बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड

बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् । बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्द कर्ताले...

नेकपाका सर्लाही इञ्चार्ज वाग्लेको मृत्यु

नेकपाका सर्लाही इञ्चार्ज वाग्लेको मृत्यु
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । बरहथबाबाट नयाँरोडतर्फ जाँदै गर्दा बुधबार राति मूर्तिया चोकबाट उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा लडिरहेको अवस्थामा वाग्लेलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट वाग्लेलाई बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गर...

निर्धक्क सार्वजनिक यातायात, पेशा, व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह

निर्धक्क सार्वजनिक यातायात, पेशा, व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं - सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायातलगायत आ–आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहीबार आह्वान गरेको भनिएको आमहडतालका क्रममा संविधान तथा प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न अनुरोध गरेको छ । मन्त्रालयले आमहडतालका ...

सवारी चापसँगै दुर्घटना

सवारी चापसँगै दुर्घटना
झापा - सवारी साधनको चाप र चालकले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाएका कारण झापामा सडक दुर्घटना बढ्न थालेको छ । जिल्लामा तीन हप्तामा भएका सवारी दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन् । सडकको स्तरोन्नति नहुनु पनि दुर्घटनाको कारक मानिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले यही माघ १ देखि २१ गतेसम्मको अवधिमा भएका ६४ वटा दुर्घटनामा १२ जनाले ज्यान गुमाएको र १५० घाइते भए...

महेन्द्रनगर युनाइटेडलाई उपाधि

महेन्द्रनगर युनाइटेडलाई उपाधि
महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगरमा जारी प्रथम युनाइटेड खुला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रनगर युनाइटेडले हात पारेको छ । घरेलु मैदान महेन्द्रनगरस्थित खुला मञ्चमा भएको फाइनल खेलमा कैलालीको पिएचए अत्तरियालाई पराजित गर्दै रु एक लाख पुरस्कार राशिको उपाधि महेन्द्रनगरले जितेको हो । महेन्द्रनगर युनाइटेड क्लबको आयोजना र कञ्चनपुर जिल्ला फुटबल सङ्घ र सुदूरपश्चिम प्रदेश फुटबल सङ्घको...

युवा सङ्घको मोटरसाइकल ¥याली

युवा सङ्घको मोटरसाइकल ¥याली
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बागमती प्रदेश कमिटीले यही माघ २३ गते आयोजना गर्ने जनसभाको पूर्वसन्ध्यामा आज राष्ट्रिय युवा सङ्घले आज मोटरसाइकल ¥याली निकालेको छ । नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले नेतृत्व गरेको मोटरसाइकल ¥यालीको शुभारम्भ नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्नुभएको थियो । बालकुमारीबाट शुरु भएको ¥याली सातदोबाटो–लगनखेल, जावलाखेल–पुल्चोक...

झाँक्रीलाई कारवाहीको माग गर्दै ज्ञापन

झाँक्रीलाई कारवाहीको माग गर्दै ज्ञापन
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई अलग अलग ज्ञापनपत्र बुझाएर अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध ‘अशोभनीय टिप्पणी’ गर्ने निवर्तमान सांसद रामकुमारी झाँक्रीलाई कारवाही गर्न माग गरेको छ । अनेमसङ्घका अध्यक्ष सीता पौडेललको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटार र गृहमन्त्री थापालाई सिंहदरबारस्...

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
काठमाडौं - बैंकिङ कसुरमा संलग्न रही फरार रहेका व्यक्तिलाई महानगरीय अपराध नियन्त्रण महाशाखाका काठमाडौँको टोलीले पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका–५ घर भई भक्तपुर सानो थिमी बस्ने नर्बदा उपाध्याय भण्डारीलाई बैंकिङ कसुरमा आज पक्राउ गरिएको महाशाखाले जनाएको छ । काठमाडौँ जिल्ला अदालतमा परेको मुद्दामा रु २१ लाखको चेक अनादर गरेको आरोपमा कसुर ठहर भई कैद सजाय पाएर भण्डारी फरार हुँदै आएकी थिइन् । ...

घरघरमा रोजगारी दिनुपर्छ : वरिष्ठ नेता पौडेल

घरघरमा रोजगारी दिनुपर्छ : वरिष्ठ नेता पौडेल
दमौली - नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्यमशीलता विकासका लागि राज्यको सेवा र टेवासहित घरघरमा रोजगारीको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । तनहुँको ऋषिङ गाउँपालिका–४ स्थित ढाक्रे खोलामा निर्माण भएको पुलको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारीको व्यवस्था नहुँदा युवा शक्ति पलायन हुनुपरेको उल्लेख गर्दै युवा शक्ति रोक्न गाउँमै रोजगारीको सिर्जना गर्नेतर्फ सरकार गम्भीर ...

बन्द/हड्तालको विरोध

बन्द/हड्तालको विरोध
काठमाडौं - बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले गत निर्वाचनको घोषणापत्र विपरीत मुलुकमा राजनीतिक दलबाट पुनः बन्द÷हड्ताल आव्हान गरिएकामा विरोध जनाएको छ । निर्वाचनको घोषणापत्रमा वाम गठबन्धनले ‘विद्यालयलाई राजनितिक हस्तक्षेप मुक्त र विद्यालयलाई शान्ति क्षेत्र बनाइने प्रतिबद्धता गरेको’ उल्लेख गर्दै सिजपले आज जारी गरेको विज्ञप्तिमा बन्द र हड्तालले बालबालिकाको निर्वाध शिक्षा आर्जन गर्न...