तारकेश्वर महादेव मन्दिरको पुनःनिर्माण सम्पन्न

तारकेश्वर महादेव मन्दिरको पुनःनिर्माण सम्पन्न
काठमाडौँ - तारकेश्वर नगरपालिका–३ स्थित ऐतिहससिक तथा धार्मिक तारकेश्वर महादेव मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ । जीर्णावस्थामा पुगेको मन्दिर काठमाडौँ महानगरपालिका र नगरपालिकाको रु दुई करोडको लागतमा पुनःनिर्माण भएको हो । काठमाडौँ उपत्यकाको उत्तरतिर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने मन्दिर जितपुरफेदीबाट अल्ले ब्यारेक हँुदै पुग्न सकिन्छ । प्राकृतिक सौन्दर्यको खानी शिवपुरी पर्वत...

आलेख : रुपन्देहीको मोतिपुरमा अत्याधुनिक औद्योगिक क्षेत्र बन्दै

आलेख : रुपन्देहीको मोतिपुरमा अत्याधुनिक औद्योगिक क्षेत्र बन्दै
लुम्बिनी - रुपन्देहीको मोतिपुरमा अत्याधुनिक औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको घोषणाले अब पूर्णता पाउने भएको छ । नेपाल सरकारले २०७२ सालमा प्रत्येक प्रदेशमा कम्तीमा एक÷एक हजार विगाहा क्षेत्रफलमा ठूला औद्योगिक क्षेत्र स्थापना गरेर ती औद्योगिक क्षेत्रबाट प्रत्यक्षरुपमा एक लाख र अप्रत्यक्ष पाँच लाख जनालाई रोजगारी दिने नीति बनाएको थियो । यसरी सबै प्रदेशमा आर्थिक विकासको सन्तुलन मिलाउने उद्देश्य...

प्रदेश गौरवको योजना आधा सम्पन्न हुने

प्रदेश गौरवको योजना आधा सम्पन्न हुने
विराटनगर - मोरङको पुष्पलाल चोक घिनाघाटदेखि विराट चोकसम्मको २२ किमी सडकमध्ये १० किमी सडक आगामी असारसम्ममा सम्पन्न हुने भएको छ । प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको सो सडक मोरङका लागि मात्र नभएर अन्य जिल्लाका लागि पनि सर्वाधिक चर्चामा रहेको छ । विराटचोकदेखि घिनाहाघाटसम्म चार लेनमा विस्तारित सडकको २०७६ साल भदौ २३ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ग्रामथान गाउँपालिकास्थित शिलान...

वसन्त आरोहणः धमाधम आउँदैछन् आरोही

वसन्त आरोहणः धमाधम आउँदैछन् आरोही
काठमाडौँ - वसन्त यामको आरोहणका लागि थोरै सङ्ख्यामा भए पनि आरोही आउन थालेका छन् । सो यामको आरोहण अनुमतिका लागि केही आरोहीले निवेदन दिएका छन् । वसन्त याम शुरु भइसकेकाले अबका दिनमा आरोही समूह आउने पर्यटनविभागको अपेक्षा छ । विभागका निर्देशक मीरा आचार्यले याम शुरु भए पनि अहिलेसम्म विभागले अनुमति जारी गरेको छैन । मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरु भए पनि अप्रिलको दोस्रो सातासम्म ...

बलात्कार आरोपित पक्राउ

बलात्कार आरोपित पक्राउ
सप्तरी - बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका–५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँलाई आज पक्राउ गरेको छ । आरोपितले २०७७ जेठ २६ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा गत असोज २९ गते उजूरी दिएको थियो । आफ्नो घरको कोठामा बसिरहेका बेला कोही नभएको मौका छोपी घर पसी मूल ढोका लगाई ओछ्यानमा लडाएर बलात्कार गरेको पीडितले बताउनुभयो । पीडित...

बीच भलिबलको उपाधि कञ्चनपुरलाई

बीच भलिबलको उपाधि कञ्चनपुरलाई
महेन्द्रनगर - कञ्चनपुरमा पहिलोपटक आयोजना गरिएको बीच भलिबल प्रतियोगिताको उपाधि यहाँस्थित भलिबल प्रशिक्षण केन्द्रको टोलीले जितेको छ । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाले सैनिक दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साताव्यापी कार्यक्रमअन्तर्गत भलिबल प्रतियोगिता आयोजना गरिएको हो । बीच भलिबलमा सेनाको टोलीलाई हराउँदै महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रको टिमले उपाधि जितेको छ । प्रशिक्षण केन्द्रको...

कोरोनाबाट विदेशमा दुईको निधन

कोरोनाबाट विदेशमा दुईको निधन
काठमाडौँ - कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार निधन भएका उनीहरु बेलायतमा बस्दै आएका थिए । शनिबार साँझसम्म ३४१ नेपालीको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको छ । हालसम्म २१ देशमा रहेका नेपालीको कोरोना सङ्क्रमणले निधन भएका हो । हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपाली सङ्क्रमित भएका छन् ...

प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो : वनमन्त्री आले

प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो : वनमन्त्री आले
काठमाडौँ - वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाउनुभएको छ । नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले काठमाडौँमा आयोजना गरेको १०औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारणसभामा बोल्नुहुँदै उहाँले केही दिन पहिले सामुदायिक वन उपभोक्ता महासङ्घको कार्यक्रममा आफूले बोलेको भाषण तोडमोड गरी बदनाम गराउने उद्देश्यले कु प्रचार गरेको बताउनुभयो । उहाँले भ...

क्षतिपछि सुधारियो सडक

क्षतिपछि सुधारियो सडक
बलेवा - असजिलो बाटो त्यहीमाथि साँघुरो । स–साना सवारी साधनसमेत कठीन यात्रा गरेर तमानखोला गाउँपालिकाको केन्द्र बोङगादोभान पुग्थे । दोहोरो सवारीको आवतजावत नहुने । कच्ची सडकको ठाउँठाउँमा परेका खाल्डाखुल्डीले सवारीलाई उचाल्ने र पछार्ने गर्दा यात्रुलाई लाग्थ्यो गन्तव्यमा सकुशल पुगिन्छ या पुगिँदैन् । दुई वर्ष पहिलेसम्म बागलुङको तमानखोलाको केन्द्र बोङगादोभान पुग्नु ठूलै युद्ध जितेको जस्तै हुन्थ्यो । ढ...

सरकारमा जाने नजाने महत्वपूर्ण कुरा होइन : नेता बाँस्तोला

सरकारमा जाने नजाने महत्वपूर्ण कुरा होइन : नेता बाँस्तोला
चितवन - नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिले नै सरकारमा जाने-नजाने विषय महत्वपूर्ण नभएको बताउनुभएको छ । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उहाँले पार्टीको नीति सरकारमा जाने र देशलाई चलाउने भएको स्पष्ट पार्नुभयो । सरकार बनाउन साथ दिने जानकारी दिँदै उहाँले भन्नुभयो, “सरकारसँग भएका तीनबँुदे सहमति कार्यान्वयनपछि अरु कुरा खुल्द...