काठमाडौं – पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्ति परेकाहरूलाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गरेकी छन्।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले पूर्व औरहीका अग्निपीडित, पश्चिम खारापानीका बाढीपीडित, सुर्खेतका बाढीपीडितलाई राहत दिन पनि कोष स्थापना गर्नु परेको स्पष्ट पारिन्।

पूर्वयुवराज्ञी शाहले सो कोषमार्फत् विपत्तिमा परेका बाढीपीडितलाई राहत दिन पूर्वराजा ज्ञानेन्द्र शाहका सन्देशहरूको संग्रहित पुस्तक बिक्रीवितरणमा राखिएको पनि जानकारी दिइन्।

भिडियो…..

तपाईको प्रतिक्रिया