मानव कंकाल फेला
सप्तरी - अठार महिनादेखि बेपत्ता एक महिलाको कंकाल फेला परेको छ । राजगढ गाउँपालिका–१ झुटकीका धनई पण्डितकी पत्नी ७५ वर्षीया रासोदेवीको कंकाल आज फेला परेको हो ।प्रहरीचौकी झुटकीदेखि करीब तीन सय मिटर पूर्वदक्षिणतर्फ रहेको सार्वजनिक ठारी पोखरी जीर्णोद्धार गर्ने क्रममा अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो । मानसिक सन्तुलन ठीक नभएकी रासो...