बीबीसी १०० प्रभावशाली महिलामा सिलसिला

बीबीसी १०० प्रभावशाली महिलामा सिलसिला
काठमाडौं - बागलुङमा जन्मिएकी शिलशिला आचार्यले सन् २०२४ को लागि बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा परेकी छिन् ।बीबीसीले मंगलबार उनीसहित विश्वका विभिन्न देशबाट एक सय प्रभावशाली महिलाको सूची निकालेको हो ।सूचीमा आचार्य पर्यावरणीय उद्यमीतर्फ समेटिएकी हुन् । नर्वेको बर्गन विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी शिलशिलाले सन् २०१४ मा प्लाष्टिक प्रयोगलाई निरुत्साहित गर्दै उनले ‘म बोक्छु आफ्नै झोला’ नारासहित ...

माओवादीप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेको छ – वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

माओवादीप्रति जनताको आकर्षण रहेको उपनिर्वाचनले प्रमाणित गरेको छ – वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
तनहुँ - नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपनिर्वाचनको परिणामले पार्टीमा जनताको आकर्षण रहेको प्रमाणित गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) शुक्लागण्डकी नगर कमिटीको आज दुलेगौडामा आयोजित नगर सम्मेलनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले माओवादी सकियो भन्ने गलत भाष्य निर्माण गर्न खोजिएकामा उपनिर्वाचनको परिणामले त्यसलाई गलत सावित गरिदिएको बताए । उनले भने...

एमाले संसदीय दल कोशीको प्रमुख सचेतकमा लिङथेप

एमाले संसदीय दल कोशीको प्रमुख सचेतकमा लिङथेप
काठमाडौं - एमाले कोशी संसदीय दलको प्रमुख सचेतकमा विदुर लिङथेप नियुक्त भएका छन्। संखुवासभाबाट प्रदेश सभामा निर्वाचित लिङथेपलाई एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार साँझ नै दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन्। प्रमुख सचेतक लिङथेप सांसद निर्वाचित हुनुअघि संखुवासभाको मादी नगरपालिकाको प्रमुख थिए। आन्तरिक मामिलामन्त्री रहेका एमालेका लीलाबल्लभ अधिकारी मानव ...

एनपीएलमा ‘बेटिङ’ खेलाएको आरोमा कीर्तिपुरबाट चार जना पक्राउ

एनपीएलमा ‘बेटिङ’ खेलाएको आरोमा कीर्तिपुरबाट चार जना पक्राउ
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘बेटिङ’ खेलाएको अरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुई भारतीय नागरिक छन् । उनीहरूलाई सोमबारको खेलमा बेटिङ गराएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । मंगलबारको खेलमा बेटिङ गराएको आरोपमा अरू दुईजनालाई पक्राउ गरिएको सीआईबीका प्र...

पत्रकार महासंघको चुनाव तालिका सार्वजनिक

पत्रकार महासंघको चुनाव तालिका सार्वजनिक
काठमाडौं - नेपाल पत्रकार महासंघको निर्वाच कार्यतालिका सार्वजनिक भएको छ। महासंघले आज मंसिर २८ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो। कार्यतालिका अनुसार मङ्सिर २१ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ। मंसिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने र मतदान २८ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म चल्ने महासंघले जनाएको छ।  

ओखलढुंगाको मोलुङ-५ एमालेका तामाङ विजयी

ओखलढुंगाको मोलुङ-५ एमालेका तामाङ विजयी
ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर–५ को वडाध्यक्षमा एमाले विजयी भएको छ । वडाध्यक्षमा एमालेका गंगा तामाङ ३९९ मतसहित विजयी भएका हुन् । २०५४ देखि नै कांग्रेसले जित्दै आएको यस वडामा एमालेले यस पटक कांग्रेसको विरासत तोडेको छ । दोस्रो स्थानमा कांग्रेसका घनश्याम दाहालले १७७ मत पाएका छन् । त्यस्तै रास्वपाका विष्णु पोखरेलले १५१ मत ल्याएका छन् भने माओवादी केन्द्रका मानवहादुर सुनुवारले २३...

जाजरकोटको कुशें गाउँपालिका–७ मा कांग्रेसका सिंह विजयी

जाजरकोटको कुशें गाउँपालिका–७ मा कांग्रेसका सिंह विजयी
जाजरकोट - जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह वडाध्यक्षमा निर्वाचित भएका छन् । यो वडामा पहिले माओवादी केन्द्रले जितेको थियो । सिंहले ३४७ मत ल्याएर जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले ३३२ मत पाएका छन् ।् यो वडामा ०७९ को चुनावमा माओवादी केन्द्रले जितेको थियो ।  

कीर्तिपुरमा राति १० बजेदेखि मतगणना थालिने

कीर्तिपुरमा राति १० बजेदेखि मतगणना थालिने
काठमाडौं - काठमाडौंको कीर्तिपुर नगरपालिकामा आज राति १० बजेदेखि मतगणना सुरु हुने भएको छ । आइतबार साँझ बसेको सर्वदलीय बैठकपछि राति १० बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्वदलीय बैठकमा सुरुमा वडा नम्बर १ मा मेयरको मतगणना थाल्ने सहमति भएको छ ।

तिलागुफा–४ मा नेमकिपाका शाही विजयी

तिलागुफा–४ मा नेमकिपाका  शाही विजयी
काठमाडौं  - कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खडकराज शाही विजयी भएका छन्। १४३ मत प्राप्त गर्दै शाही विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी नैशोभा शाहीले ११५ मत पाइन्। एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९, राप्रपाका गोगनबहादुर शाही र राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले समान १५ मत ल्याएका छन्। ६ सय ९ मतदात...

पेट्रोलको मूल्य बढ्यो

पेट्रोलको मूल्य बढ्यो
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपियाँले बढाएको छ । बढेको मूल्यअनुसार, पहिलो वर्गमा पेट्रोल प्रतिलिटर एक सय ५७ रूपियाँ ५० पैसा, दोस्रो वर्गमा एकसय ५९ रुपियाँ र तेस्रो वर्गमा एकसय ६० रूपियाँ तोकिएको छ । पहिलो वर्गमा चारआली, विराटनग...