प्रदेश गौरवको योजना आधा सम्पन्न हुने
विराटनगर - मोरङको पुष्पलाल चोक घिनाघाटदेखि विराट चोकसम्मको २२ किमी सडकमध्ये १० किमी सडक आगामी असारसम्ममा सम्पन्न हुने भएको छ ।
प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको सो सडक मोरङका लागि मात्र नभएर अन्य जिल्लाका लागि पनि सर्वाधिक चर्चामा रहेको छ ।
विराटचोकदेखि घिनाहाघाटसम्म चार लेनमा विस्तारित सडकको २०७६ साल भदौ २३ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिकास्थित शिलान...