सेनाको स्वास्थ्य शिविरमा ७२६ लाभान्वित
महेन्द्रनगर - नेपाली सेनाले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७२६ स्थानीवासी लाभान्वित भएका छन् । आगामी शिवरात्रिका दिन हरेक वर्ष मनाइने सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाको श्री २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले साताव्यापी कार्यक्रमअन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
त्यसका साथै सेनाले ब्रह्मदेवमा रहेका लोपोन्मुख राउटे र बादी...