पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालीम

पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालीम
गण्डकी - नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले पर्यटन व्यवसायीका लागि चिनियाँ भाषा तालीम शुरु गरेको छ । नेपाल आउने चिनियाँ पर्यटकसँग सामान्य बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले एक महिने आधारभूत चिनियाँ भाषा तालीम सञ्चालन गरिएको नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले जानकारी दिनुभयो । तालीममा ४२ पर्यटन व्यवसायी सहभागी छन् । तालीमको सोमबार आयोजित शुभारम्भ कार्यक्र...

उद्योग वाणिज्य सङ्घ खैरहनीमा श्रेष्ठ

उद्योग वाणिज्य सङ्घ खैरहनीमा श्रेष्ठ
चितवन - उद्योग वाणिज्य सङ्घ खैरहनीको अध्यक्षमा लोकतान्त्रिक समूहका दीपेन श्रेष्ठ (हीरा) विजयी हुनुभएको छ । माघ १८ र १९ गते भएको खैरहनी उद्योग वाणिज्य सङ्घको १०औँं साधारणसभा तथा पाँचौँ अधिवेशनबाट लोकतान्त्रिक समूहका अधिकांश उम्मेदवार विजयी भएका छन् । लोकतान्त्रिक समूहका श्रेष्ठले ७९९ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्प्रर्धी प्रगतिशील समूहका शेषकुमारी ओली सडौलाले ४७६ मत प्राप्त गर्नुभयो । ...

‘पानी, सिमसार र जीवन’ नाराका साथ सिमसार दिवस मनाइँदै

‘पानी, सिमसार र जीवन’ नाराका साथ सिमसार दिवस मनाइँदै
काठमाडौं - प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि ‘पानी, सिमसार र जीवन’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको सिमसार दिवसको राष्ट्रिय कार्यक्रम वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विभिन्न कार्यक्रम गरी मनाउँदैछ । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । विश्व...

‘प्रदेश र स्थानीय तह सरकारकै अङ्ग’

‘प्रदेश र स्थानीय तह सरकारकै अङ्ग’
काठमाडौं - सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले प्रदेश र स्थानीय सरकार नेपाल सरकारकै अङ्ग रहेको भन्ने बुझेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सरकारका नवनियुक्त उपसचिवका लागि आयोजना गरेको एकहप्ते अभिमुखीकरण प्रशिक्षण कार्यक्रमको सोमबार शुभारम्भ गर्दै उहाँले सङ्घीय नीति, ऐन, कानूनअन्तर्गत नै प्रदेश र स्थानीय तहका नीति, ऐन, क...

सवारी चालकको निःशुल्क आँखा र कान परीक्षण

सवारी चालकको निःशुल्क आँखा र कान परीक्षण
झापा - सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा ८६ सवारी चालकको निःशुल्क आँखा तथा कान परीक्षण गरिएको छ । विर्तामोड नगरपालिकास्थित हनुमान कम्प्लेक्स अगाडि इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र दृष्टि आँखा अस्पताल विर्तामोडको संयुक्त आयोजनामा सोमबार आयोजित कार्यक्रममा ३५ जनाले रगतदान र ८६ सवारी चालकको आँखा तथा कानको परीक्...

छ स्थानीय तहमा भूमि आयोगको एकाइ कार्यालय स्थापना

छ स्थानीय तहमा भूमि आयोगको एकाइ कार्यालय स्थापना
सर्लाही - सर्लाहीको लालबन्दी, ईश्वरपुर, वरथवा, वाग्मती, हरिपुर र हरिवनमा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत सङ्कलन एकाइ स्थापना भएको छ । जिल्लाका छ स्थानीय निकायमा बसोबास गरिरहेका भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्ने उद्देश्यले आयोगले एकाइ कार्यालय स्थापना गरेको हो । आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरी उनीहरूलाई भूमि उपलब्ध गराउने तथा अव्यवस्थित बसोबा...

वनमा आधारित उद्योग सञ्चालन गर्दै प्रदेश महासङ्घ

वनमा आधारित उद्योग सञ्चालन गर्दै प्रदेश महासङ्घ
गण्डकी - सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशले वन पैदावारमा आधारित उद्योग सञ्चालन गर्ने भएको छ । महासङ्घको प्रदेशको राजधानी पोखरामा सम्पन्न आठौँ पूर्ण बैठकले उद्योग स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेश सरकार, प्रदेशअन्तर्गतका सामुदायिक वन समूह तथा निजी क्षेत्रको लगानीमा वन क्षेत्रमा खेर गइरहेका वन पैदावारको उपयोग गरी आयआर्जनसहित रोजगारी सिर्जना गर्ने खालका उद्य...

प्रादेशिक सरुवा रोग अस्पताल शिलान्यास

प्रादेशिक सरुवा रोग अस्पताल शिलान्यास
धरान - धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा ५० शय्याको प्रदेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकाले सोमबार अस्पतालको शिलान्यास समेत गर्नुभयो । सुन्दरहरैचाको वडा नं ११ मा रहेको प्रतिष्ठानको कूल जग्गामध्ये दुई बिघा क्षेत्रफलमा सरुवा रोग अस्पताल निर्माण हुने भएको हो । प्रदेश नं १ का जनतालाई सरुवा रोगसम्बन्धी विशिष्टकृत उपचार से...

मेलम्ची सुरुङ परीक्षण अझै टुङ्गो लागेन

मेलम्ची सुरुङ परीक्षण अझै टुङ्गो लागेन
काठमाडौं - राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ÷छैन भनी अध्ययन भइरहेका बताइएको छ । यसपछि मात्रै पुनः परीक्षण गर्न सकिने छ । आयोजनाको दातृ निकाय एशियाली विकास बैंकको आग्रहमा आयोजनाले जर्मन विशेषज्ञ टोलीलाई बोलाएर सुरुङको परीक्षण गराइरहेको आयोजनाका सूचना अध...

नारायणी आयुर्वेद औषधालयमा औषधि अभाव

नारायणी आयुर्वेद औषधालयमा औषधि अभाव
वाग्मती - नारायणी आयुर्वेद औषधालयमा औषधिको अभाव भएको छ । पछिल्लो समय रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि आयुर्वेदिक औषधि अत्यन्त उपयोगी मानिएको छ । साथै यसको उपचार गराउने बिरामीका सङ्ख्या वृद्धि भए पनि औषधि अभावले स्वास्थ्य सेवा प्रभावित हुन पुगेको छ । औषधालयमा उपचार तथा परामर्श लिनेका सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । आवश्यकता अनुसार सेवाग्राहीलाई औषधि उपलब्ध गराउन नसकिएको औषधालयका प्र...