शहीद स्मारक ‘बी’ डिभिजन लिग : बाँसबारी क्लब विजयी

शहीद स्मारक ‘बी’ डिभिजन लिग : बाँसबारी क्लब विजयी
काठमाडौँ - शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा बाँसबारी युवा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारीले पुल्चोक स्पोर्टस् क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । बाँसबारीका लागि दुवै गोल निशान सुनारले गर्नुभएको हो । उहाँले खेलको ४७औँ मिनेटमा पहिलो गोल गर्नुभएको हो । सुनारले नै खेलको ६९औँ मिनेटमा बाँसबारीका लागि दोस्रो गोल...

ताप्लेजुङ आगलागी विस्थापितलाई भूकम्प पीडितसरह सहयोग माग

ताप्लेजुङ आगलागी विस्थापितलाई भूकम्प पीडितसरह सहयोग माग
फुङ्लिङ - नेकपा दाहाल–नेपाल समूहका प्रेस सङ्गठन इञ्चार्ज योगेशकुमार भट्टराईले आगलागीबाट विस्थापित परिवारलाई दीर्घकालीन पुनःस्थापनाका लागि भूकम्पपीडितसरह सहयोग उपलब्ध गराउन माग गर्नुभएको छ । पूर्वमन्त्री भट्टराईले जारी गर्नुभएको पे्रस विज्ञप्तिमा भनिएको छ, “बुधबार ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारमा आगलागी भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु ।” स्थानीय प्रशासनको प्रारम्भिक वि...

बीबीसी मास्टर सेफ उपविजेता साहलाई बोर्डको सम्मान

बीबीसी मास्टर सेफ उपविजेता साहलाई बोर्डको सम्मान
काठमाडौं - नेपाली खानालाई विश्वभर प्रवद्र्धन गरी देशको गौरव बढाएको भन्दै नेपाल पर्यटन बोर्डले ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् युके’ को उपविजेता नेपाली सेफ सन्तोष साहलाई सम्मान गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा साहलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं बोर्डका अध्यक्ष यादवप्रसाद कोइराला र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० डा धनञ्जय रेग्मीले प्रमाणपत्र तथा खादा ओढ...

घरघरमा पानी पु¥याउन करोडमाथिका आयोजना

घरघरमा पानी पु¥याउन करोडमाथिका आयोजना
इलाम - स्थानीय तहमा प्रतिनिधि आएपछि विकासका फड्को मारेको देखिन्छ । स्थानीय तह यतिबेला कतै सडक खन्नमा तल्लीन छन् भने कतै आफ्नै भवन निर्माणमा व्यस्त छन् । यहाँका स्थानीय तहले भने विकास निर्माणका अन्य कार्यसँगै खानेपानी योजना निर्माणमा तल्लीन छन् । कतै खानेपानीका लागि योजना बन्दैछन् भने कतै पाइप बिच्छ्याउन व्यस्त छन् । यहाँको सूर्योदय नगरपालिकाले रु ६६ करोडको खानेपानी योजना सञ्चालन गर्ने भएको छ ।...

सालका रूख सोत्तर गर्ने काम ठीक होइनः प्रम ओली

सालका रूख सोत्तर गर्ने काम ठीक होइनः प्रम ओली
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै प्रकारका वनको संरक्षण, प्रबन्ध, विकास, प्रतिफललगायत विषयमा ध्यान दिएको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले सरकारले वन र वातावरण क्षेत्रमा अध्ययन गरेर मात्र कदम चाल्ने बताउनुभयो । परिषद्ले छलफल गरी वन तथा वातावरण क्षेत्रका विविध पक्षमा महत्वपूर्ण निष्कर्ष निका...

आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण निर्वाचन आयोगमा पेश गरिने छः नेपाल

आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण निर्वाचन आयोगमा पेश गरिने छः नेपाल
विराटनगर - नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने जिकिर गर्नुभएको छ । नेपाल प्रेस सङ्गठन मोरङद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले बहुमत सदस्य आफूहरुका पक्षमा रहेको पनि जिकिर गर्दै पार्टीका अधिकारिकता विषयमा समस्या नहुने विचार राख्नुभयो । नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीना...

कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त
कर्णाली - कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रिमत छैनन् । आजसम्म प्रदेशका दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा कोरोना सङ्क्रमण शून्यमा झरेको हो । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले सुर्खेतमा ११ सक्रिय सङ्क्रमित रहेको जनाएको...

प्राङ्गारिक उत्पादनको बजारीकरण अभियान

प्राङ्गारिक उत्पादनको बजारीकरण अभियान
भरतपुर - चितवनमा विषादीरहित प्राङ्गारिक उत्पादनको पहिचान सहितको बजारीकरण अभियानको घोषणा गरिएको छ । भरतपुरमा आज आयोजित कार्यक्रममार्फत कृषि ज्ञान केन्द्र चितवन र जिल्ला प्राङ्गारिक सङ्घ चितवनले अभियानको घोषणा गरेका हुन । कार्यक्रममा प्राङ्गारिक उत्पादनको लोगोसमेत सार्वजनिक गरिएको छ । अबदेखि एउटै लोगोमा जिल्लामा उत्पादन भएको अर्गानिक बस्तु बजारमा जानेछ । जसले गर्दा उपभाक्तालाई उपभोग्य बस्तु चिन्...

खेलकूद समाचारः ब्याडमिन्टन सङ्घका अध्यक्षमा भट्ट

खेलकूद समाचारः ब्याडमिन्टन सङ्घका अध्यक्षमा भट्ट
महेन्द्रनगर - कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको अध्यक्षमा मीनराज भट्ट निर्वाचित हुनुभएको छ । आज सङ्घको १३ औँ अधिवेशनबाट महेन्द्रनगरका भट्ट निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि भएको निर्वाचनमा प्रतिद्वन्दी रवीन्द्र केसीलाई ३४ मतले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । कूल खसेको १२४ मतमा भट्टले ७९ र केसीले ४५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत हरकसिंह धामीले जानकारी दिनुभयो । त्यसैगर...

पर्यटक आगमनमा झिनो सुधार

पर्यटक आगमनमा झिनो सुधार
काठमाडौँ - सन् २०२१ को फेब्रुअरीमा विदेशी पर्यटकको आगमनमा झिनो सुधार भएको छ । पछिल्लो पर्यटक आगमन दर हेर्दा कोभिड–१९ महामारीकैबीच विस्तारै विदेशी पर्यटक सङ्ख्या बढेको देखिन्छ । सन् २०२१ को पहिलो दुई महिनामा कूल १८ हजार २० विदेशी पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागलाई उद्यृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएअनुसार जनवरीमा आठ हजार ८४७ र फेब्रुअरीमा नौ हजार १४६ पर्यटक नेपाल आएका हुन् । बोर्डका प...