चलचित्र भवनमा ‘अदृश्य’ र ‘बगान’

चलचित्र भवनमा ‘अदृश्य’ र ‘बगान’
काठमाडौं - आजदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित नेपाली चलचित्र ‘अदृश्य’ प्रदर्शन भएको छ । प्रह्लाद काफ्लेको निर्देशनमा तयार भएको चलचित्रमा अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रवीन खतिवडा, प्रिन्स प्रसिड सिंहलगायत मुख्य भूमिकामा हुनुहुन्छ । अभिनेता अग्रहरीले चलचित्रको छायाङ्कन कोरोना महामारीकै समयमा गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सस्पेन्स र थ्रिलर कथामा नेपाली चलचि...

टिकटको शुल्क नलिन अभियानकर्मीको माग

टिकटको शुल्क नलिन अभियानकर्मीको माग
काठमाडौं - सूचनाको हकसम्बन्धी अभियानकर्मीले निवेदन दर्ता गर्दा कीर्तिपुर नगरपालिकाले टिकटबापत रु १० शुल्क लिएको जनाउँदै यसलाई सच्याउन माग गरेका छन् । कानुनमा सूचना मागको निवेदन दर्ता गर्दा टिकट टाँस गर्नुनपर्ने र निवेदन दर्ताका लागि शुल्क पनि नलाग्ने व्यवस्था गरेको जनाइएको छ । कीर्तिपुर नगरपालिकाले सूचना माग गरेर निवेदन दर्ता गरेबापत टिकटको भनी रु १० शुल्क लिने गरेको सूचनाको हकका लागि राष्ट्रिय...

केरामा विषादी बढी

केरामा विषादी बढी
भरतपुर - चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो । कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९÷८० मा सात सय १८ तरकारी र फलफूलको नमूना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको छ । केरापछि फर्सी र भन्टामा बढी विषादी हालेको पाइएको छ चालु आवको साउनमा गरिएका परीक्षणमा पनि सबैभ...

वृद्धद्वारा नेत्रहीन सङ्घलाई जग्गादान

वृद्धद्वारा नेत्रहीन सङ्घलाई जग्गादान
तनहुँ, १९ साउन - तनहुँको व्यास नगरपालिका–५ पाटनका केबी गुरुङले तनहुँ नेत्रहीन सङ्घलाई जग्गादान गर्नुभएको छ । नब्बे वर्षीय गुरुङले करिब रु २५ लाख मूल्यको चार आना दुई दाम जग्गा उपलब्ध गराउनुभएको हो । सङ्घलाई एक वर्षअघि नै जग्गादान गर्न चाहे पनि अस्वस्थ्य भएका कारण ढिला भएको उहाँले बताउनुभयो । व्यास–५ पाटनका गुरुङ कृषि अधिकृत पदको जागिर छाडेर बागवानी विकासमा लाग्नुभएको छ । आठ वर्षसम्म अधिकृत पदमा ...

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन – मन्त्री शर्मा

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन – मन्त्री शर्मा
काठमाडौं - सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले लागि सोका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सो सम्बन्धमा राजस्व अनुसन्धान विभागबाट छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नभएको स्पष्ट पार्नुभयो । “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरु...

सेवाग्राहीको चाप, कर्मचारी अभाव

सेवाग्राहीको चाप, कर्मचारी अभाव
गण्डकी - दैनिक सरदर दुई हजार सेवाग्राही आउने कास्कीस्थित यातायात व्यवस्था कार्यालय ९सवारी चालक अनुमतिपत्र० २१ कर्मचारीका भरमा चलेको छ । सोही कार्यालयको सवारीतर्फ ३४ कर्मचारीको दरबन्दी रहेकामा आधा मात्र कर्मचारी छन् । यातायात व्यवस्था कार्यालय कास्कीसहित बागलुङ, तनहुँ र नवपुलरमा पनि जनशक्ति अभाव देखिएको कार्यालयका प्रमुख जीतेन्द्रजङ्ग केसीले जानकारी दिनुभयो । सेवाग्राहीको बढी चाप हुने कार्यालयमा...

भीरबाट लडेर एक महिलाको मृत्यु

भीरबाट लडेर एक महिलाको मृत्यु
रेसुङ्गा - गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका–४ डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो । नेपाली आफ्ना छोरीहरूसँग स्थानीय ढुङ्गेठाँटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न जानुभएको थियो । करिब दुई सय मिटर तल खसेकी नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी ...

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी
काठमाडौं - नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी छ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सङ्क्षिप्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहनुभएको छ । आजको बैठकको प्रारम्भमा वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामकारबाहीका बारेमा जानकारी गराउ...

‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?’

‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?’
बेदकोट - कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् । केही साताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उढाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताउनुभयो । “जस्तापाता पूरै उढाएको छ, स्थानीय तहलाई जस्तापाताका ला...

रियो दि जेनेरियोमा भएको आक्रमणमा नौ जनाको मृत्यु

रियो दि जेनेरियोमा भएको आक्रमणमा नौ जनाको मृत्यु
ब्राजिलिया - रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको आक्रमणमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको अल जजीराले जनाएको छ । भर्खरैका हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक समूहहरूलाई लक्षित गर्दे प्रहरी कारबाही तीव्र पारिएको हो । ब्राजिलमा पछिल्ला दिनहरूमा यस्ता कारहबाहीलाई राजनीतिक समर्थनसहित तीव्रता दिइएको छ । यद्यपि यस किसिमका कारबाहीमा प्रहरीले व्यापक बल प्रयोग गरेको भन्दै आ...