लाङटाङ क्षेत्रमा आगलागी

लाङटाङ क्षेत्रमा आगलागी
रसुवा - लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा ल्याउने प्रयास जारी छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित ब्रावल भीर पाखामा आज बिहानदेखि लागेको डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सुरक्षा अङ्ग, निकुञ्जका कर्मचारी एवं स्थानीयवासी जुटिरहेका छन् । भीर, पाखो, झाडी तथा बुट्यान भएका कारण डढेलो नियन्त्रणमा समस्या ...

खेलकूद उच्च प्राथमिकता छ : मुख्यमन्त्री राई

खेलकूद उच्च प्राथमिकता छ : मुख्यमन्त्री राई
विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । विराटनगर सिटी क्लबको उद्घाटनमा उहाँले खेलकूदबाट नागरिक स्वस्थ्य हुने भएकाले यस क्षेत्रमा सरकारको विशेष चासो रहेको बताउनुभयो । मुख्यमन्त्री राईले प्रदेश–१ लाई सबै प्रकारको खेलको राजधानी बनाउने भन्दै फुटबलको उर्बरभूमि रहेको प्रदेशलाई खेल र खेलाडीका रुपमा चिनाउने दाबी गर्नुभयो । उहाँले खे...

घरबाट हराएकी महिलाको भारतमा रहस्यमय मृत्यु

घरबाट हराएकी महिलाको भारतमा रहस्यमय मृत्यु
कञ्चनपुर - बेलौरी नगरपालिका– ४ रिछाहाकी २२ वर्षीया भागरती रानाको भारतको सम्पूर्णानगरमा रहस्यमय अवस्थामा मृत्यु भएको छ । घरबाट छ दिनअघि हराएकी रानाको मृतावस्थामा शव फेला परेको हो । यही चैत ६ गते घरबाट हराएकी रानाको दुई दिनअघि मात्रै मृत्यु भएको खबर पाइएको मृतक महिलाका श्रीमान् मोली रानाले बताउनुभयो । घरबाट हराएकी भागरतीको खोजतलास गरिदिन भनी यही चैत ८ गते इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गर...

सोनिया र रुकमानको ‘ए माया मुसुक्कै हासन’

सोनिया र रुकमानको ‘ए माया मुसुक्कै हासन’
काठमाडौं - बि बी लिम्बूको स्वरमा रहेको ‘ए माया मुसुक्कै हासन’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा रुकमान लिम्बू, सोनिया लिम्बू र कामना लिम्बूको अभिनय रहेको छ । रुद्र जीएमको शब्द संगीत र एरेञ्ज रहेको गीतलाई सागर पुनको रेकर्डिङ र कुमार सानु पुनको मिक्सिङ रहेको छ । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा बि बी लिम्बू र डम्बर राईको छायांकन रहेको छ भने सम्पादन बि बी लिम्बूकै रहेको छ ।भिडि...

पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र

पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र
कर्णाली - रानीघाटमा भेरी नदीमाथि बन्न लागेको पक्की पुल आठ वर्षदेखि अलपत्र परेको छ । सडक विभाग डिभिजन कार्यालय सुर्खेत र ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण पुनःडिजाइन समयमै नहुँदा निर्माण कार्य अलपत्र परेको हो । बर्दियालाई सुर्खेतसँग जोड्न छोटो दूरी मानिएको रानीघाट खण्डमा विसं २०६९ देखि पुल निर्माण शुरु गरिएको थियो । ठेकेदार कम्पनी पप्पु÷मल्ल जेभी कन्स्ट्रक्सनले प्राविधिक समस्या देखाउँदै लामो स...

२४ घण्टामा १२० कोरोना सङ्क्रमित

२४ घण्टामा १२० कोरोना सङ्क्रमित
काठमाडौं - पछिल्लो २४ घण्टामा १२० कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कूल दुई हजार ८९१ जनाको आरडिटी पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमित भएको पाइएको हो । मन्त्रालयका अनुसार काठमाडौँमा कूल ४१ नयाँ सङ्क्रमित फेला परेका छन् । त्यस्तै भक्तपुरमा १९, कास्कीमा १९ नै सङ्क्रमित फेला पर्दा, दाङमा छ, ललितपुरमा पाँच, मोरङ र रुपन्देहीमा चार÷चार जना संङ्क्र...

विदेशबाट आउने १० दिन एकान्तबास बस्नुपर्ने

विदेशबाट आउने १० दिन एकान्तबास बस्नुपर्ने
म्याग्दी - म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मापदण्ड तयार गरेको हो । बैठकले विदेशबाट जिल्ला भित्रिनेलाई अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ । प्रमु...

बाघ भागेपछि उच्च सतर्कता

बाघ भागेपछि उच्च सतर्कता
नेपालगञ्ज - लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षितरूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि निकुञ्जअन्तर्गत पर्ने राजमार्ग र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन सूचित गरिएको बताउनुभयो । मध्यवर्ती क्षेत्रका...

भक्तपुरमा मेला, जात्रा, सांस्कृतिक कार्य सञ्चालन गर्न रोक, बिस्केट जात्रामा विकल्प खोजिने

भक्तपुरमा मेला, जात्रा, सांस्कृतिक कार्य सञ्चालन गर्न रोक, बिस्केट जात्रामा विकल्प खोजिने
भक्तपुर - जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लामा कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य सञ्चालन गर्न रोक लगाएको छ । कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कोभिड–१९ अर्थात् कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको जोखिम बढेकाले जिल्लामा कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य नगर्न र नगराउन अनुरोध गर्नुभएको हो । गृह मन्त्रालय र स्वास्...

सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार निर्णय हुने : मन्त्रालय

सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार निर्णय हुने : मन्त्रालय
काठमाडौं - सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमणको दर बढेको खण्डमा नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्रलाई रोक्ने बताउनुभयो । “बन्दाबन्दी गर्नु सरकारको उद्देश्य, वाचा होइन, तर सङ्क्रमणको सङ्ख्या उच्च हुन गएमा सरक...