ललितपुर महानगरपालिकाबाट गौतमबुद्ध रङ्गशालालाई रु २० लाख सहयोग

ललितपुर महानगरपालिकाबाट गौतमबुद्ध रङ्गशालालाई रु २० लाख सहयोग
ललितपुर - ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालालाई रु २० लाख आर्थिक सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज धुर्मुस– सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । प्रमुख महर्जनले सरकारले गर्नुपर्ने कामको जिम्मा फाउण्डेशनले लिएर गरेकामा धुर्मुस–सुन्तलीको प्रशंसा गर्दै सो रङ्गशालाले ...

फिमेल भर्सनमा ‘चिसो – चिसो छ मौसम ’ सार्वजनिक

फिमेल भर्सनमा  ‘चिसो – चिसो छ मौसम ’ सार्वजनिक
काठमाडौं - मेलिना राइको स्वरमा रहेको ‘चिसो - चिसो छ मौसम’ बोलको गीत फिमेल भर्सनमा सार्वजनिक भएको छ । यस अघि नै मेल भर्सनमा कञ्चन थलङको स्वरमा सार्वजनिक भइसकेको छ । कञ्चन थलङ, रेखा लिम्बू र नुमिङ शेर्पाको अभिनय रहेको भिडियो कञ्चन थलङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा शब्द /संगीत कञ्चन थलङको रहेको छ भने टेकेन्द्र यक्सोको एरेञ्ज र किसोर थापाको मिक्सिङ रहेको छ ...

अनलाइन ठगीप्रति सावधानी अपनाउन अनुरोध

अनलाइन ठगीप्रति सावधानी अपनाउन अनुरोध
काठमाडौं - नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले अनलाइनबाट हुने ठगीप्रति विशेष सावधानी अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ । विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी साथी बनाएर विदेशबाट पार्सल आएको सूचना पठाएर पैसा माग्ने तथा सस्तो मूल्यमा सामान पठाइदिने भनेर ठगी गर्ने गिरोह नै सक्रिय भएको भन्दै प्रलोभनमा नपर्न प्रहरीले आग्रह गरेको छ । सामान सस्तो मूल्यमा छ भनी विज्ञापन गरेर पैसा जम्मा गर्न ...

ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट

ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट
भरतपुर - जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र मातहतका कार्यालयले लिँदै आएको ट्राफिक जरिवाना बैंकिङ प्रणालीमार्फत लिन शुरु गरेको छ । जरिवाना बुुझाउनुपर्ने सवारी साधनका चालकले ग्लोबल आइएमई बैंकको चितवनस्थित शाखामा जरिवाना तिर्न सक्ने गरी व्यवस्था गरिएको छ । बैंकमा जरिवाना बुुझाएपछि चालक गोविन्दप्रसाद तिवारीलाई कागजपत्र फिर्ता गर्दै वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब मह...

राससकर्मीलाई ‘दीर्घ सेवा पदक’

राससकर्मीलाई ‘दीर्घ सेवा पदक’
काठमाडौं - राष्ट्रिय समाचार समिति (रासस) मा अविच्छिन्न २० वर्ष स्थायी सेवा गर्नुभएका १२ जना कर्मचारीलाई ‘दीर्घ सेवा पदक’ प्रदान गरिएको छ । मुलुकको एक मात्र आधिकारिक समाचार संस्था राससको ६० औँ वार्षिकोत्सव तथा हीरक वर्षको अवसरमा यहाँ आज आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो पदक प्रदान गर्नुभयो । कार्यकारी व्यवस्थापक उत्तम सिल्वाल, कार्यकारी सम्पादकहरू कृष्ण अधिकारी,...

कावासोतीमा प्याराग्लाइडिङको परीक्षण सफल

कावासोतीमा प्याराग्लाइडिङको परीक्षण सफल
कावासोती - नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीस्थित बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण उडान गरिएको छ । बिहीबार पाँच चालकले तीन पटक सफलरुपमा परीक्षण उडान गरेका छन् । चालकदलले एउटा उडान एक्लै र दुई वटा उडान दुई/दुई जनासहित उडान भरेका हुन् । पर्यटकीय क्षेत्रका लागि नयाँ सम्भावनाको खोजी गर्ने क्रममा प्याराग्लाइडिङ्गको उडान परीक्षण गर्न लागिएको कावासोती नगरपालिका उपप्रमुख प्रेम...

लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ

लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ
कर्णाली - भेरीगङ्गा नगरपालिका–५ सुर्खेत कालीदमारबाट छ ग्राम ५९० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी तथा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतको संयुक्त टोलीले बिहीबार बेलुकी ५ः०० बजे सुर्खेत–नेपालगञ्ज सडकखण्डको नेपालगञ्जबाट जहरेसम्म जाँदै गरेको बा४ख १९६१ नम्बरको यात्रुवाहक हाइस रोकी जाँच गर्ने क्रममा सोही गाडीमा सवार वीरेन्द्रनगर नग...

‘सुरक्षित तरकारी’ उत्पादन गर्र्दै पाँचखालका कृषक

‘सुरक्षित तरकारी’ उत्पादन गर्र्दै पाँचखालका कृषक
काभ्रेपलाञ्चोक - पाँचखाल नगरपालिका–७ श्रीरामपाटीको कृषक शशिकला ढकालले यो वर्ष पनि काउली र आलु बालीमा रासायनिक विषादी हाल्नुभएन । उहाँले जाडोयाममा विशेषगरी बालीमा ढुसी लागेमा मात्रै कृषि प्राविधिकको सल्लाहमा विषादी छर्नुभयो । “करिब दुई वर्षदेखि रासायनिक विषादी हाल्न छाडेका छौँ, कहिलेकाहीँ बालीमा ढुसी लागेमा मात्रै कृषि प्राविधिकको सल्लाहमा हाल्छौँ”, दाहालले भन्नुभयो । यस वर्ष काउली र गोलभेँडामा...

कान्ति भैरव माध्यमिक विद्यालय पुनःनिर्माणका लागि शिलान्यास

कान्ति भैरव माध्यमिक विद्यालय पुनःनिर्माणका लागि शिलान्यास
काठमाडौं - भारत सरकारको अनुदान सहयोगमा पुनःनिर्माण हुने काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित श्री कान्ति भैरव माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासका मिसन उपप्रमुख नामग्या खम्पाले बिहीबार संयुक्तरूपमा विद्यालय भवन शिलान्यास गर्नुभएको हो । कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा पुनःनिर्माण हुन लागे...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध सरकारको ध्यानाकर्षण

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध सरकारको ध्यानाकर्षण
पोखरा - हालै भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेश र जागौँ नेपाल राष्ट्रिय अभियान पोखराले सरकारको ध्यानाकर्षण गराएका छन् । मञ्चका अध्यक्ष कपिलनाथ कोइराला र अभियानका संयोजक दीपक आचार्यले एक विज्ञप्ति जारी गरी मूल्यवृद्धि सरकार स्वयंले गरेको नीतिगत निर्णयको बर्खिलाप रहेको जनाउँदै सरकारको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालमार्फत सरकारको ध्यान...