काठमाडौँ मेयर कप क्रिकेट : काठमाडौं मेयर्स ११ र एपिएफ विजयी

काठमाडौँ मेयर कप क्रिकेट :  काठमाडौं मेयर्स ११ र एपिएफ विजयी
काठमाडौं - काठमाडौं मेयर कपमा काठमाडौँ मेयर्स ११ र सशस्त्र प्रहरी बलको एपिएफ क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् । काठमाडौँ मेयर्सले वाग्मती प्रदेशलाई ९४ रनले तथा एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई एक विकेटले पराजित गरेको हो । मूलपानी खेल मैदानमा भएको खेलमा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेपछि काठमाडौँ मेयर्सले वाग्मती प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको हो । पहिला ब्याटिङ ग...

हत्या आरोपित १७ वर्षपछि पक्राउ

हत्या आरोपित १७ वर्षपछि पक्राउ
सप्तरी - कर्तव्य गरी हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षपछि एक आरोपितलाई आज पक्राउ गरेको छ । सप्तरीको महादेवा गाउँपालिका–४ लोहजरास्थित घरबाट ४३ वर्षीय देवनारायण खङ्ग मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीकले जनाएको छ । प्रहरी चौकी डिमनबाट खटिगएको टोलीले मण्डललाई घरमै लुकी बसेको अवस्थामा पक्राउ गरेको हो । उनीमाथि महादेवा गाउँपालिका–४ लोहजराका सुकृत सदालाई २०६० पुस ८ गते हत्या गरे...

कोभ्याक्सको खोप आयो नेपाल

कोभ्याक्सको खोप आयो नेपाल
काठमाडौं - कोभ्याक्स सुविधामार्फत उपलब्ध हुने कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप नेपालमा ल्याइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले तीन लाख ४८ हजार मात्रा खोप कोभ्याक्स सुविधामार्फत आज नेपाल आइपुगेको जानकारी दिनुभयो । कोभ्याक्सले नेपाललाई एक करोड ३० लाख मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । कोभ्याक्स सुविधाअन्तर्गत भारतको सिरम इस्च्टिच्युट अफ इण्...

चीनबाट युरिया मल आयात

चीनबाट युरिया मल आयात
चौतारा - साल्ट ट्रेडिङ कर्पोरेसनले पहिलोपटक चीनबाट झिकाएको २० टन युरिया मल तातोपानी नाकाबाट आज नेपाल भित्रिएको छ । सिल्क मार्केट प्रालिले ढुवानी गरी ल्याएको दुई कन्टेनरबाट ४०० बोरा अर्थात् २० टन युरिया मल भन्सार यार्डमा भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताउनुभयो । नेपाल सरकारको अनुमतिबाट चीनबाट चार हजार मेट्रिकटन युरिया मल खरीद गर्न ११ नोभेम्बर २०२० मा बोल...

पत्रकार महिलाको समस्या कायमै

पत्रकार महिलाको समस्या कायमै
वाग्मती - नेपाल पत्रकारिता जगत्मा महिला पत्रकारले काम गरेबापत पाउने पारिश्रमिक र काममा समेत भेद्भाव गरिने समस्या अझै पनि कायमै रहेको आज मकवानपुरमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । एक सय ११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) यहाँ आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रममा सहभागी महिला पत्रकारहरुले सबै क्षेत्रका स...

नेप्सेमा दोहोरो अङ्कको गिरावट

नेप्सेमा दोहोरो अङ्कको गिरावट
काठमाडौँ - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २१।५८ ले ओरालो लागेर दुई हजार ४८५।०९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।७८ विन्दुले घटेर ४४९।६८ मा ओर्लेको छ । कूल २११ कम्पनीको एक करोड १७ लाख ७८ हजार ८२० कित्ता शेयर रु पाँच अर्ब ५४ लाख ६६ हजार ४८० मूल्यमा खरिद बिक्री भए । बजार ओर...

कटुवा पेस्तोलसहित दुई पक्राउ

कटुवा पेस्तोलसहित दुई पक्राउ
सप्तरी - राजविराज नगरपालिकाबाट आज दुई युवकलाई नलकटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ । हातहतियार खरखजाना मुद्दामा ११ महिना कारागारमा थुनामा रहिसकेका विष्णुपुर गाउँपालिका–७ का २० वर्षीय महेशकुमार शर्मासहित दुई युवकलाई पक्राउ गरिएको प्रहरीले आज पत्रकार सम्मेलन गरी जनाएको छ । राजविराजमा स ७ प ९६७० नम्बरको मोटरसाइकलमा घुमिरहेका चालक शर्मा र मोटरसाइकल पछाडि सवार विष्णुपुर–५ का १९ वर्षीय प्रमो...

‘नेपाल कम्युनिष्ट पार्टी’ कट्टेलका पक्षमा

‘नेपाल कम्युनिष्ट पार्टी’ कट्टेलका पक्षमा
काठमाडौँ - सर्वोच्च अदालतले ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक राजनीतिक दल ऋषि कट्टेलले नेतृत्व गरेकै दलको भएको फैसला गरेको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आज उक्त दल कट्टेलकै भएको फैसला सुनाएको हो । रिट निवेदकको मागबमोजिम रिट जारी गर्ने अदालतको फैसला भए पनि फैसलाको पूर्ण पाठ भने आउन बाँकी रहेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो । केपी श...

महिला हिंसासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुन्छः मन्त्री महतो

महिला हिंसासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुन्छः मन्त्री महतो
काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिला हिंसा अन्त्यका निम्ति भएका ऐन÷कानूनलाई परिमार्जन गरी कडा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय महिला आयोगको १९औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित समारोहको उद्घाटन गर्दै उहाँले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका निम्ति कानूनमा भएका कमजोरी सुधार गर्दै प्रभावकारी कार्यान्वयनसँगै सचेतना फै...

तारकेश्वर महादेव मन्दिरको पुनःनिर्माण सम्पन्न

तारकेश्वर महादेव मन्दिरको पुनःनिर्माण सम्पन्न
काठमाडौँ - तारकेश्वर नगरपालिका–३ स्थित ऐतिहससिक तथा धार्मिक तारकेश्वर महादेव मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । जीर्णावस्थामा पुगेको मन्दिर काठमाडौँ महानगरपालिका र नगरपालिकाको रु दुई करोडको लागतमा पुनःनिर्माण भएको हो । काठमाडौँ उपत्यकाको उत्तरतिर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने मन्दिर जितपुरफेदीबाट अल्ले ब्यारेक हँुदै पुग्न सकिन्छ । प्राकृतिक सौन्दर्यको खानी शिवपुरी पर्वत...