बिना अनुमति औषधि ओसारपसार गर्ने पक्राउ

बिना अनुमति औषधि ओसारपसार गर्ने पक्राउ
चितवन - जिल्ला प्रहरी कार्यालय चितवनले बिना अनुमति औषधि ओसारपोसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर २ का १८ वर्षीय समीर तामाङ रहेका छन् । प्रहरीले भरतपुर–३ मा कोठा गरी बस्ने दिनेश तामाङको कोठाबाट लागुऔषध बिक्री वितरण गरेको सूचनाको आधारमा उनीहरुलाई शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको ह...

कञ्चनपुरमा चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु

कञ्चनपुरमा चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु
कञ्चनपुर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि चौथो शुक्लाफाँटा पर्यटन महोत्सव शुरु भएको छ । ‘पर्यटकीय सम्भावनाको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने नारासहित शुरु भएको महोत्सव एक सातासम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रेम आले मगरले निकुञ्जको प्रचारप्रसार गरी पर्यटक अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभ...

अब ६० वर्ष माथिका नागरिकलाई कोरोना खोप दिने छौ : मन्त्री त्रिपाठी

अब ६० वर्ष माथिका नागरिकलाई कोरोना खोप दिने छौ : मन्त्री त्रिपाठी
परासी - सरकारले यही फागुन २३ गतेदेखि ६० वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । त्यसका लागि फागुन १६ गतेभित्र आ–आफ्नो स्थानीय तहका ज्येष्ठ नागरिकको तथ्याङ्क सङ्कलन गरी पठाउन स्थानीय तहलाई आग्रह गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकास्थित पञ्चनगर स्वास्थ्य चौकीको आज भवन शिलान्यास ग...

फरक ढङ्गको विश्वविद्यालय आवश्यक छ : मुख्यमन्त्री पौडेल

फरक ढङ्गको विश्वविद्यालय आवश्यक छ : मुख्यमन्त्री पौडेल
वाग्मती - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशमा फरक ढङ्गको विश्वविद्यालयको आवश्यकता रहेको बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले आफूहरुले चाहेको विश्वविद्यालय भनेको नयाँ ढङ्गको, सबैको पहुँच पुग्न सक्ने, त्यस विश्वविद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीहरुले काम पाउने खालको भएको भन्दै प्रदेश विश्वविद्यालय निर्माण अघि ती सबै कुराहरुमा ध्यान दिइने उल्लेख गर्नुभयो । आज प्रदेश सुशासन के...

भाञ्जा अपहरण गरेर फिरौती माग्ने मामा पक्राउ

भाञ्जा अपहरण गरेर फिरौती माग्ने मामा पक्राउ
धनुषा - आफ्नै भाञ्जा अपहरणको गरेर एक करोड फिरौतीको रकम माग गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलनको आयोजना गरी नगराइन नगरपालिका–६ लग्मा बस्ने रमेश दासको सात वर्षीय छोरा चन्दन दासको अपहरणमा संलग्न रहेको आरोपमा महोत्तरी पिपरा गाउँपालिका–७ निवासी रामरतन दास भनेर चिनिने २० वर्षीय लक्ष्मेश्वरकुमार दासलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । ...

फोन गरेर यसरी पाउनुस् ऋण

फोन गरेर यसरी पाउनुस् ऋण
काठमाडौं - आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ । एक कल फोन गरेको भरमा नै ऋण लिन पाइने सुविधा क्रमशः विस्तार हुँदै गएको छ । फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण पनि पछिल्ला दिनमा उल्लेखनीय वृद्धि भएको छ । हाल ‘फोन लोन’को सुविधा तीनवटा वाणिज्य बैंकले दिइरहेका छन् । हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमार...

बैंकिङ कसुर मुद्दामा जेल चलान

बैंकिङ कसुर मुद्दामा जेल चलान
काठमाडौं - बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति आज जेल चलान भएका छन् । उच्च अदालत पाटनको पुस २९ को फैसलाले सात दिन कैद र २१ लाख ५० हजार जरिवानाको फैसला सुनाइएका काठमाडौँ महानगरपालिका–३ महाराजगञ्ज बस्ने ४९ वर्षीय सुधीर श्रेष्ठलाई आज कारागार चलान गरिएको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) बाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं प...

मुसहर बस्तीमा सुधारिएको चुलो

मुसहर बस्तीमा सुधारिएको चुलो
चितवन - पूर्वी चितवनको रत्ननगरमा रहेको सीमान्तकृत बस्तीमा सुधारिएको चुलो वितरण गरिएको छ । रत्ननगर नगरपालिका–७ मालपुरमा बसोबास गर्दै आएका मुसहर समुदायलाई शनिबार सुधारिएको चुलो वितरण गरिएको हो । सपना भिलेज सोसल इम्प्याक्ट सौराहा र बाघमारा मध्यवर्ती सामुदायिक वनले संयुक्तरूपमा ४२ परिवारलाई सुधारिएको चुलो वितरण गरेका हुन् । तीनवटा दाउराले दाल, भात र तरकारी सजिलै पकाउन सकिने सजिलो चुलो मुसहर समुदा...

फरार ५०५ अपराधी पक्राउ

फरार ५०५ अपराधी पक्राउ
राजविराज - विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका ५०५ अपराधीलाई पक्राउ गर्न सप्तरी प्रहरी सफल भएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि माघ मसान्तसम्मको अवधिमा पछिल्लो पटक विगत पाँच महिनादेखि हालसम्म फरार रहेका अपराधीलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो । जबरजस्ती करणीका फरार अभियुक्त सप्तरीको सुरुङ्गा न...

भण्डारीको नेतृत्वमा अनलाइन टीभी पत्रकार सङ्घको नयाँ समिति

भण्डारीको नेतृत्वमा अनलाइन टीभी पत्रकार सङ्घको नयाँ समिति
काठमाडौं - पत्रकार जीवन भण्डारीको अध्यक्षतामा अनलाइन टीभी पत्रकार सङ्घको नयाँ कार्य समिति गठन गरिएको छ । काठमाडौँमा भएको सङ्घको पहिलो अधिवेशनले संस्थापक अध्यक्ष भण्डारीकै नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो । नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा सञ्जिव रेग्मी, उपाध्यक्षमा कुशलभ केसी, महासचिवमा पवन फुँयाल र सचिवमा सरोज गिरी निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक भुपराज बस्यालले जानक...