‘रामानाम मानस महायज्ञ’ फागुन २१ देखि

‘रामानाम मानस महायज्ञ’ फागुन २१ देखि
सप्तरी - मानवकल्याण तथा धार्मिक सहिष्णुताको सन्देश दिन यही फागुन २१ देखि आगामी चैत १ गतेसम्म बलान बिहुल गाउँपालिकामा ‘रामानाम मानस महायज्ञ’ हुने भएको छ ।बलान बिहुल–४ बेल्हीमा हुने महायज्ञमा नेपाल र भारत बिहारका करीब ५० हजार श्रद्धालुको दैनिक आगमन रहने यज्ञ समितिका अध्यक्ष शङ्कर गुप्ताले जानकारी दिनुभयो । घर फर्किन नसक्ने श्रद्धालुको खाना र बासको व्यवस्थापनसमेत गरिने जनाइएको छ । एक हजार जना...

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’
काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गर्नुुभएको छ । मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुुरा गर्दै उहाँले व्यवस्थित र सहजरूपमा लगाउने वातावरण भएकाले खोप अभियान सफल हुुने विश्वास व्यक्त गर्नुुभयो । सभामुुख सापकोटाले भन्नुुभयो, ...

खेर गएको जमीनमा व्यावसायिक रुपमा घीउ फल

खेर गएको जमीनमा व्यावसायिक रुपमा घीउ फल
वाग्मती - पहाडी भेगमा रहेको पाखो तथा खेती गर्न नसकिने जमीनले पनि अबको दिनमा करोडौंको आम्दानी दिन्छ भन्ने उदाहरण बनेको छ मकवानपुर जिल्लाकोे मनहरी गाउँपालिका–४ का कृष्णबहादुर न्यौपानेको खरबारी । न्यौपानेले खेती गर्न नसकिने अवस्थामा रहेको पाखो जग्गामा व्यावसायिक रुपमा एभोकाडो ९ध्यू फल० खेती गर्दै आउनुभएको छ । खरबारीको रुपमा रहेको जग्गालाई उहाँले अहिले व्यावसायिक रुपमा फलफूल एभोकाडो खेती गर्दै आउन...

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दै

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दै
काठमाडौँ - नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक शुक्रबार बोलाएको छ । बैठक यही फागुन २१ गते अपराह्न १ बजे सङ्घीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा...

आगलागीपीडित परिवारलाई अपुग सहायता केन्द्र र प्रदेशसँग मागिने

आगलागीपीडित परिवारलाई अपुग सहायता केन्द्र र प्रदेशसँग मागिने
ताप्लेजुङ - मेरिङन गाउँपालिका, दोभान बजारका आगलागीपीडित परिवारलाई अपुग हुने राहत तथा आर्थिक सहायताका लागि केन्द्र र प्रदेश विपद् व्यवस्थापन समितिसँग अनुरोध गर्ने निर्णय भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । आगलागीबाट पीडित पाँचजना परिवार भएका परिवारलाई विपद् व्यवस्थापन कोषबाट नगद १५ हजार र पाँचजना भन्दा बढी परिवार भएकालाई २० हजारका दरले आर्थिक सहायता ...

लुम्बिनी समाचार :सिस्नेमा प्रम रोजगारको बजेट सबै वडामा पठाइने

लुम्बिनी समाचार :सिस्नेमा प्रम रोजगारको बजेट सबै वडामा पठाइने
रुकुमपूर्व - रुकुम पूर्व को सिस्ने गाउँपालिकाले चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजित बजेट सबै वडामा पठाउने भएको छ । पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालनका लागि विनियोजित सशर्त अनुदानको रु एक करोड ४४ लाख २५ हजार बजेट वडामा सूचीकृत बेरोजगार सङ्ख्याका आधारमा गाउँपालिकाको आठवटै वडामा पठाउने निर्णय कार्यपालिका बैठकले गरेको छ । यस्तै जिल्ला सदरमुकाम छिप्रीदहमा ब...

कृषि समाचारः वैदेशिक रोजगारी छाडेर च्याउ खेतीमा

कृषि समाचारः वैदेशिक रोजगारी छाडेर च्याउ खेतीमा
गण्डकी - रोजगारीको खोजीमा युवा विदेशिने क्रम बढिरहेका अवस्थामा यहाँका एक युवा भने व्यावसायिक च्याउ खेती गर्दै अरुका लागि पनि अनुकरणीय बन्नुभएको छ । पर्वतको फलेवास नगरपालिका–९ भङ्गरका ४० वर्षीय कृष्णप्रसाद सुवेदी डेढदशक अघि तीन वर्ष वैदेशिक रोजगारीमा मलेसिया जानुभएको थियो । वैदेशिक रोजगारीले उहाँलाई स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सिकायो । विदेशको अनुभव र भोगाइ बटुल्दै फर्कनु भएका सुवेदी त्यसप...

दुर्घटनामा विद्यार्थीको मृत्यु

दुर्घटनामा विद्यार्थीको मृत्यु
काठमाडौँ - ललितपुरको एकान्तकुनामा आज भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ । स१ज ५६७ नं को जीपले ठक्कर दिँदा सिन्धुपाल्चोककी १९ वर्षीया अञ्जु दाहालको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । ठक्करबाट गम्भीर घाइते दाहालको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उक्त घटनापछि अहिले कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् । उनीहरुले चालकको लापर...

खेल समाचार : श्रीमतीले श्रीमान् बोकेर दौडिने

खेल समाचार : श्रीमतीले श्रीमान् बोकेर दौडिने
दमौली - नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो । देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना हुनेछ । उक्त दौड एक सय मिटरको हुने गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । गाउँपालिकाले नारी ...

तोलामा रु ५०० ले बढ्यो सुनको मूल्य

तोलामा रु ५०० ले बढ्यो सुनको मूल्य
काठमाडौँ - स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । तोलामा नै मङ्गलबार रु एक हजार सात सयले घटेको सुनको मूल्य आज भने रु ५०० बढेको हो । नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ८७ हजारमा कारोवार भएको छापावाला सुन आजका लागि भनेरु ८७ हजार ५०० मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन मङ्गलबार तोलामा रु ८६ हजार ५५० मा कारोवार भएकामा आज भने तोलामा रु ८७ हजार ...