सभामुख र पूर्वप्रधानमन्त्रीलाई कोभिड–१९ खोप

सभामुख र पूर्वप्रधानमन्त्रीलाई कोभिड–१९ खोप
काठमाडौँ - सभामुुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ सङ्क्रमणविरुद्धको खोप लगाउनुुभएको छ । मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा पुुगेर आज उहाँले कोरोनाविरुद्धको पहिलो खोप लिनुुभएको हो । पूूर्वप्रधानमन्त्रीद्वय पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुुमार नेपालले पनि आजै बिहान उक्त केन्द्रमा पुुगेर खोप लगाउनुुभयो । त्यसअघि आजै बिहान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले...

पालबाट पक्की भवनमा

पालबाट पक्की भवनमा
टिस्टुङ - विसं २०७२ को गोर्खा भूकम्पले भवन भत्काएपछि मकवानपुरको पर्यटकीय क्षेत्र सीमभन्ज्याङमा रहेको प्रहरी चौकी ‘टेन्ट’को ओत लाग्न बाध्य भयो । उसै त बाह्रैमहिना जाडो हुने दुई हजार ६०० मिटर उचाइको डाँडा, वर्षायाममा पानी चुहेर झनै बसिनसक्नु । आम समुदायको सुरक्षामा खटिनुपर्ने प्रहरी आफैँ असुरक्षित भएर पनि काममा खटिएकै थिए । यसरी नै सीमभन्ज्याङ प्रहरी चौकीका प्रहरीले पाँच वर्ष काटे । यस वर्षक...

बलेवा समाचार : छिस्तीमा हवाई चप्पल उत्पादन

बलेवा समाचार : छिस्तीमा हवाई चप्पल उत्पादन
बलेवा - बागलुङको दक्षिण जैमिनी नगरपालिका–८ छिस्तीका युवा कमल विश्वकर्माले गाउँमै हवाई चप्पल उत्पादन गर्न शुरु गर्नुभएको छ । रोजगारीको सिलसिलामा विदेशिने युवाहरुको जमात बढिरहेका बेला छिस्तीका युवा विश्कर्माले ग्रामीण क्षेत्रमै व्यवसायको प्रर्वद्धन गर्ने उद्देश्यले गाउँमा हवाई चप्पल उत्पादन गर्न शुरु गर्नुभएको हो । केही समयअघि पोखराका केही सञ्चारमाध्यममा समेत काम गर्नुभएका विश्वकर्माले अहिल...

हरिपुरका सबै वडाबाट स्वास्थ्य सेवा

हरिपुरका सबै वडाबाट स्वास्थ्य सेवा
सर्लाही - स्मार्ट सिटीका रुपमा अगाडि बढ्दै गरेको सर्लाही हरिपुर नगरपालिकाले नगरका नौवटै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको छ । नगरवासीलाई आधारभूत स्वास्थ्यको पहुँच गाउँगाउँमा नै पु¥याउने उद्देश्यले सङ्घीय सरकार र नगरपालिकाको साझेदारीमा भवनसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिएको नगरप्रमुख जमरुद्दिन मन्सुरले बताउनुभयो । “नगरपालिकाका केही वडाहरूमा पुरानै स्वास्थ्य संस्था रहे पनि वडा नं ४, ५...

अनुमतिपत्रविनै चल्छन् ट्याम्पु र इरिक्सा

अनुमतिपत्रविनै चल्छन् ट्याम्पु र इरिक्सा
वीरगञ्ज - पर्साका गाउँ तथा शहरमा सवारी साधनको चाप अधिक हुन थालेको छ । यहाँ चल्ने सवारी साधनमध्ये सबैभन्दा बढी इरिक्सा र अटो रिक्साहरू छन् । वीरगञ्ज बजार क्षेत्रमा अव्यवस्थित सवारी साधनका कारण मानवीय जोखिम पनि बढ्दै गएको छ । जिल्लाको प्रमुख बजार वीरगञ्ज, पोखरियालगायत शहरहरूमा चल्ने इरिक्सा र अटोरिक्साका चालकसँग सवारी साधन अनुमतिपत्र हुने गरेको छैन । बजार गर्न आउने सर्वसाधारणका लागि पहिलो रोजाइ ...

डोको–डालो बनाएरै आम्दानी गर्दै महिला

डोको–डालो बनाएरै आम्दानी गर्दै महिला
नवलपुर - बाँसको चोया काटेर महिलाले डोको–डालो बुन्छन्भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । समुदायमा विशेषगरी पुरुषले मात्रै डोको–डालो बुन्ने गरेको देख्न पाउँछौँ तर नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को पहाडी गाउँमा महिलाको दैनिकी नै डोको–डालो बुन्ने र ती सामग्रीको बिक्रीबाट भएको आम्दानीले घर खर्च चलाउने भएको छ । यस क्षेत्रको गाउँभरिका महिलाले डाको–डालो बुन्ने गरेका छन् । जिल्लाको पहाडी गाउँमा बाँसको उत...

स्थायी बन्ध्याकरण शिविरमा ४६ जनाले सेवा लिए

स्थायी बन्ध्याकरण शिविरमा ४६ जनाले सेवा लिए
टीकापुर - सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो दिन कैलालीको टीकापुर अस्पतालमा भएको बन्ध्याकरण शिविरमा २४ महिलाले मिनील्याप र एक पुरुषले भ्यासेक्टोमी गरी बन्ध्याकरण सेवा लिएका हुन् । त्यस्तै दोस्रो दिन जानकी गाउँपालिकास्थित दुर्गौली स्वास्थ्यचौकीमा भएको शिविरमा २२ महिलाले सेवा लिएका छन् । कैलालीको टीकापुरमा गत वर्ष ७१ म...

रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम

रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम
गलकोट - वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी मापदण्ड तयार गरे पनि क्रसर व्यवसायीको मनोमानी कायमै छ । ठेक्का नलाग्ने समयमा समेत रातारात दोहन हुँदै आएको कालीगण्डकीमा अहिले टेण्डरपश्चात् सम्झौता विपरित दिउँसै ठूला उपकरणकै प्रयोग गरेर दोहन भइरहेको छ तर स्थानीय सरकार र सरोकारवाला निकाय मूकदर्शक बनि...

रुखमा भुण्डिएको अवस्थामा पुरुषको शव फेला

रुखमा भुण्डिएको अवस्थामा पुरुषको शव फेला
मकवानपुर - जिल्लाको हेटौँडा उपमहानगरपालिकामा आज बिहानै एक पुरुषको शव फेला परेको छ । बिहानै हेटौँडा–१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको अस्वथामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार उक्त शव स्थानीयवासी ५० वर्षीय रामकृष्ण बलामीको रहेको बुझिएको छ । हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी...

भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा

भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा
बैतडी - प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको अनुन्धान अन्तिम चरणमा पु¥याएको जनाएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यही फागुन ५ गते चडेपानीकै १६ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको थियो । भागरथीको गत माघ २१ गते बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको थियो । फागुन ४ गते पक्राउ परेका दिनेशमाथि अनुसन्धान जारी रहेको अनुसन्धानम...