काठमाडौँ – सेन्टर मिडिया पोइन्ट र धुन कला केन्द्रको संयुक्त आयोजनामा मिस एसइइ (सिजन- ८) २०१९ को ट्यालेन्ट राउण्ड शनिबार राजधानीमा सम्पन्न भएको छ ।

काठमाडौं सहित दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली लगायत विभिन्न जिल्लाबाट सहभागी भएका छन् । ट्यालेन्ट शो मा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय ,भाषाण कला लगायत विभिन्न कलाहरु प्रस्तुत गरेका थिए ।

मिस एसइइ २०१९ को विजेतालाई ३ लाख बरावरको पुरस्कार दिईनेछ । सिल्बर क्रोउन र गिफ्ट हेम्परका साथै छात्रावृत्तिको व्यवस्था समेत गरेको छ ।

मिस एसइइको फाइनल यात्रा भने आगामी जेठ २७ गते सोमबार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा हुनेछ ।कार्यक्रम सञ्चालन भने द राइजिङ स्टार सिजन -२ को विजेता अुनुष्का मानन्धरले गरेका थिए ।

भिडियो हेर्नुहोस् ………

तपाईको प्रतिक्रिया