विद्यालयमा समस्या भन्न सक्दैनन् किशोरी

विद्यालयमा समस्या भन्न सक्दैनन् किशोरी
टीकापुर - विद्यालय उमेरका किशोरी खुलेर समस्या भन्न सक्ने वातावरण बनेको छैन । विद्यालय उमेरका किशोरीका समस्या थुप्रै हुन्छन् तर उनीहरु आफ्ना समस्या शिक्षक तथा शिक्षिकालाई भन्न नसकेको बताउँछन् । कैलालीका धेरैजसो विद्यालय किशोरीमैत्री नहुँदा उनीहरुको सिकाइ उपलब्धिमा असर पर्छ । मोती माविकी छात्रा मुना जिसी आफूलगायत साथीहरुलाई महिनावारीको समयमा बढी समस्या हुने गरेको बताउनुहुन्छ । “महिनावारीको समयमा...

नाका सञ्चालनमा नआउँदा समस्या

नाका सञ्चालनमा नआउँदा समस्या
बैतडी - जिल्लाको तल्लोस्वराडका भारतसँग जोडिएका नाका (घाट) पछिल्लो ११ महिनादेखि बन्द छन् । घाट बन्द हुँदा आवतजावत गर्न नै समस्या भएको छ । महाकाली नदीमा डुङ्गाको सहायताले वारपार गर्न बनाइएका निश्चित स्थानहरू नै घाट हुन् । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि भन्दै महाकाली नदीमा रहेका जिल्लाका तल्लोस्वराडका घाट गत चैतदेखि नै बन्द गरिएका थिए । शिवनाथ गाउँपालिकाको नागार्जुन घाट ...

दोभान बजारको आगलागीले ४० करोड क्षति

दोभान बजारको आगलागीले ४० करोड क्षति
ताप्लेजुङ - ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको हो । आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट हुँदा ठूलो प...

ककनीदेखि पिपलटारसम्मको सडक निर्माण अवरुद्ध

ककनीदेखि पिपलटारसम्मको सडक निर्माण अवरुद्ध
काठमाडौं - लामो समयदेखि अवरुद्ध रहेको ककनीदेखि पिपलटारसम्मको सडक निर्माण उच्च अदालतको अन्तिम आदेशका कारण अघि बढ्न सकेको छैन । विसं २०७०/७१ मा निर्माण शुरु भएको सडक अवरुद्ध हुँदा त्यस क्षेत्रका स्थानीयवासीले कठिन यात्रा गर्नुपरेको छ । सो सडक निर्माणका लागि पटकपटक अवधि थप गरिए पनि निर्माण व्यवसायीले ढिलाइ गरेकाले बालाजु–त्रिशूली÷छहरे–विदुर सडक योजनाले ठेक्का तोड्ने निर्णय गरेको थियो । गत असार १...

तलब सुविधामै सकिन्छ आयोगहरूको बजेट

तलब सुविधामै सकिन्छ आयोगहरूको बजेट
काठमाडौं - अर्थ मन्त्रालयको रातो किताबअनुसार चालु आर्थिक वर्षमा राष्ट्रिय महिला आयोगलाई १२ करोड २४ लाख बजेट विनियोजन भएको छ । जसमा पदाधिकारी सेवासुविधा ८० लाख, कर्मचारी तलब र प्रशासनिक खर्च ११ करोड ३४ लाख छ । तर, कार्यक्रम खर्च भने जम्मा १० लाख मात्रै । यसबाटै बुझ्न सकिन्छ, लक्षित समुदायको हकहित र अधिकारका लागि काम गर्ने आयोगहरूको ठूलो बजेट पदाधिकारी र कर्मचारीको तलब सुविधामै सकिन्छ । कार्...

कुखुरापालन व्यवसायमा लोभलाग्दो सफलता

कुखुरापालन व्यवसायमा लोभलाग्दो सफलता
चितवन - निरन्तर मेहनत गर्यो भने सफलतामा पुगिन्छ भन्ने उदाहरण यहाँका व्यवसायी विनोद पोखरेलले देखाउनुभएको छ । पूर्वी चितवनको रत्ननगरका पोखरेललाई २६ वर्षको कठोर परिश्रमले आज देशकै अग्रणी पोल्ट्री व्यवसायी बनाएको छ । कुखुरापालन व्यवसायमा दानादेखि चल्ला हुँदै अण्डा र मलसम्मको उत्पादन र बजारीकरणमा उहाँको नेतृत्वको दाउन्ने कर्पोरेट सफल भएको छ । यसअन्तर्गत किसान दाना उद्योग, दाउन्ने भेट फर्मा, दाउन्ने...

चोरी शिकार नियन्त्रणमा युवाको भूमिका महत्वपूर्ण

चोरी शिकार नियन्त्रणमा युवाको भूमिका महत्वपूर्ण
नवलपुर - चोरी शिकार नियन्त्रणका लागि युवाको भूमिका महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन् । ‘वन र जीविकोपार्जन ः पृथ्वीमा दिगो जीवनको आधार’ भन्ने नारासहित मनाइएको विश्व वन्यजन्तु दिवसका अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाले समुदायमा हुने वन्यजन्तु चोरी शिकारलाई नियन्त्रण गर्नका लागि युवाहरु सक्रिय हुनुपर्नेमा जोड दिए । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को देवचुली नगरपालिकामा आयोजित कार्यक्रममा स...

टर्कीबाट ल्याइएका ओखरको बिरुवा अनुदानमा कृषकलाई वितरण

टर्कीबाट ल्याइएका ओखरको बिरुवा अनुदानमा कृषकलाई वितरण
रुकुम (पूर्व) - रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय उन्नत जातको अर्थात दाँते ओखरको खेतीतर्फ आकर्षित भएका हुन् । पछिल्लो समय जिल्लाका कृषकदेखि लिएर जनप्रतिनिधि र राजनीतिमा सक्रिय व्यक्तिले पनि दाँते ओखरको खेती गरिरहेका छन् । ओखर खेतीलाई उन्नतरूपमा विस्तार गर्न जिल्लामा भर्खरै टर्कीबाट १९ हजार दाँते ओखरका कलमी बिरुवा ...

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद
गलकोट - बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । विसं २०७४ मा नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्धविच्छेदका जटिलतामा धेरै सहजता आएको छ । पछिल्लो समय महिला या पुरुषमध्ये कुनै एक पक्षले चाहे अदालतमा सम्बन्धविच्छेद मुद्दा दर्ता गर्नसक्ने व्यवस्था छ । यसैकारण पनि महिला ...

दुई चिकित्सकसँग दोस्रो पटक स्पष्टीकरण माग

दुई चिकित्सकसँग दोस्रो पटक स्पष्टीकरण माग
वाग्मती - वाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको छ । दुवै चिकित्सकले आफ्नो कार्यालय समयमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगरेको पाइएकाले डा. बुद्धीराज पाण्डे र डा. साजित अन्सारीलाई अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले २४ घण्टे स्पष्टीकरण सोध्नुभएको हो । अन्सारी ड्युटीको समयमा पनि व्यक्...