लाहुरे शिकारी सार्वजनिक

लाहुरे शिकारी सार्वजनिक
काठमाडौं - मदन घलान र सुजिता जीम्बाको स्वरमा रहेको तामाङ सेलो ‘लाहुरे शिकारी’ बोलको गीत आज एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ । एण्डी म्यूजिक हाउस युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । उक्त गीतमा सानुबाबू घिसिङको शब्द/ संगीत रहेको छ भने एरेञ्ज नर्बु शेर्पा र मिक्सिङ दिपेश प्रधानको रहेको छ । कृष्ण क्लोनले निर्देशन,कोरियोग्राफी र सम्पादन गरेको भिडियामा निरज लामखोर र सायरा ल...

यौन दुव्र्यवहार आरोपमा चिकित्सक पक्राउ

यौन दुव्र्यवहार आरोपमा चिकित्सक पक्राउ
सप्तरी - शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुव्र्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो । उहाँका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गरा...

मौसममा सुधार आउन अझै केही दिन लाग्ने

मौसममा सुधार आउन अझै केही दिन लाग्ने
काठमाडौँ - पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले काठमाडौँ उपत्यकामा बाक्लो तुवालो लागेको छ । जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले प्रदूषण बढ्न गई पारदर्शितासमेत घटेको जनाएको छ । स्थिर रहेको वायुमण्...

विनितालाई सहयोग जारी

विनितालाई सहयोग जारी
काठमाडौं - सहयोग प्राप्त भएपछि काठमाडौँ काँडाघारी बस्ने ओखलढुङ्गाकी विनिता भूलेलको मुहारमा कान्ति छाएको छ । सुत्केरी भएको २१ दिनमा श्रीमान्ले छाडेर गएपछि उहाँ समस्यामा पर्नुभएको थियो विभिन्न क्षेत्रबाट सहयोग आउन थालेपछि उहाँका दैनिक गर्जो टर्दै गएको छ भने पुराना ऋणसमेत तिर्न थाल्नुभएको छ । अझ पढ्न छाडेकी १२ वर्षकी छोरी नुनिशालाई उच्च शिक्षा पढाउन दाता तयार भएपछि आमा¬छोरी नै निक्कै खुशी देख...

ब्लड बैंंक स्थापनामा संखुवासभा समाज युकेको सहयोग

ब्लड बैंंक स्थापनामा संखुवासभा समाज युकेको सहयोग
किमाथाङ्का - संखुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा छन् । अहिलेसम्म पनि जिल्लामा ब्लड बैंक स्थापना हुनसकेको छैन । ब्लड बैंक स्थापना गर्न अहिले विभिन्न सङ्घ संस्थाले सहयोग गरिहेका छन् । बिहीबार मात्रै खाँदबारीमा स्थापना हुनलागेको व्लड बैंकलाई सङ्खुवासभा समाज यूकेले आर्थिक सहयोग गरेको छ । पूर्व गोर्खा सैनिक रहेको सङ्खुवासभा समाज यूकेले नेपाल रेडक्रस सृजनसिल सामुदायिक रक्त सञ्चार स...

रहेनन काँग्रेस नेता जोशी

रहेनन काँग्रेस नेता जोशी
काठमाडौं - नेपाल काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो । गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उहाँलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि उहाँ सोही अस्पतालमा उपचारारत हुनुहुन्थ्यो । पूर्व उद्योग मन्त्रीसमेत रहनु भएका नेता जोशी ...

मेहनतले मेलम्ची सफल भयो : पूर्वमन्त्री मगर

मेहनतले मेलम्ची सफल भयो : पूर्वमन्त्री मगर
काठमाडौं - पूर्व खानेपानीमन्त्री बीना मगरले आज मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गर्नुभएको छ । मेलम्ची खानेपानी आयोजना विकास समितिका निमन्त्रणामा सुन्दरीजल पुग्नुभएकी उहाँले उक्त प्रशोधन केन्द्रको अवलोकन गर्नुभएको हो । सो अवसरमा उहाँले सञ्चारकर्मीसँग भन्नुभयो, “हाम्रो अथक मेहनत र योजनामुताबिक मेलम्ची आयोजनाको कामले तीव्रता पाएको हो । उपत्यक...

नयाँ सदस्यता विधानसम्मत गर्न चौतारीको ध्यानाकर्षण

नयाँ सदस्यता विधानसम्मत गर्न चौतारीको ध्यानाकर्षण
काठमाडौं - प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासङ्घको नयाँ सदस्यता वितरण विधानसम्मत नभएको उल्लेख गर्दै ज्ञापनपत्र बुझाएको छ । चौतारीका अध्यक्ष गणेश बस्नेत सहितको समूहले आज महासङ्घमा पुगेर विधानसम्मत तरिकाले नयाँ सदस्यताको टुङ्गो लगाएर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्वाचन समितिका संयोजक कपिल काफ्लेलाई उक्त ज्ञापनपत्र बुझाएको हो । महासङ्घको विधानअनुसार नयाँ सदस्यता स्वीकृत, अनुमोदन...

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह

अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह
काठमाडौं - स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले मौसममा आएको परिवर्तनसँग काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण बढेकोले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज यहाँ अपिल जारी गर्दै वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइ लगायत विविध स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकोले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्थ...

गाउँघरमा चिकित्सक कार्यक्रम : दुर्गम गाउँमा स्वास्थ्य शिविर

गाउँघरमा चिकित्सक कार्यक्रम : दुर्गम गाउँमा स्वास्थ्य शिविर
बझाङ - जिल्ला अस्पताल बझाङको डाक्टरसहितको स्वास्थ्यकर्मीको टोलीले जिल्लाका दुर्गम गाउँमा गएर सेवा दिन थालेका छन् । जिल्लाका १२ वटा स्थानीय तहका दुर्गम गाउँमा गएर टोलीले स्वास्थ्य सेवा प्रवाह गरिरहेको हो । गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत बिहीबार सुर्मा गाउँपालिका–१ मा रहेको दुर्गम गाउँ पुदालीमा सेवा दिएको छ । दुई डाक्टरसहितको टोलीले ग्रामीण भेगमा वसोवास गर्ने विपन्न वर्गलाई लक्षित गरी सेवा ...