वसन्त आरोहणः धमाधम आउँदैछन् आरोही

वसन्त आरोहणः धमाधम आउँदैछन् आरोही
काठमाडौँ - वसन्त यामको आरोहणका लागि थोरै सङ्ख्यामा भए पनि आरोही आउन थालेका छन् । सो यामको आरोहण अनुमतिका लागि केही आरोहीले निवेदन दिएका छन् । वसन्त याम शुरु भइसकेकाले अबका दिनमा आरोही समूह आउने पर्यटनविभागको अपेक्षा छ । विभागका निर्देशक मीरा आचार्यले याम शुरु भए पनि अहिलेसम्म विभागले अनुमति जारी गरेको छैन । मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरु भए पनि अप्रिलको दोस्रो सातासम्म ...

बलात्कार आरोपित पक्राउ

बलात्कार आरोपित पक्राउ
सप्तरी - बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका–५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँलाई आज पक्राउ गरेको छ । आरोपितले २०७७ जेठ २६ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा गत असोज २९ गते उजूरी दिएको थियो । आफ्नो घरको कोठामा बसिरहेका बेला कोही नभएको मौका छोपी घर पसी मूल ढोका लगाई ओछ्यानमा लडाएर बलात्कार गरेको पीडितले बताउनुभयो । पीडित...

बीच भलिबलको उपाधि कञ्चनपुरलाई

बीच भलिबलको उपाधि कञ्चनपुरलाई
महेन्द्रनगर - कञ्चनपुरमा पहिलोपटक आयोजना गरिएको बीच भलिबल प्रतियोगिताको उपाधि यहाँस्थित भलिबल प्रशिक्षण केन्द्रको टोलीले जितेको छ । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाले सैनिक दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साताव्यापी कार्यक्रमअन्तर्गत भलिबल प्रतियोगिता आयोजना गरिएको हो । बीच भलिबलमा सेनाको टोलीलाई हराउँदै महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रको टिमले उपाधि जितेको छ । प्रशिक्षण केन्द्रको...

कोरोनाबाट विदेशमा दुईको निधन

कोरोनाबाट विदेशमा दुईको निधन
काठमाडौँ - कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार निधन भएका उनीहरु बेलायतमा बस्दै आएका थिए । शनिबार साँझसम्म ३४१ नेपालीको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको छ । हालसम्म २१ देशमा रहेका नेपालीको कोरोना सङ्क्रमणले निधन भएका हो । हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपाली सङ्क्रमित भएका छन् ...

प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो : वनमन्त्री आले

प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो : वनमन्त्री आले
काठमाडौँ - वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाउनुभएको छ । नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले काठमाडौँमा आयोजना गरेको १०औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारणसभामा बोल्नुहुँदै उहाँले केही दिन पहिले सामुदायिक वन उपभोक्ता महासङ्घको कार्यक्रममा आफूले बोलेको भाषण तोडमोड गरी बदनाम गराउने उद्देश्यले कु प्रचार गरेको बताउनुभयो । उहाँले भ...

क्षतिपछि सुधारियो सडक

क्षतिपछि सुधारियो सडक
बलेवा - असजिलो बाटो त्यहीमाथि साँघुरो । स–साना सवारी साधनसमेत कठीन यात्रा गरेर तमानखोला गाउँपालिकाको केन्द्र बोङगादोभान पुग्थे । दोहोरो सवारीको आवतजावत नहुने । कच्ची सडकको ठाउँठाउँमा परेका खाल्डाखुल्डीले सवारीलाई उचाल्ने र पछार्ने गर्दा यात्रुलाई लाग्थ्यो गन्तव्यमा सकुशल पुगिन्छ या पुगिँदैन् । दुई वर्ष पहिलेसम्म बागलुङको तमानखोलाको केन्द्र बोङगादोभान पुग्नु ठूलै युद्ध जितेको जस्तै हुन्थ्यो । ढ...

सरकारमा जाने नजाने महत्वपूर्ण कुरा होइन : नेता बाँस्तोला

सरकारमा जाने नजाने महत्वपूर्ण कुरा होइन : नेता बाँस्तोला
चितवन - नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिले नै सरकारमा जाने-नजाने विषय महत्वपूर्ण नभएको बताउनुभएको छ । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उहाँले पार्टीको नीति सरकारमा जाने र देशलाई चलाउने भएको स्पष्ट पार्नुभयो । सरकार बनाउन साथ दिने जानकारी दिँदै उहाँले भन्नुभयो, “सरकारसँग भएका तीनबँुदे सहमति कार्यान्वयनपछि अरु कुरा खुल्द...

दमौली समाचार : खेलकूद प्रवद्र्धन गर्दै स्थानीय तह

दमौली समाचार : खेलकूद प्रवद्र्धन गर्दै स्थानीय तह
दमौली - कोरोना कहर अगाडि खेलकूदका गतिविधि भइरहने तनहुँमा कोरोना कहरका कारण एक वर्ष खेलकूद गतिविधि ठप्प भयो । जब कोरोनाको कहर सामान्य बन्न थाल्यो, पुनः तनहुँमा खेलकूदका गतिविधिले लय लिन थालेको छ । खेलकूदका गतिविधिलाई यहाँका स्थानीय तहले प्रवद्र्धन गर्न थालेका छन् । माघ १६ गते शहीद दिवसका अवसरमा चौथो व्यास नगर अल्ट्राम्याराथन सम्पन्न गरेको व्यास नगरपालिकाले नारी दिवसका अवसरमा यही फागुन २४ गते मह...

च्याउको बीउ बेचेर मासिक रु एक लाख आम्दानी

च्याउको बीउ बेचेर मासिक रु एक लाख आम्दानी
सर्लाही - यहाँका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गर्नुभएको छ वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद चौलागाईं वैदेशिक रोजगारबाट फर्केपछि च्याउको बीउ बेचेर मनग्य आम्दानी गर्नुभएको हो । पाँचपटक वैदेशिक रोजगारीमा गएर फर्किनुभएका वाग्मती नगरपालिका–१० शङ्करपुरका उहाँले कन्ने च्याउको बीउ बिक्रीबाट सम्पूर्ण खर्च कटाएर मासिक रु एक लाख आम्दानी गर्दै आएको जानकारी दिनुभयो । तीन वर्षदेखि व्यावसा...

तरकारीमा आत्मनिर्भर बन्दै कुमालखाडावासी

तरकारीमा आत्मनिर्भर बन्दै कुमालखाडावासी
दुल्लू - दैलेखको आठबीस नगरपालिका– ३ कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन् । गुजाराका लागि मात्र तरकारी फलाउँदै आएका किसान व्यावसायिक तरकारी खेती गर्न थालेपछि आत्मनिर्भर बनेका हुन् । तरकारी उत्पादन गर्नथालेपछि आम्दानीका साथै कुमालखाडा गाउँको नामसमेत बदिलएको स्थानीय बासिन्दा पवित्रा माझीले बताउनुभयो । “पहिला गाउँलाई कुमालगाउँ भन्थ्यौं, आजभोलि तरकारी नमूना गाउँ भनेर चिनिएक...