चितवन – मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजयादशमीका दिन बन्द गरिने भएको हो ।
केबलकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । रासस
काठमाडौं - चाडपर्वको अवसर पारेर नाम चलेका सपिङ मलहरूबीच छुट दिन प्रतिस्पर्धा नै चलेको छ । दसैं सुरु भएसँगै सपिङ मलहरूमा ग्राहकहरूको भीड पनि छ । यही भीडलाई आकर्षित गर्न सपिङ मलहरूले सामान खरिदमा छुट अफर राखेका हुन् ।
उपत्यकाभित्रका केएल टावर, सिभिल मल, बीजी मललगायत सपिङ मलहरूले दसैंतिहार विशेष छुट योजना ल्याएका छन् । जसअनुसार लत्ताकपडा, घरेलु सामानलगायतको खरिदमा ग्राहकहरूले सिनेमाको टिकट, सपिङ...
पोखरा - पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जनालाई सकुशल उद्धार गरिएको र अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्री हुनुहुन्छ ।
यसैगरी अन्य मृतकमा जीपमा ...
काठमाडौं – हेमु स्मृति चोङ्बाङ्ग र पेपराज माबुहाङको पालाम ‘ओमुगेन सराङ’ बोलको गीत सार्बजनिक भएको छ ।जसमा सुमन लिम्बू र रुपाञ्जली तिलिङले साथ दिएका छन् । हेमु स्मृति अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको हो ।
पेसल माबुहाङको शब्द रहेको छ भने संगीत गायक माबुहाङकै रहेको छ । दिनेश माङ्मुले निर्देशन गरेको भिडियोलाई बिबी लिम्बूले छायांकन र सम्पादन गरेका हुन् ।
मनोज साङ्सोन राईको एरेञ्ज र...
काठमाडौं - पत्रकारको न्यूनतम पारिश्रमिकबारे पटक-पटक सिफारिस भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पछिल्लो पटक २०७५ सालमा रु १९ हजार ५०० लाई बढाएर रु २९ हजार ५०० र सञ्चार खर्च गरी रु ३० हजार ५०० पुर्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरेको भन्दै नेपाल पत्रकार महासङ्घ र विभिन्न भात...
काठमाडौं - चर्चित हास्यकलाकार मनोज गजुरेल बिवाह बन्धनमा बाँधिनुभएको छ ।
सोमबार मनोज र न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलले भक्तपुरको डोलेश्वर मन्दिरमा बिवाह गर्नुभएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् ।
उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँले सामाजिक सञ्जालमार्फत् आफ्नोबारेमा काल्पनिक समाचार नलेखिदिन पनि सञ...
काठमाडौं - राष्ट्रिय सूचना आयोगले सूचना नदिने पद्मकन्या क्याम्पस, बागबजारका प्रधानाध्यापक धनप्रसाद पण्डितलाई रु १५ हजार जरिवानाको फैसला गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० घर भइ हाल काठमाडौँ कपन बस्ने आदित्य दाहालले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो । दाहालले पद्मकन्या क्याम्पससँग २०७३/७४ देखि २०७५/७६ सम्मको आन्तरिक र महालेखा लेखापरीक्षकको अन्तिम लेखा परीक्षण प्रतिवेदनको...
बुटवल - रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ।
मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसिएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का रमेश परियार रहेका छन्।
उनको अ...
गण्डकी - नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस पोखरा महानगरपालिका–१७ एकाइ समितिद्वारा आज पोखरामा आयोजित प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यको सम्मान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टी एक भएमा कसैले हराउन नसक्ने बताउनुभयो ।
पार्टी महाधिवेशनको चरणमा रहेको उल्लेख गर्दै उहाँले सकेसम्म ...
तनहुँ – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने प्रतिबद्धता व्यक्त गरेकी छन्। नेकपा (एकीकृत समाजवादी) तनहुँले दसैँका अवसरमा आज दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले सरकार सबै नागरिकको भएको बताइन्।
मन्त्री झाँक्रीले पार्टीले आफूहरूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताइन्। भ...