त्रिधार्मिक धाम हलेसीमा टाँगिने लुङ्दर व्यवस्थित गरिने

त्रिधार्मिक धाम हलेसीमा टाँगिने लुङ्दर व्यवस्थित गरिने
खोटाङ - प्रसिद्ध त्रिधार्मिक धाम हलेसी क्षेत्रमा टाँगिने लुङ्दरलाई व्यवस्थित गर्दै आम्दानीको स्रोत बढाउने तयारी गरिएको छ । जथाभावी लुुङ्दर टाँग्ने कार्यलाई व्यवस्थित बनाउँदै आम्दानीको दीगो स्रोत बनाउनका लागि हलेसी तुुवाचुुङ नगरपालिकाले तयारी थालेको हो । मञ्जुश्री गुफा आसपासका डाँडामा यत्रतत्र टाँगिने लुङ्दारले हलेसी क्षेत्रको सौन्दर्य तथा वातावरणीयरुपमा समेत प्रभाव पार्ने भएकाले व्यवस्थापनको आ...

शोकीको ‘उषाको प्रभात’मा स्वदेशमै काम गर्ने सन्देश

शोकीको ‘उषाको प्रभात’मा स्वदेशमै काम गर्ने सन्देश
काठमाडौँ - “भाँडोभरि पानी आउँछ सागरमै लिए पनि, अन्धकारै रहने गर्छ लाखौँ तारा चम्के पनि” । साहित्यकार अशोक शोकीको ‘उषाको प्रभात’ नामक गीतिनाटक कृतिका यी हरफले आफूसँग जति क्षमता छ त्यतिमात्र प्राप्त हुने हुँदा आफूसँग जे छ त्यसैमा खुशी हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ । उषाको प्रभातमा ‘उषाको प्रभात’ र ‘भाइटीका’ नाटक रहेका छन् । माथिका हरफहरु भाइटीका नामक गीति नाटकबाट लिइएको हो । भाइटीका निम्नव...

दुर्घटनामा तीनको मृत्यु

दुर्घटनामा तीनको मृत्यु
मकवानपुर - झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार ...

अध्यक्षले विधान मिच्नुभयो : रावल

अध्यक्षले विधान मिच्नुभयो : रावल
काठमाडौं - नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरीत पार्टी महाधिवेशनको मिति तोक्ने, प्रदेश इन्चार्जको चयन तथा केन्द्रीय कमिटीको विस्तार गरेको भन्दै गुनासो गरेको छ । एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरूको आज साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता भीमबहादुर रावलले जानकारी दिनुभयो । उहाँल...

एमालेमा जिम्मेवारी हेरफेर

एमालेमा जिम्मेवारी हेरफेर
काठमाडौं - नेकपा (एमाले) ले प्रदेश कमिटीका पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातवटै प्रदेशका इन्चार्ज, अध्यक्ष र सचिव हेरफेर गरेको हो । नेकपा (माओवादी केन्द्र)बाट आउनुभएका गृहमन्त्री रामबहादुर थापा , लेखराज भट्ट र प्रमु साहलाई प्रदेश कमिटीको जिम्मेवारी दिइएको छ । थापालाई वाक्ष्मती प्रदेशका इन्चार...

थप ४८ जनामा कोरोना पुष्टि

थप ४८ जनामा कोरोना पुष्टि
काठमाडौं - थप ४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको छ । थप दुई हजार ५१२ जनाको पिसीआर परीक्षण गरिएको थियो । हालसम्म पिसीआर परीक्षण गराउनेको संख्या २२ लाख १० हजार ४३४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७१ हजार १७७ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४...

कांग्रेस र जसपाबीच छलफल

कांग्रेस र जसपाबीच छलफल
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज दुवै दलका शीर्ष नेतृत्वबीच भएको छलफलमा समसामयिक राजनीतिक अवस्था र नयाँ सत्ता समीकरणलगायत विषयमा छलफल भएको बताइको छ । भेटमा जसपाका नेताहरुले आफ्ना कार्यसूचि बारेमा कांग्रेसलाई जानकारी गराउनुभएको थियो । ...

फोन गर्न रुखका टुप्पामा !

फोन गर्न रुखका टुप्पामा !
सिमकोट - हुम्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिकामा रहेको टेलिफोन सेवाले पछिल्लो समय काम गरेको छैन । गाउँमा टेलिफोनले काम नगर्दा गाउँबाट करिब दुई घण्टाको पैदलको बाटो हिँडेर यहाँका नागरिक फोन सम्पर्कमा जोडिने गरेका छन् । दैनिक दुई घण्टाको पैदल हिँडेर डाँडामाथि रुखमा चढेर फोन गर्न बाध्य भएको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईले जानकारी दिनुभयो । भौगोलिक हिसाबले ठूलो र धेरै खो...

राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्मरण लेख्छु : पूर्वप्रधानमन्त्री नेपाल

राजनीतिबाट विश्राम लिएपछि यात्रा संस्मरण लेख्छु : पूर्वप्रधानमन्त्री नेपाल
काठमाडौं - पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्मरण लेख्ने जानकारी दिनुभएको छ । मदन लामा (लामाखुले) को यात्रा संस्मरण ‘युरोप यात्राका सम्झनाहरु’ को आज यहाँ लोकार्पण गर्दै उहाँले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताउनुभयो । आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको उहाँको भनाइ थियो । पद नछाड्दा पनि कहिल्यै नछाडेको आरोप ल...

साविकअनुसार नै पशुपतिनाथ मन्दिर खुला

साविकअनुसार नै पशुपतिनाथ मन्दिर खुला
काठमाडौं - महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि गत वर्ष चैत ११ गते लागू गरिएको बन्दाबन्दीअघिकै समयानुसार मन्दीर खुला हुने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो । विसं २०७६ चैत ११ गते कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि बन्दाबन्दी जारी गरिएपछि पशुपतिनाथ मन्द...