मेलम्चीको पानी : काठमाडौँबासीको दुई दशकको सपना पूरा
काठमाडौं - आज सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै काठमाडौँ उपत्यकावासीको दुई दशकको सपना पूरा भएको छ ।
मेलम्ची खानेपानी आयोजनाले यही फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बुबाट परीक्षणका लागि सुरुङमा हालेको मेलम्चीको पानी १२ दिनपछि आज सुन्दरीजलमा आइपुगेको हो । अबको केही समयसम्म सुरुङ पखाल्न लाग्ने बताइएको छ ।
तीन वटा खण्डबाट सुरुङ पखाल्ने ९फल्सिङ० को व्यवस्था मिलाइएको मेलम्ची खानपानी विकास समितिका...