चलचित्र ‘महानगर’ युवाको सपना र यथार्थ

चलचित्र ‘महानगर’ युवाको सपना र यथार्थ
काठमाडौं - विभिन्न महोत्सवमा सहभागी भएर विजेतासमेत बनेको चलचित्र ‘महानगर’ (वान् नाइट इन् काठमाडौँ) सार्वजनिक प्रदर्शन हुने भएको छ । महोत्सवपश्चात् यसलाई आगामी भदौ ८ मा नेपाल प्रदर्शन गरिने लेखक तथा निर्देशक मोहन राईले जानकारी दिनुभयो । “सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई अभिव्यक्त गर्ने प्रयास गरेका छौँ । बाहिरिया भएर बाँच्नु र सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ । मेरो यही अनुभव...

गण्डकी प्रदेशसभा, विषयगत समितिको नेतृत्वमा दलका आ–आफ्नै दाबी

गण्डकी प्रदेशसभा, विषयगत समितिको नेतृत्वमा दलका आ–आफ्नै दाबी
गण्डकी - गण्डकी प्रदेशसभामा विषयगत समिति गठनका लागि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । प्रदेशसभाका चार समितिको नेतृत्वमा दलहरुले आ–आफ्नै दाबी अघि सारेका छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले दुई समितिको सभापति आफूले पाउनुपर्ने माग गरिरहेको छ । सार्वजनिक लेखा समितिसहित दुई समितिको नेतृत्वमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले दाबी गरेको छ । सत्ता गठबन्धनको दोस्रो ठूलो घटक नेकपा (माओव...

हाजिर रहेका प्रहरीलाई सम्पर्कमा आउन आग्रह

हाजिर रहेका प्रहरीलाई सम्पर्कमा आउन आग्रह
 काठमाडौं - प्रहरी प्रधान कार्यालय नक्सालले बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । एकजना हबल्दार, पाँचजना सहायक हबल्दार र १६ जना जवान लामो समयदेखि गैरहाजिर रहेको जनाइएको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना प्रकाशित गरी गैरहाजिरी हुनाका कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन आग्रह गरेको हो । गैरहाजिरी रहे...

खुल्ला चिडियाखाना ‘हाइकिङ’सँग जोडिँदै

खुल्ला चिडियाखाना ‘हाइकिङ’सँग जोडिँदै
–वासुदेव पौडेल गण्डकी सात तालको बगैँचा सहर लेखनाथमा रहेको खुल्ला चिडियाखाना९पचभैया प्राणि उद्यान केन्द्र०लाई हाइकिङमार्फत पर्यटनसँग जोड्ने प्रयास गरिएको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ विगत तीन वर्षयता पोखरा र आसपासका विभिन्न पर्यटकीय गन्तव्यलाई हाइकिङमार्फत प्रवद्र्धन गर्दै आएको हाइकर्स क्लब नेपालले चिडियाखाना रहेको पचभैयादेखि रुपा गाउँपालिकाको हात्तीमैता भ्यू टावरसम्म ए...

केन्द्रीय समिति बैठकको तयारीमा जुट्यो माओवादी

केन्द्रीय समिति बैठकको तयारीमा जुट्यो माओवादी
काठमाडौँ - नेकपा ९माओवादी केन्द्र० यही साउन तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकका लागि तयारीमा जुटेको छ । कार्यवाहक पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा आसन्न केन्द्रीय समिति बैठकको तयारीका सम्बन्धमा अनौपचारिक छलफल भएको बताइएको छ । बैठकमा केन्द्रीय समिति बैठकको व्यवस्थापन, दस्तावेज तथा कार्यक्रमि...

नापतौलमा अनियमितता गर्ने व्यावासायिक प्रतिष्ठान कारबाहीमा

नापतौलमा अनियमितता गर्ने व्यावासायिक प्रतिष्ठान कारबाहीमा
वाग्मती - नापतौलयन्त्रको तोकिएको समयमा नवीकरण नगराउने र तौलमा ठगी गर्ने एक हजार चार सय ३६ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई जरिवानासहित कारबाही गरिएको वीरगन्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले जनाएको छ । उक्त कारबाहीमा ठूला आद्यौगिक र व्यावसायिक प्रतिष्ठानदेखि साना व्यवसायीसमेत परेका छन् । वारा, पर्सा, रौतहट, मकवानपुर तथा चितवन कार्यक्षेत्र रहेको सो कार्यालयले आव२०७९÷८० मा गरेको विशेष अनुग...

बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा

बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा
दमौली - तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना सात भाषामा तयार गरिएको हो । ती सूचनाहरू अब गाउँपालिकाका विभिन्न स्थानमा ‘क्युआर स्क्यान’ गरी पढ्न तथा सुन्न सकिने भएको छ । बन्दीपुर घुम्न आएका पर्यटकहरूलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सहकार्य गरिएको बन्दीपु...

कृषि फार्ममा अनुगमन गर्दैनन् स्थानीय सरकार

कृषि फार्ममा अनुगमन गर्दैनन् स्थानीय सरकार
काठमाडौँ -  तीनै तहको सरकारका अनुदान लिएर चलेका राजधानी वरपरका कृषि फार्ममा सरकारले नियमन भने नगर्ने गरेको स्थानीयवासीको गुनासो छ । राजधानीको काठ क्षेत्रमा रहेका नगरपालिकाका खाली भागमा प्लाष्टिक टनेलमा तरकारी खेती गर्ने क्रम बढेको छ । तीमध्ये धेरैले कुनै न कुनै सरकारबाट अनुदान लिएका छन् तर त्यसको अनुगमन नहुँदा अनुदान सदुपयोग नभएको गुनासो बढ्न थालेको हो । टनेलमा तरकारी खेती गर्नेलाई स्थानीय सरका...

काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालय बीच सहकार्य

काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालय बीच सहकार्य
काठमाडौँ - काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन् । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले मङ्गलबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौताअनुसार स्नातक तहमा जनप्रशासन तथा व्यवस्थापन र स्नातकोत्तर तहमा सङ्घीय शासन तथा जनप्रशासन विषय संयुक्...

पीडितलाई न्याय दिन नसकेकोप्रति चिन्ता व्यक्त

पीडितलाई न्याय दिन नसकेकोप्रति चिन्ता व्यक्त
काठमाडौँ,एड्भोकेसी फोरम–नेपालले निर्मला पन्तको क्रूर हत्या र बलात्कार गरिएको पाँच वर्ष बितिसक्दा पनि पीडितले अहिलेसम्म न्याय पाउन नसकेकोमा चिन्ता व्यक्त गरेको छ । उक्त घटनामा निष्पक्ष र स्वतन्त्ररूपले तत्काल अनुसन्धान गर्न तथा पीडकहरूलाई कानुनबमोजिम सजाय गर्न माग गरिएको फोरम नेपालका निर्देशक विकास बस्नेतले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ । “पीडकमाथि अनुसन्धान तथा अभियोजन नगरिए द...