बर्थिङ सेन्टरको स्थापनापछि ग्रामीण महिला खुशी
वीरगञ्ज - हिजोसम्म बर्थिङ सेन्टरको अभावमा पश्चिमी पर्साका सुत्केरी अभाव र प्रश्रव पीडा खेपी रहेकामा अब आफ्नै गाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि छिपहरमाई गाउँपालिकाका महिलामा खुशी छाएको छ ।
सुत्केरी गराउन भारतको बेतिया, मोतिहारी, रक्सौलको डंकन अस्पताल तथा वीरगञ्जका अस्पतालमा जानुपर्ने बाध्यता रहेकामा अब यहाँका महिला आफ्नै गाउँघरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित तरिकाले सुत्केरी गराउन पाउ...