सल्लाहकार योगेन्द्र कुँवरको उपस्थितिमा सहयोग प्रदान गरिएको हो ।

सहयोग प्रदान गर्दै एनआरएन मलेसियाका सदस्य राम नेपालले समितिको मासिक वैठकमा परोपकारी परियोजनाको प्रस्ताव आउँदा सल्लाहकार योगेन्द्र कुँवरले मिक्लाजुङ नरसंहारको कुरा ल्याएको बताएका थिए । त्यसै प्रस्तावअनुसार यस सहयोग हस्तान्तरण गर्न सफल भएको नेपालले बताए ।

सल्लाहकार योगेन्द्र कुँवरले आफूले ल्याएको प्रस्तावलाई समितिले सहर्ष स्वीकार गरेर आज यहाँसम्म आइपुग्न सफल भएको बताएका थिए । साथै नगदलाई सहिसदुपयोग हुनेमै विश्वास रहेको कुँवरले बताए ।

सीता खजुमकी आमा बुद्धमाया फियाकले हत्यारालाई आफ्नो जीवनकालमा देखेर मात्र मर्न पाउँ भनेर बिन्ति गरेकी थिइन् । हत्यारा चाँडो पत्ता लगाएर सजाय दिलाई आफ्ना गुमेका सन्तान, आफन्तहरुले शान्ति पाउन् भन्ने उनको कामना थियो ।

कसरी भएको थियो मिक्लाजुङ घटना
गत वैशाख ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरूबोटेमा नकाब लगाएका व्यक्तिले सुतिरहेका बमबहादुर फियाक र धनराज शेर्माका परिवारको सामूहिक हत्या गरेका गरेका थिए । नौ जनाको एकजनाले हत्या गरेको बताए पनि हत्यारा को हुन् र उनले किन नौ जनाको सामूहिक संहार गरे भन्नेबारे केही पहिचान गर्न सकेको छैन ।

बमबहादुरको घरका चार जना र उनका ज्वाइँ धनराज शेर्माको घरका पाँच जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । हत्या भएकामा बमबहादुरसहित पत्नी फुर्चीमाया फियाक, कान्छी छोरी मनकुमारी फियाक, नातिनी आसिका खजुम छन् ।

यस्तै धनराजसहित पत्नी जस्मिता फियाक (शेर्मा), छोरीहरू युहाना शेर्मा, मुना शेर्मा तथा भतिजी इक्सा शेर्माको हत्या भएको छ । बमबहादुरकै अर्की नातिनी सीता खजुमले भागेर ज्यान जोगाएकी थिइन्

भिडियो….

तपाईको प्रतिक्रिया