विभिन्न स्थानमा भएका दुर्घटनामा १२ को मृत्यु

विभिन्न स्थानमा भएका दुर्घटनामा १२ को मृत्यु
काठमाडौँ - बितेका २४ घण्टामा देशका विभिन्न स्थानमा भएका दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । बर्दिया, धनुषा, सर्लाही, झापा र नुवाकोटमा भएका सवारी दुर्घटनामा सात तथा इलाम र सिन्धुपाल्चोकमा भएका घटनामा पाँचजनाको ज्यान गएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक र इलामको सार्वजनिक पोखरीमा शव भेटिएको तथा अन्य तीन स्थानका घटनामा आफ्नै निवासस्थानमा उनीहरुको शव भेटिएको प्रहरीले बताएको छ । नुवाकोटको विद...

कोरोनाको चुनौतीलाई अवसरमा बदल्दै पाल्पामा सामूहिक आलु खेती

कोरोनाको चुनौतीलाई अवसरमा बदल्दै पाल्पामा सामूहिक आलु खेती
रामपुर (पाल्पा) -कोरोनाका कारण विश्वमा नै हरेक पेशा तथा व्यवसाय प्रभावित भएको अवस्थामा रामपुरका युवाले भने वैदेशिक रोजगारीको विकल्पमा व्यावसायिक आलु खेती रोजेका छन् । रामपुर नगरपालिका–६ स्थित विजयपुरमा ट्वान्टी ट्वान्टी नामक समूह स्थापना गरी २० जना युवा सामूहिक आलु खेतीमा लागेका हुन् । वैदेशिक रोजगारमा रहँदा कोरोनाको महामारी खेपेका युवा गाउँ फर्केपछि चुनौतीलाई अवसरमा बदल्दै आयआर्जनका लागि आलु खेत...

मह उत्पादन बढ्दा किसान दङ्ग छन्

मह उत्पादन बढ्दा किसान दङ्ग छन्
डडेल्धुराको अजयमेरु गाउँपालिका कृषक लक्ष्मी पाठक मौरीपालन व्यवसायवाट छोटो समयमै आम्दानी हुँदा दङ्ग देखिनुहुन्छ । तीस घार मौरीपालन गरिरहनुभएका उहाँको वर्षमा झण्डै रु दुई लाख ५० हजार आम्दानी हुन्छ । “यो व्यवसायवाट सन्तुष्ट छु”, उहाँले भन्नुभयो, “घरपरिवारका सबै सदस्य यसै व्यवसायमा लाग्दा बेरोजगार भएर बस्नु परेको छैन ।” उत्पादित मह बजारमा प्रतिकिलो रु ८०० देखि एक हजारसम्म बिक्री हुने गरेको पठकले ब...

कागती खेतीतर्फ बढ्दै आकर्षण

कागती खेतीतर्फ बढ्दै आकर्षण
कैलालीको टीकापुर नगरपालिका–५ की दुर्गादेवी कुमाल परम्परागत कृषिखेती गर्दैै आउनुभएको छ । अहिले उहाँले आफ्नो मनस्थिति बदल्दै कागती खेतीमा रुचि देखाउनुभएको छ । गत आर्थिक वर्षमा रानी जमरा कुलरिया सिंचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले दिएको अनुदानमार्फत् १० कठ्ठा जग्गामा कागतीखेती शुरु गर्नुभएकी उहाँ यसलाई व्यावसायिक रुपमा सञ्चालन गर्ने योजनामा हुनुहुन्छ । “मैले कृषिमा केही फरक गर्नकै लाग...

स्थायी बन्ध्याकरणमा पुरुषले देखाएनन् रुचि

स्थायी बन्ध्याकरणमा पुरुषले देखाएनन् रुचि
परासी - नवलपरासी९बर्दघाट सुस्ता पश्चिम० को दक्षिणी क्षेत्रका पुरुषले परिवार नियोजनको स्थायी बन्ध्याकरणका लागि अनिच्छा देखाएका छन् । स्वास्थ्य कार्यालय परासीले जिल्लामा सञ्चालन गरिरहेको स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गर्नेमा महिला मात्र देखिएका छन् । यही माघ ५ गतेदेखि जिल्लाको विभिन्न स्थानीय तहमा सञ्चालन गरिएको बन्ध्याकरण शिविरमा अहिलेसम्म ४०० जनाले सेवा लिएकामा सबै महिला मात्रै रहेको स्...

१२१ घरलाई निःशुल्क चुलो र सिलिन्डर

१२१ घरलाई निःशुल्क चुलो र सिलिन्डर
डोल्पा - डोल्पाका एक समाजसेले व्यक्तिगत खर्चमा गाउँलाई नै ग्यास चुलो र सिलिन्डर बाँड्नुभएको छ । ठूलीभेरी नगरपालिका–३ दुनैमा बस्दै आउनुभएका युवा मन बुढाले वडा नं ४ तिप्ला गाउँका १२१ घरधुरीलाई ग्यास चुल्हो र सिलिन्डर वितरण गर्नुभएको हो । व्यक्तिगत नौ लाख ६८ हजार खर्च गरेर नेपालगञ्जबाट सिलिन्डर र चुल्हो ल्याएर वितरण गरेको स्थानीयवासी राजबहादुर बुढाले बताउनुभयो । सदरमुकाम दुनैस्थित सरस्वती माविका ...

वर्षा र हिमपातको सम्भावना

वर्षा र हिमपातको सम्भावना
काठमाडौं - आगामी बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । मौसमविद्का अनुसार यो प्रणाली बाहिरिएपछि तापक्रम वृद्धि भई गर्मी शुरु हुनेछ । हाल देशका पहाडी भूभागमा आशिंक बदली रही बाँक...

सडक पुगेसँगै बजार विस्तारः स्थानीय उत्पादन बिक्रीमा सहज

सडक पुगेसँगै बजार विस्तारः स्थानीय उत्पादन बिक्रीमा सहज
दार्चुला - पाँच वर्ष अघिसम्म साविकको घुसा खण्डेश्वरीका स्थानीय वासिन्दा खाद्यान्न तथा लत्ताकपडा लिन मार्माको लटिनाथसम्म आउँथे । पाँच घण्टा पैदल हिँडेर लटिनाथ पुग्दा एक दिनको बास हुन्थ्यो । लटिनाथसम्म भर्खरभर्खर सडक पुग्दै थियो । बिटुले पारिबगर सडक खण्ड विस्तार भएसँगै बजार मार्मा गाउँपालिका–१ पारिबगर हुन गयो । यहाँसम्म सडकको पहुँच भएसँगै एक घण्टा पैदल दूरी घटेको थियो ।पारिबगरबाट माथिल्लो क्षेत...

अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने

अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने
दुल्लू - दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६/७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो । गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन् । उनीहरलाई मासिक रु ५०० भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ऐन निर्माण ...

बुटवलका सबै वडामा सहजीकरण समिति

बुटवलका सबै वडामा सहजीकरण समिति
बुटवल - भूमिसम्बन्धी समस्या समाधानका लागि बुटवल उपमहानगरपालिकाका सबै वडामा सहजीकरण समिति गठन भएका छन् । उपमहानगरमा नगरस्तरीय र १९ वडामा वडास्तरीय सहजीकरण समिति गठन भएका हुन् । उपमहानगरमा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाई कार्यालय नै स्थापना गरेर भूमिसम्बन्धी समस्याको दीर्घकालीन समाधानको पहल शुरु भएको प्रमुख शिवराज सुवेदीले बताउनुभयो । भूमिसम्बन्धी कामलाई व्यवस्थित, निष्पक्ष र व...