गीतकार कृष्ण चोङबाङको आधुनिक गीत तिम्रो मायाँ सार्वजनिक भएको छ । सुशान्त पहाडी ले संगित गर्नु भएको र विशाल निरौलाले एरेन्ज गर्नुभएको गीत स्वरुपराज आचार्यको सुमधुर स्वरमा निकै मार्मिक र उत्कृष्ठ गीत हालै अलंकार स्टुडियो अनामनगरमा रेकर्ड भएको हो ।
पुर्वी पहाड तेर्हथुम मोफसलमा रहेर गीत¸ गजल र कविता सिर्जनामा कलम चलाइरहेका चोङवाङ सामाजिक यथार्थ¸ संयोग¸ वियोग¸ मिलन र विछोडका वेदनाहरु चित्रित गर्न निकै सिपालु छन् उनको हरेक रचनामा यीनै मार्मिक प्रस्तुतिहरु पाउन सकिन्छ ।
केही समय अगाडि मात्र राजेश पायल राइको स्वरमा चोङवाङको गीत रेकर्ड भएको थियो । अन्य गीतहरु पनि रेकर्डिङको तयारीमा रहेको र चाँडै एउटा एल्वम सार्वजनिक गर्ने तयारीमा रहेको कुरा चोङवाङले वताउनु भयो

तपाईको प्रतिक्रिया