दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोप

दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोप
सुन्दरहरैँचा(सुनसरी) - सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो । विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आ...

द्रुत बससेवा : अब ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क

द्रुत बससेवा : अब ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क
भक्तपुर - संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौँ उपत्यकामै पहिलो पटक ‘बस ¥यापिड ट्रान्जिट’ (बिआरटी) अर्थात् द्रुत बस सेवा सञ्चालन भएको छ । आज परीक्षणका रुपमा सञ्चालन गरिएको यो सेवा सर्वसाधारणका लागि भने बिहीबारबाट सञ्चालनमा आउने भएको छ । भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्मको सडक खण्डमा चल्ने द्रुत बस सेवा सञ्चालन भएपछि यात्रुले ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्क पुग्न सक्ने यातायात व...

राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा माफी मिनाहा

राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा माफी मिनाहा
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ । उहाँले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वाेच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले मन्...

एमालेले संविधान दिवसमा नारायणचौरमा विशेष कार्यक्रम गर्ने

एमालेले संविधान दिवसमा नारायणचौरमा विशेष कार्यक्रम गर्ने
काठमाडौँ – नेकपा (एमाले)ले संविधान दिवसमा विशेष कार्यक्रम गर्ने भएको छ । संविधान दिवसका अवसरमा असोज ३ गते बिहान ७ बजे काठमाडौँको नारायणचौरमा आयोजना हुने कार्यक्रममा सहभागी भइ राष्ट्रिय झण्डासँग सेल्फी खिच्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आह्वान गर्नुभएको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिनुभयो । अध्यक्ष ओलीले नागरिकका हक संविधानमा लेखिएका दिन असोज ३ गते ‘मर्निङ वाक नेसनल वाक, सेल...

बम विष्फोटबाट राजमार्गमा क्षति

बम विष्फोटबाट राजमार्गमा क्षति
राँझा(बाँके) - बाँकेको राप्ती सोनारी गाउँपालिका–८ नयाँ गाउँ नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान बम विष्फोट हुँदा सडकमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार घटनास्थलमा विष्फोटक वस्तुमा प्रयोग भएका तार र चाउचाउको खोल भेटिएको छ । विस्फोटले सडकमा भ्वाङ परेको छ । प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक तिवारीले बताउनुभयो । ...

तीज आजदेखि : व्रत बस्न आडका लागि दर खाने दिन

तीज आजदेखि : व्रत बस्न आडका लागि दर खाने दिन
काठमाडौँ - नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । विगत वर्षमा नेपालमा मात्र मनाइने तीज पर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतमा पनि यो पर्व मनाउन थालिएको छ । तीजका गीत भारतीय टेलिभिजन च्यानलमा ...

स्वास्थ्य क्षेत्रको सुधारमा लागि परेको छु : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य क्षेत्रको सुधारमा लागि परेको छु : स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौँ -स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले भगिरथ प्रयास गरिरहेको बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको जनसङ्ख्या र विकाससम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दैै उहाँले आजको दिनमा असहाय र गरिब नागरिक स्वास्थ्य उपचारबाट वञ्चित नहुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “गरिब र असहाय नागरिक...

हिमताल खोजी गर्दै स्थानीय गाउँपालिका

हिमताल खोजी गर्दै स्थानीय गाउँपालिका
मनाङ - यहाँको केही स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन् । चामेस्थित चामे गाउँपालिका–४ लमजुङ हिमालको फेदीमा सिङ्गरखर्क नजिक अवस्थित सिङ्गर ताल (काजिनसरा) भेटिएको थियो । ताल भेटिएपछि विसं २०७६ असोज १० देखि १४ गतेसम्म चामे गाउँपालिकाले सिङ्गर तालको प्रचारप्रचारका लागि कार्यक्रम गरेको थियो । तालको प्रवद्र्धन गर्न चामे गाउँपालिकाको नेतृत्वमा नेपाल पत्...

पुनः निमार्णको पखाइमा ऐतिहासिक सोह्र खुट्टे पाटी

पुनः निमार्णको पखाइमा ऐतिहासिक सोह्र खुट्टे पाटी
ललितपुर - ललितपुर महानगरपालिका–२२ बुङ्गमती स्थित ऐतिहासिक सोह्र खुट्टे पाटी जीर्ण अवस्थामा पुगेको छ । २०७२ सालमा भूकम्पले क्षति पु¥याएका धेरै सम्पदाहरु पुनःनिर्माण भए पनि सो पाटी अझै पुनःनिर्माण भएको छैन । काठमाडौँ उपत्यकामा अन्य विभिन्न पाटी भए पनि सोह्र खुट्टा भएको पाटी छैनन् । इतिहासकारका अनुसार सोह्र खुट्टा भएकाले सोह्र खुट्टे पाटी भनिएको हो । ऐतिहासिक घुम घरको आकारमा निर्माण भएको स...

बाढीले बगरमा परिणत हुँदै कुतियाकबर

बाढीले बगरमा परिणत हुँदै कुतियाकबर
बेदकोट (कञ्चनपुर) - कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका खड्के बुढाको परिवार विसं २०३९ मा जाजरकोटबाट बसाइँसरी यहाँ आएको थियो । जाजरकोटमा पहिरोले उठीबास लगाएपछि बुढाको परिवार कुतियाबर झरेको थियो । चार दशकअघि कुतियाकबर आउँदा बुढा १२ वर्षका मात्रै थिए । जाजकोटबाट पहिराले लखेटिएका बुढाको परिवारलाई प्राकृतिक विपत्तिले यहाँ पनि दुःख दिइरहेको छ । विसं २०४० मा महाकालीमा आएको भीषण बाढीले बु...