महाशिवरात्रिअघि पछिका शनिबारको वाग्मती सफाइ पशुपति क्षेत्र केन्द्रित

महाशिवरात्रिअघि पछिका शनिबारको वाग्मती सफाइ पशुपति क्षेत्र केन्द्रित
काठमाडौँ - महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई स्वच्छ वातावरण दिने उद्देश्यले फागुन २२ र २९ गतेको वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रमा केन्द्रित हुने भएको छ । वाग्मती सफाइ महाअभियानको बुधबारको बैठकले महाशिवरात्रिअघि र पछिका दुई शनिबार क्रमशः ४०८ औँ र ४०९ औँ हप्ताका कार्यक्रम पशुपति क्षेत्र केन्द्रित गरी गर्ने निर्णय गरेको हो । महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा देश विदेशबाट लाखौँ भक्...

प्रकाश र आभाको ‘मुटु भरीको माया’

प्रकाश र आभाको ‘मुटु भरीको माया’
काठमाडौं - प्रकाश सपुत र आभा थापाको अभिनय रहेको ‘मुटु भरीको माया’ सार्वजनिक भएको छ । शिब हमालको शब्द /संगीत रहेको गीतमा राजु केसी र रिना केसीको स्वर रहेको छ । अर्जून थापाको निर्देशन रहेको भिडियोमा छायांकन शुसिल डाँगीको रहेको छ भने कोरियोग्राफी अमोन रानाको रहेको छ । सम्पादन निराजन केसीले गरेका हुन् । भिडियो… https://www.youtube.com/watch?v=SpITPMh4aWA

स्थानीय सरकारको सुशासन र समावेशीकरणबारे अध्ययन

स्थानीय सरकारको सुशासन र समावेशीकरणबारे अध्ययन
चरीकोट - स्थानीय सरकारमा सुशासन र समावेशीकरणको अवस्थाबारे जिल्लाका नगरपालिका र गाउँपालिकामा समीक्षा अध्ययन गरी स्थानीय तहलाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरिएको छ । जिल्लामा रहेका गाउँपालिका तथा नगरपालिकाले स्थानीय सरकार गठनपछि सञ्चालन गरेको कार्यक्रममा सुशासन र समावेशीकरणको अवस्थाका बारेमा जिल्ला समन्वय समिति र मानवअधिकार सचेतन तथा विकास केन्द्र हुराडेकले अध्ययन गरी प्रतिवेदन आज स्थानीय तहलाई ...

ट्रकले ओभरटेक गर्न खोज्दा दुर्घटना

ट्रकले ओभरटेक गर्न खोज्दा दुर्घटना
बनियानी - झापाको कनकाई नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा आज दुई जनाको मृत्यु छ भने चार जना घाइते भएका छन् । को१ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा आज दिउँसो ३ः३० बजे विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–००१ च ०१६७ नम्बरको कार र प्र१–०१–०१३प१७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कारमा सवार सुनसरी धरान–१६ का २८ वर्षीय चालक दीपक क्षेत्री र सोलु पा...

पोखरामा ४० वर्षमाथिको भेट्रान फुटबल प्रतियोगिता हुने

पोखरामा ४० वर्षमाथिको भेट्रान फुटबल प्रतियोगिता हुने
कास्की - पोखरामा यही फागुन २४ देखि २९ गतेसम्म ‘चौथो रञ्जित गुरुङ स्मृति तथा १० औँ बगर भाइ खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ हुने भएको छ । पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, खेलकर्मी तथा खेलकूदमा योगदान पु¥याएका व्यक्ति आबद्ध संस्था बगर भाइ खलक पोखराले प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिएको हो । पोखराको पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल...

सभापति देउवाद्वारा कोरोनाविरुद्धको खोप लगाउन आग्रह

सभापति देउवाद्वारा कोरोनाविरुद्धको खोप लगाउन आग्रह
काठमाडौँ - नेपाली कांग्र्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पालोअनुसार कोभिड–१९ विरुद्धको खोप लगाउन सबैलाई अनुरोध गर्नुभएको छ । उहाँले आज निजामती अस्पताल पुगेर कोरोनाविरुद्धको खोप लगाएपछि सो प्रतिक्रिया दिनुभएको हो । उहाँले कोरोना महामारी अन्त्य भइनसकेकाले मास्क लगाउन, साबुन पानीले नियमित हात धुन र भौतिक दूरी कायमै गर्न सबैमा आग्रह समेत गर्नुभएको छ ।

बिहीबार देशभरका अदालतमा शोक बिदा

बिहीबार देशभरका अदालतमा शोक बिदा
काठमाडौँ - सर्वोच्च अदालतको आज बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च...

वन्यजन्तुका हकको संरक्षण जरुरी : प्रम ओली

वन्यजन्तुका हकको संरक्षण जरुरी : प्रम ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीमा मानव, वन्यजन्तु र वनस्पतिबीचको अन्तरसम्बन्ध रहेको बताउँदै मानव समुदायले सबैका हकको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना व्यवस्थापनको रजत महोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कोषले व्यवस्थापनको जिम्मा लिएपछि चिडियाखानामा सुधार आएकोसमेत बताउनुभयो । चिडियाखानामा व...

स्वास्थ्य केन्द्रका लागि रु एक अर्ब आठ करोड निकासा

स्वास्थ्य केन्द्रका लागि रु एक अर्ब आठ करोड निकासा
काठमाडौं - अर्थ मन्त्रालयले ११३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि रु एक अर्ब आठ करोड ५३ लाख २३ हजार शसर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृत दिनुभएको हो । स्थानीय तहका सबै वडाबाट प्राथमि...

दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने

दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २३ गतेदेखि सञ्चालन गर्ने कोभिड–१९ विरुद्ध खोपको दोस्रो चरणको अभियान २० दिन सञ्चालन गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पहिलो १० दिनमा ६५ वर्षमाथिका र त्यसपछिका १० दिन ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई खोप दिइने जानकारी दिनुभयो । उहाँले आफूलाई पायक पर्ने स्थानबाट खोप लिनसमेत आग्रह गर्नुभयो । यसैगरी आजै सभामुख अग्निप्रसा...