महिलालाई बाख्रापालनका लागि अनुदान

महिलालाई बाख्रापालनका लागि अनुदान
कञ्चनपुर - विपन्न परिवारका महिलालाई आर्थिकरूपमा सवल बनाई घरेलु हिंसा न्यूनीकरणमा सघाउ पुर्याउनका लागि शुक्लाफाँटा नगरपालिकाका ५० महिलालाई बाख्रापालनका लागि अनुदान रकम उपलब्ध गराइएको छ । नगरपालिकाको वडा नं २ र १२ का महिलालाई सीप तथा व्यावसायिक विकासका लागि बाख्रापालनसम्बन्धी सातदिने तालिम उपलब्ध गराई अनुदान रकम उपलब्ध गराइएको हो । तालिममा सहभागी भएका महिलालाई रु तीन हजारका दरले अनुदान रकम उपलब्...

फोक्सोमा पानी जम्दा गर्भवतीको मृत्यु

फोक्सोमा पानी जम्दा गर्भवतीको मृत्यु
काठमाडौँ - हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । शिशु जन्माउँदा बग्ने पानी फोक्सोको रगतको नलीमा अड्केर काम नगर्दा आज बिहान ६ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला अस्पतालका डा टसी आङ्जुक लामाले जानकारी दिनुभयो । फोक्सोको र...

किशोरीलाई आइरन र फोलिक एसिड खुवाइँदै

किशोरीलाई आइरन र फोलिक एसिड खुवाइँदै
काठमाडौँ - कैलालीको टीकापुर नगरपालिकाले किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाउन शुरु गरेको छ । नगरपालिकाले किशोरीमा देखिने रक्तअल्पताको समस्या न्यूनीकरणका लागि आइरन चक्की र फोलिक एसिड खुवाउन थालेको हो । टीकापुर नगरपालिकामा विद्यालय र समुदायमा गरी १० हजार किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाइने भएको छ । विद्यालयस्तरमा आइतबारबाट खुवाउन शुरु भएको छ । रक्तअल्पताको समस्या हुने भएकाले नेपाल सरकारको ...

मौलिक गरगहना निर्यातमा जोड

मौलिक गरगहना निर्यातमा जोड
काठमाडौँ - सुनचाँदी तथा कला व्यवसायीले सुनचाँदीका मौलिक गरगहना निर्यातमा जोड दिएका छन् । नेपाली मौलिक गरगहनाको विश्व बजारमा अत्याधिक माग रहेको भन्दै उनीहरुले त्यस्ता गहनाको निर्यातबाट मुलुकमा रोजगारीका अवसरको सृजना मात्र नभई मुलुकको समग्र अर्थतन्त्रमा नै टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र ललितपुर उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीको स्वागतमा आज यहाँ ...

चिसोले विद्यालय तीन दिन बन्द

चिसोले विद्यालय तीन दिन बन्द
अत्यधिक चिसो बढेपछि यहाँका विद्यालय तीन दिन बन्द गरिने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकूद महाशाखाका अनुसार नगरमा सञ्चालित सामुदायिक, संस्थागत र धार्मिक विद्यालय सोमबारदेखि यही माघ २१ गतेसम्मका लागि बन्द गरिएको छ । महाशाखा प्रमुख गोर्खबहादुर थापाले मौसम अनुकूल भई घाम लागेमा यही माघ २२ गतेदेखि विद्यालय सञ्चालन गर्ने तर अवस्था यस्तै रहे आगामी आइतबारदेखि मात्र विद्यालय सञ्चाल...

निर्वाचनका गतिविधिमा भक्तपुरलाई नमूना बनाउनुस् : प्रमुख निर्वाचन आयुक्त

निर्वाचनका गतिविधिमा भक्तपुरलाई नमूना बनाउनुस् : प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली अद्यावधिक गरी त्रुटिरहित बनाउन तथा मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन गर्दा कार्यविधिले तोकेका आधारमा उपयुक्त तथा पायक पर्ने स्थानमा कायम गर्न निर्देशन दिनुभएको छ । आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तयारी सम्बन्धमा भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र जिल्ला निर्वाचन...

सडक जोगाउन तौलपुल : मन्त्री नेम्वाङ

सडक जोगाउन तौलपुल : मन्त्री नेम्वाङ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सडक जोगाउनका लागि सडकमा तौलपुल राख्न थालिएको बताउनुभएको छ । सडक विभागले भरतपुरको आँपटारीमा स्थापना गरेको तौलपुलको आज उद्घाटन गर्नुहुँदै उहाँले यसले सडक जोगाउने र दुर्घटना हुनबाट रोक्ने बताउनुभयो । सडक सुधारका कामहरु भइरहेको भन्दै उहाँले बढी ढुवानी गर्ने सवारी साधनले सडक नबिगारोस् भन्नका लागि तौलपुल राखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ...

बाघको छालासहित पक्राउ

बाघको छालासहित पक्राउ
बाघको छालासहित एक युवक डडेल्धुरामा पक्राउ परेका छन् । पकाउ पर्नेमा जिल्लाको अजयमेरु गाउँपालिका–१ बस्ने २९ वर्षीय जगतसिंह भण्डारी हुनुहुन्छ । उनले चलाइरहेको सुपप्र ०४००१ प ०५४८ नंको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको अमरगढी नगरपालिका–६ तोलीस्थित दशरथचन्द राजमार्ग सडकखण्डबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । डडेल्धुरा प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान...

वाग्मती प्रदेशसभाको बैठक सोमबार

वाग्मती प्रदेशसभाको बैठक सोमबार
वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक यही माघ १९ गते दिनको २ बजे पुनः बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमबार बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभएको छ । प्रदेशसभाको सातौँ बैठक अधिवेशनको गत माघ ७ गते (प्रथम) र गत माघ ९ गते (दोस्रो) बैठक बसी मुख्यमन्त्री पौडेलविरुद्ध ...

प्रदेशसभा बैठक बोलाउने तयारी

प्रदेशसभा बैठक बोलाउने तयारी
संविधानअनुसार यही महिनाभित्र बोलाइसक्नुपर्ने सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन (हिँउदे अधिवेशन) माघ २६ गते बोलाउने तयारी भइरहेको छ । प्रदेशसभाका सचिव रामसिंह धामीले प्रदेशसभाको बैठक यही माघ २६ गते बोलाउने अनौपचारिक जानकारी आएको बताउनुभयो । “संविधानअनुसार यही माघभित्र बैठक आह्वान गरिसक्नुपर्ने हुन्छ”, सचिव धामीले भन्नुभयो, “बैठक बोलाउने विषयमा अहिलेसम्म औपचारिक जानकारी भने आएको छैन ।” प्रतिपक्ष नेपा...