अविन लिम्बू

काठमाडौं – पछिल्लो समय नेपालमा एक पछि अर्को गर्दै गिनिज बुक अफ वल्ड रेकर्डसमा नाम लेखाउने क्रम जारी छ । ति मध्ये एक हुन् एकै घरका दुई दिदी-बहिनी रुविशा श्रेष्ठ र एलिशा श्रेष्ठ ,लगातार ४१ घन्टा ५ मिनेट युगल नृत्य देखाएर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी छन् ।

नेपालबाट केहि समय अगाडी १२६ घण्टा लामो नृत्य गरेर वन्दना नेपालले गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी थिइन् भने फेरी यस्तै युगल नृत्य गरेर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल दिदी-बहिनी रुविशा श्रेष्ठ र एलिशा श्रेष्ठ हुन् ।

गोल्डेन आई डान्स सेन्टरको आयोजनामा जेठ ११ गते देखि नाच शुरु गरेका यी दुइ दिदिबहिनी रुबिशा र एलिशाले आईतबार राति १ बजे सम्म नाचेर ४१ घण्टा ५ मिनेटको रेकर्ड राख्न सफल भएकी हुन् ।

भिडियो हेर्नुहोस् …….

तपाईको प्रतिक्रिया