चिसोले बन्द गरिएका विद्यालय खुले

चिसोले बन्द गरिएका विद्यालय खुले
डोल्पा - हिमाली जिल्ला डोल्पाका विद्यालय बन्द भएको एक महिनापछि खुलेका छन् । हिँउदको अत्यधिक चिसोले पठनपाठन क्रियाकलाप प्रभावित भएपछि गत पुस १५ देखि बन्द भएका विद्यालय एक महिनापछि खुलेका हुन् । माघ लागेसँगै त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका सम्पूर्ण विद्यालय खुलेका हुन् । त्रिपुरासुन्दरी नगरपालिकाको निर्णयबाट एक महिना बन्द गरिएको विद्यालय गत बिहीबारदेखि खुलाएर पठनपाठन क्रियाकलाप शुरु गरिएक...

विभिन्न घटनामा संलग्न सात पक्राउ

विभिन्न घटनामा संलग्न सात पक्राउ
काठमाडौं - काठमाडौँमा भएको विभिन्न घटनामा संलग्न सात जनालाई पक्राउ गरी कारवाही थालिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । लाखौँ रकमसहित छ जना जुवाडे र लागुऔषधसहित एक जनालाई पक्राउ गरिएको परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज अवैध लागुऔषध ब्राउन सुगरसहित मकवानपुर फापरवारी गाउँपालिका–७ बस्ने २८ वर्षीय अनुपकुमार विश्वकर्मालाई पक्राउ ...

प्राप्त उपलब्धि रक्षाका लागि दलहरु एक जुट हुनुपर्छः अध्यक्ष डा.भट्टराई

प्राप्त उपलब्धि रक्षाका लागि दलहरु एक जुट हुनुपर्छः अध्यक्ष डा.भट्टराई
अर्घाखाँची - पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा प्राप्त उपलब्धिको रक्षाको लागि देशमा संयुक्त आन्दोलनको जरुरी रहेको बताउनुभएको छ । उहाँले अर्घाखाँचीको सन्धिखर्कमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा गणतन्त्रको रक्षाका लागि आन्दोलनकारी दलहरु एक भएर आन्दोलनमा उत्रनुपर्ने बताउनुभयो । अध्यक्ष डा भट्टराईले जनताको मतबाट निर्वाचित प्रतिनिध...

निर्वाचनका लागि बजेटको कुुनै अभाव हुुने छैन – अर्थमन्त्री पौडेल

निर्वाचनका लागि बजेटको कुुनै अभाव हुुने छैन – अर्थमन्त्री पौडेल
काठमाडौं - निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आर्थिक व्यवस्थापनलगायत विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ । सरकारले वैशाख १७ र २७ गते दुई चरणमा हुने गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति करिब डेढ महिनाअघि नै घोषणा गरिसकेको छ । सो अवसरमा अर्थमन्त्री पौडेलले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकाले आगाम...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर
काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु र लेखापढी व्यवसायीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नायब सुब्बा वेदनिधि बराल र हरिवनका लेखापढी व्यवसायी रामसुन्दर महत्तोले जग्गाधनी दर्ता प्रमाणपत्रमा नाम संशोधनबापत सेवाग्राहीसँग रु ११ हजार घुस लिएको अभियोग लागेको छ । आयोगको बर्दिवास कार्यालयबाट गएको टोलीले लेखापढी व्यवसायी महत्तोलाई सेवाग्राही...

सशस्त्र प्रहरी बलको बिओपी स्थापना

सशस्त्र प्रहरी बलको बिओपी स्थापना
कैलाली- एक सय एक किलोमिटर खुला सिमाना रहेको कैलालीमा आज मात्रै दुई बिओपी स्थापना भएका छन् । जिल्लामा स्वीकृत भएका बिओपीमध्ये आज कैलारी गाउँपालिका–७ मा बिओपी लठ्ठाघाट र टीकापुर नगरपालिका–७ मा बिओपी कालाकुण्डा स्थापना भएका हुन् । बिओपी लठ्ठाघाटको सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र कैलारी गाउँपालिकाका अध्यक्...

विभिन्न स्थानमा भएका दुर्घटनामा १२ को मृत्यु

विभिन्न स्थानमा भएका दुर्घटनामा १२ को मृत्यु
काठमाडौँ - बितेका २४ घण्टामा देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । बर्दिया, धनुषा, सर्लाही, झापा र नुवाकोटमा भएका सवारी दुर्घटनामा सात तथा इलाम र सिन्धुपाल्चोकमा भएका घटनामा पाँचजनाको ज्यान गएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक र इलामको सार्वजनिक पोखरीमा शव भेटिएको तथा अन्य तीन स्थानका घटनामा आफ्नै निवासस्थानमा उनीहरुको शव भेटिएको प्रहरीले बताएको छ । नुवाकोटको विद...

कोरोनाको चुनौतीलाई अवसरमा बदल्दै पाल्पामा सामूहिक आलु खेती

कोरोनाको चुनौतीलाई अवसरमा बदल्दै पाल्पामा सामूहिक आलु खेती
रामपुर (पाल्पा) -कोरोनाका कारण विश्वमा नै हरेक पेशा तथा व्यवसाय प्रभावित भएको अवस्थामा रामपुरका युवाले भने वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक आलु खेती रोजेका छन् । रामपुर नगरपालिका–६ स्थित विजयपुरमा ट्वान्टी ट्वान्टी नामक समूह स्थापना गरी २० जना युवा सामूहिक आलु खेतीमा लागेका हुन् । वैदेशिक रोजगारमा रहँदा कोरोनाको महामारी खेपेका युवा गाउँ फर्केपछि चुनौतीलाई अवसरमा बदल्दै आयआर्जनका लागि आलु खेत...

मह उत्पादन बढ्दा किसान दङ्ग छन्

मह उत्पादन बढ्दा किसान दङ्ग छन्
डडेल्धुराको अजयमेरु गाउँपालिका कृषक लक्ष्मी पाठक मौरीपालन व्यवसायवाट छोटो समयमै आम्दानी हुँदा दङ्ग देखिनुहुन्छ । तीस घार मौरीपालन गरिरहनुभएका उहाँको वर्षमा झण्डै रु दुई लाख ५० हजार आम्दानी हुन्छ । “यो व्यवसायवाट सन्तुष्ट छु”, उहाँले भन्नुभयो, “घरपरिवारका सबै सदस्य यसै व्यवसायमा लाग्दा बेरोजगार भएर बस्नु परेको छैन ।” उत्पादित मह बजारमा प्रतिकिलो रु ८०० देखि एक हजारसम्म बिक्री हुने गरेको पठकले ब...

कागती खेतीतर्फ बढ्दै आकर्षण

कागती खेतीतर्फ बढ्दै आकर्षण
कैलालीको टीकापुर नगरपालिका–५ की दुर्गादेवी कुमाल परम्परागत कृषिखेती गर्दैै आउनुभएको छ । अहिले उहाँले आफ्नो मनस्थिति बदल्दै कागती खेतीमा रुचि देखाउनुभएको छ । गत आर्थिक वर्षमा रानी जमरा कुलरिया सिंचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले दिएको अनुदानमार्फत् १० कठ्ठा जग्गामा कागतीखेती शुरु गर्नुभएकी उहाँ यसलाई व्यावसायिक रुपमा सञ्चालन गर्ने योजनामा हुनुहुन्छ । “मैले कृषिमा केही फरक गर्नकै लाग...