अटोरिक्सामा अवैध काठ ओसार्ने दुई पक्राउ

अटोरिक्सामा अवैध काठ ओसार्ने दुई पक्राउ
कञ्चनपुर - अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्न भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । म१ह ८०५ नंको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको हो । अटोरिक्सामा चारवटा सालका गोलिया लैजाँदै गरेको बेला काठसहित दुवैलाई पक्राउ गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मझगाउँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय क...

तरकारीमा विषादी बढेपछि किसानलाई सचेत गराइँदै

तरकारीमा विषादी बढेपछि किसानलाई सचेत गराइँदै
भरतपुर - चितवनमा उत्पादन हुने तरकारीमा अत्यधिक विषादी प्रयोग भएपछि किसानलाई सचेत बनाउन थालिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौँ र भरतपुर महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएपछि किसानलाई सचेत बनाउन थालिएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको आयोजनामा बुधबार र बिहीबार पूर्वी चितवनको राप्ती र भरतपुर महानगरपालिका–२५ का किसानस...

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ
इनरुवा - श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरील...

खिदिमा रेन्बो ट्राउटको स्रोत केन्द्र बन्दै

खिदिमा रेन्बो ट्राउटको स्रोत केन्द्र बन्दै
खोटाङ - साकेला गाउँपालिका–३ खिदिमाका बासिन्दाले सामूहिकरूपमा रेन्बो ट्राउट पालन शुरु गरेका छन् । रेन्बो ट्राउट प्रजातिको माछा, भुरा तथा रेन्बो ट्राउटलाई दिइने दाना उत्पादनका लागि स्रोतकेन्द्रका रूपमा विकास गर्दै आर्थिक आयआर्जन गर्ने लक्ष्यका साथ तावाहाङ रेन्बो ट्राउट कृषक समूहमा आबद्ध किसानले रेन्बो ट्राउटको व्यावसायिक पालन शुरु गरेका हुन् । आर्थिक वर्ष २०७६र०७७ मा प्रदेश सरकारअन्तर्गतको मत्स्...

‘बेनीको बजार,जता मायाँ उतै छ नजर….’ का सर्जक श्रेष्ठको निधन

‘बेनीको बजार,जता मायाँ उतै छ नजर….’ का सर्जक श्रेष्ठको निधन
गलेश्वर - म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल सबैको जनजिब्रोमा बसेको ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै आउनुभएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो । ‘बेनीको बजार,जता मायाँ उतै छ नजर....’ बोलको गीत श्रे...

बीमावापतको रकम भुक्तानी नहुँदा औषधि खरिदमा समस्या

बीमावापतको रकम भुक्तानी नहुँदा औषधि खरिदमा समस्या
दमौली - तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई बीमावापतको रु एक करोड भुक्तानी नहुँदा औषधि खरिदमा समस्या भएको छ । बीमा गरेका सर्वसाधारणले उपचार केन्द्रबाट निःशुल्क औषधि पाए पनि उक्त बापतको रकम अस्पताललाई प्राप्त नहुँदा अस्पतालले औषधि खरिद गर्न नसकेको हो । अस्पतालको आम्दानीको स्रोत नभएको र बीमावापतको औषधिको रु एक करोड विगत छ महिनादेख...

जग्गा नबेच्दा ज्यानै गयो

जग्गा नबेच्दा ज्यानै गयो
जलेश्वर - जग्गा बिक्री गर्न अस्वीकार गर्दा वृद्ध दम्पती मुसाफिर झा र उनकी पत्नी गीतादेवीको हत्या भएको पाइएको छ। महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडबाका झा दम्पतीलाई फागुन ११ गते राति ओछ्यानसहित बेपत्ता पारिएको थियो। उनीहरूको शव बोरामा पोको पारेर गाडेको अवस्थामा भेटिएको छ।  ‘सुतेकै ठाउँमा धारिलो हतियारले दम्पतीको हत्या गरिको रहेछ। त्यसपछि घटना दबाउन उनीहरूको शव ओछ्यानमै बेरेर घरबाहिर लगेको देखिय...

यान्त्रिकीकरणतर्फ अलैँची किसान

यान्त्रिकीकरणतर्फ अलैँची किसान
बागलुङ - उत्पादन लागत घटाई आम्दानी बढाउन यहाँका अलैँची किसान यान्त्रिकीकरणतर्फ आकर्षित बनेका छन् । जनशक्ति र समयसमेत कम लाग्ने भएपछि किसानले आधुनिक खेती प्रणाली अपनाउन थालेका हुन् । परम्परागत सीप र प्रविधिको ठाउँमा नयाँ यन्त्र, उपकरणको प्रयोग बढ्दो छ । उन्नत प्रविधि अपनाउँदा कम लागतमा उन्पादन बढाउन सकिने गलकोट अलैँची ब्लक सञ्चालक समितिका संयोजक जीवन भण्डारीले बताउनुभयो । कृषि औजार तथा उपकरण...

नक्कली नोट र नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई पक्राउ

नक्कली नोट र नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई पक्राउ
काठमाडौं - प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशबहादुर बस्नेतले नक्कली नोट बोकेका व्यक्ति कलङ्की तरकारी बजारमा तरकारी क...

भारतमा कोरोना भाइरसबाट एकै दिनमा ५३ हजार भन्दा बढी संक्रमित

भारतमा कोरोना भाइरसबाट एकै दिनमा ५३ हजार भन्दा बढी संक्रमित
नयाँदिल्ली - भारतमा ५३ हजार ४७६ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ८७ हजार ५३४ पुगेको मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५१ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ६९२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ । सोही अवधीमा यहाँँ कूल सङ्क्रमितमध्ये तीन लाख ...