गैँडा भारत जाने चिन्ता

गैँडा भारत जाने चिन्ता
चितवन - चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिङ्गे गैँडा जाने चिन्ता बढेर गएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको चाप बढेपछि सीमा जोडिएको भारततर्फ जाने चिन्ता बढेर गएको हो । केही वर्षअघि बर्सातको समयमा बगेर भारत पुगेका १० वटा गैँडा उद्धार गरी ल्याइएको भए पनि अन्य केही गैँडा ल्याउन सकिएको छैन । त्यसपछिका वर्षहरुमा पनि बाढीले बगाएर गैँडा भारत पुर्याएको अनुमान छ । निकुञ्जका प्रमुख स...

जलवायु परिवर्तनको जानकारी दिन जलवायु कचहरी कार्यक्रम

जलवायु परिवर्तनको जानकारी दिन जलवायु कचहरी कार्यक्रम
सिमकोट - हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा जलवायु परिर्वतनसम्बन्धी जानकारी दिने हेतुले जलवायु कचहरी कार्यक्रम सम्पन्न भएको छ । हिमाली क्षेत्रमा जलवायु परिवर्तन तथा उत्थानशील र समावेशी अभ्यासको विकास परियोजनाअन्तर्गत सर्केगाड–८ राहदेव गाउँमा शिशुको आर्थिक सहयोग, मिसन इष्टको प्राविधिक सहयोग, किर्डाक नेपाल र महिला कल्याण सेवाको सहजीकरण र वडा कार्यालयको समन्वयमा जलवायु कचहरी कार्यक्...

महाशिवरात्रिमा बिहानैदेखि पशुपतिमा लाखौँ भक्तजन

महाशिवरात्रिमा बिहानैदेखि पशुपतिमा लाखौँ भक्तजन
काठमाडौं - महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लाग्यो । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुशी पार्ने विशेष द...

उर्बर भूमि मासेर बस्ती विस्तार : कृषक निराश

उर्बर भूमि मासेर बस्ती विस्तार : कृषक निराश
गलेश्वर - म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्नेे क्रम बढेसँगै खेतीयोग्य जमिन नासिँदै गएको छ । जिल्लाको अन्न भण्डार र प्राङ्गारिक खेतीको गाउँका रूपमा परिचित बगरफाँटमा पछिल्लो केही समययता पक्की घर निर्माण हुने क्रम बढेसँगै उर्वर फाँट कङ्क्रिटको शहरमा परिणत हुने जोखिम बढ्दै गएपछि यहाँका किसान चिन्तित बनेका छन् । सदरमुकाम बेनी बजारसँगै जोडिएको र सबै किसिमका सुविधाक...

वैज्ञानिक वन व्यवस्थापनको विकल्प तत्काल ल्याउनुपर्छ : वन विज्ञ

वैज्ञानिक वन व्यवस्थापनको विकल्प तत्काल ल्याउनुपर्छ : वन विज्ञ
काठमाडौं - सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरेपछि वन व्यवस्थापनका लागि नयाँ योजना आवश्यक भएको यस क्षेत्रका विज्ञहरुको धारणा छ । नेपाल वातावरण पत्रकार समूहले बुधबार आयोजना गरेको वन व्यवस्थापन र काठ आपूर्तिको चुनौतीसम्बन्धी कार्यक्रमका सहभागी विज्ञहरुले वन व्यवस्थापनको सट्टा वैकल्पिक व्यवस्थापन योजना आवश्यक भएको बताउनुभएको हो । कार्यक्रममा वन तथा भूसंरक्षण विभागअन्तर्गतको वन व्य...

प्रदेश सरकार र वादी समुदायबीच पाँच बुँदे सहमति

प्रदेश सरकार र वादी समुदायबीच पाँच बुँदे सहमति
कर्णाली - दुई सातादेखि भूमि र आवासको माग गर्दै आएका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँच बुँदे सहमति भएको छ । यही फागुन १० गतेदेखि खेतीयोग्य भूमि र आवास माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बस्दै आएका वादी समुदायसँग बुधबार बसेको बैठकबाट पाँच बुँदे सहमति भएको हो । सहमतिपत्रमा प्रदेश सरकारका तर्फबाट कर्णाली प्रदेश, भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्...

स्याउको ‘हव’ बन्दै मुड्केचुला

स्याउको ‘हव’ बन्दै मुड्केचुला
जाजरकोट- जाजरकोट–डोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । तीन वर्षअघि लगाएको बिरुवाले अब एक वर्षभित्र फल दिने अध्यक्ष शाहीले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा स्थानीयवासील...

ज्योतिको आइपिओमा नयाँ रेकर्ड

ज्योतिको आइपिओमा नयाँ रेकर्ड
काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक भएको छ । इन्स्योरेन्सको प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ । आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको छ । आइपिओमा आवेदन सर्वसाधारणलाई निष्काशनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताको ६.४० गुणा बढी परेको छ । कम्पनीले यही फागुन २१ गते दे...

शहीद स्मारक ‘बी’ डिभिजन लिग : पुल्चोक सी डिभिजनमा घटुवा

शहीद स्मारक ‘बी’ डिभिजन लिग : पुल्चोक सी डिभिजनमा घटुवा
काठमाडौं - पुल्चोक स्पोर्ट्स क्लब शहीद स्मारक ‘सी’ डिभिजन लिगमा घटुवा भएको छ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको अन्तिम खेलमा पराजित भएसँगै पुल्चोक घटुवामा परेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा ‘बी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा पुल्चोक नयाँबस्ती युथ क्लबसँग २–१ गोल अन्तरले पराजित भएको हो । नयाँबस्तीका लागि अशोक तामाङ र विवेक गुरुङले एक एक गोल गर्नुभयो । यस्तै पुल्चोकका ल...

भाषा सिकाउने कर्णालीले सभ्यता सिकाउनुपर्छ : मुख्यमन्त्री शाही

भाषा सिकाउने कर्णालीले सभ्यता सिकाउनुपर्छ : मुख्यमन्त्री शाही
कर्णाली - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विगतमा भाषा सिकाउने कर्णालीले आगामी दिनमा सभ्यता सिकाउनुपर्ने बताउनुभएको छ । ऋति फाउण्डेशन, सुर्खेतद्वारा आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल बुलबुले तालको छेउमा आयोजित ‘कर्णाली उत्सव–कुडा कर्णालीका’ दोस्रो संस्करणको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले भाषा उत्पत्ति भएको प्रदेशको भाषा नै सङ्ग्रहालयमा...