प्राविधिक शिक्षालय : व्यवस्था फेरियो, अवस्था फेरिएन
लङ्गा - कर्णाली प्राविधिक शिक्षालयको भौतिक संरचना जीर्ण बन्दै गएको छ । नेपालको पहिलो सो शिक्षालयको भवन मरमत नहुँदा भत्किने अवस्थामा पुगेको हो ।
शिक्षालयभित्र हिँड्ने बाटो उप्किएको छ । उचित घेराबार नहुँदा चरणक्षेत्र झैँ देखिन्छ । विसं २०३० मा कर्णालीलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने ध्येय स्थापना भएको यो शिक्षालय अहिले निकै अव्यवस्थित हुन पुगेको छ ।
शिक्षालयमा खानेपानीको चरम अभाव छ । यसक...