काठमाडौ, गीतकार तथा संगीतकार जीत लिम्बुको शिरैफुल शिरबन्दि सिरै माथि सिउरेको बोलको पुर्बेली गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो सुटिंग पुर्बी पहाड जिल्लाको विभिन्न रमणीय ठाउंहरुमा भएको थियो । हावा सरर , बज्यो लौ हरन, धानैमा नाच्नु सोल्टिनी , के छ समचार, जस्ता बिभिन्न्न चर्चित पुर्बेली गीतको गीतकार तथा संगीतकार जीत लिम्बुको यो गीत पनि पुर्बेली भाकामा नै रहेको छ । सफल क्यामेरा म्यान तथा इडिटर समेत रहेका गायक बीबी लिम्बु र चर्चित गायिका सुनिता थेगिम लिम्बुको आवाजमा रहेको यस गीतमा एरेन्ज बरिष्ट गायक तथा संगीतकार कृष्णभक्तm राइले गरेका छन् भने शब्द संगीत जीत लिम्बुको रहेको छ । लिम्बु जातिको बिशेष पहिचान झल्किने गरेर बनाइएको यस म्युजिक भिडियोको निर्देशन प्रकाश लिम्बुले गरेका छन् भने क्यामेरामा बीबी लिम्बु र पर्शु राम लिम्बु रहेका छन् । यस गीतको कोरियोग्राफर रमेश सुनुवार हुन् भने ड्रेस डिजाइन द हाइल्यान्ड आर्ट काठमान्डौले गरेको छ । म्युजिक भिडियोमा गायक र नायक तथा मोडल कन्चन थलङ लिम्बु र सोनिया लिम्बुले आफ्नो अभिनय प्रस्तुत गरेका छन् । गीतको म्युजिक भिडियो युट्युब च्यानल रेन्बो रेज मिडिया प्रा लि बाट सार्बजानिक भएको छ ।
भिडियो हेर्नको लागी तलको लिंकमा जानुस्

तपाईको प्रतिक्रिया