विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । विराटनगर सिटी क्लबको उद्घाटनमा उहाँले खेलकूदबाट नागरिक स्वस्थ्य हुने भएकाले यस क्षेत्रमा सरकारको विशेष चासो रहेको बताउनुभयो ।

मुख्यमन्त्री राईले प्रदेश–१ लाई सबै प्रकारको खेलको राजधानी बनाउने भन्दै फुटबलको उर्बरभूमि रहेको प्रदेशलाई खेल र खेलाडीका रुपमा चिनाउने दाबी गर्नुभयो । उहाँले खेलकूदको माध्यमबाट अन्तरष्ट्रियस्तरमा नेपालको पहिचान बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया