काठमाडौं – चर्चित हास्यकलाकार मनोज गजुरेल बिवाह बन्धनमा बाँधिनुभएको छ ।

सोमबार मनोज र न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलले भक्तपुरको डोलेश्वर मन्दिरमा बिवाह गर्नुभएको हो ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् ।

उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ । उहाँले सामाजिक सञ्जालमार्फत् आफ्नोबारेमा काल्पनिक समाचार नलेखिदिन पनि सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।

उनले जीवन सधैं सरल रेखामा नहिंड्ने भन्दै पहिलो विवाह बन्धन टुटेको चार वर्षपछि पुनः विवाह गरेको स्पष्ट पारेका छन् । ‘लामो वैवाहिक जीवन ४ वर्ष पहिले कानुनीरुपमा टुङ्गिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

तपाईको प्रतिक्रिया