ललितपुर – ललितपुर महानगरपालिका–२२ बुङ्गमती स्थित ऐतिहासिक सोह्र खुट्टे पाटी जीर्ण अवस्थामा पुगेको छ । २०७२ सालमा भूकम्पले क्षति पु¥याएका धेरै सम्पदाहरु पुनःनिर्माण भए पनि सो पाटी अझै पुनःनिर्माण भएको छैन ।

काठमाडौँ उपत्यकामा अन्य विभिन्न पाटी भए पनि सोह्र खुट्टा भएको पाटी छैनन् । इतिहासकारका अनुसार सोह्र खुट्टा भएकाले सोह्र खुट्टे पाटी भनिएको हो । ऐतिहासिक घुम घरको आकारमा निर्माण भएको सोह्र खुट्टे पाटीको अहिले एउटा पिल्लर अर्थात् खुट्टा भूकम्पले क्षति पु¥याएको थियो । पार्टी प्रयोगविहीन छ ।

रातो मच्छिन्द्रनाथको १२ वर्षे रथारोहन समयमा सोह्र खुट्टेमा रातो मच्छिन्द्रनाथको रथलाई बास बसाल्ने गरिन्छ । त्यसै समय सोह्र खुट्टे पाटीमा कुमारीलाई राख्ने चलन छ । १२ वर्षमा एकपटक बुङ्गमतीबाट रातो मच्छिन्द्रनाथको रथलाई पाटन क्षेत्रमा घुमाएपछि पुनः बङ्गमतीमा पु¥याउने परमपरा छ । सोह्र खुट्टे पाटीमा धेरै वर्षपहिले भत्तपुर, काठमाडौँ, कीर्तिपुरबाट बुङ्गमती हुँदै डुगुछाप, छुम्पी र पर्सीडोल पदैल यात्रा गर्नेहरु अबेर भएपछि बास बस्ने गरेको ६१ वर्षीय मानकुमार महर्जन बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “सोह्र खुट्टे पाटी ऐतिहासिक पाटी हो । अन्य पाटीहरुभन्दा यो पाटी फरक छ । भूकम्पले भत्काउनुभन्दा अघि राम्रो थियो तर अहिले त जीर्ण अवस्थामा छ ।”

इतिहास बोकेको सोह्रो खुट्टे पाटी मुख्य सडक छेउमा पर्छ । यदि सडक विस्तार गर्नुपरेमा पाटीलाई अर्को ठाउँमा सार्नुपर्ने हुन्छ । ललिपुर महानगरपालिका–२२ का वडाअध्यक्ष सागर तुलाधरले समितिसँग सल्लाह गरेर पाटीलाई हालको स्थानभन्दा पछाडिी सारेर पुनः निर्माण गर्ने बताउनुहुन्छ । उहाँका अनुसार महानगरपालिकाबाट सोह्र खुट्टे पाटी पुनःनिमार्णका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । उहाँले भन्नुहुन्छ, “भूकम्पले भत्काएका अन्य पार्टीहरु पुनः निर्माण भइसकेका छन् । धेरै लामो इतिहास बोकेको सोह्र खुट्टे पाटी पुनः निर्माण हुन सकेको छैन । अब यो वर्ष नै हामी यसलाई निर्माण गर्ने तयारीमा छौँ ।”

तपाईको प्रतिक्रिया