राष्ट्रपतिसमक्ष मुस्लिम आयोग र महान्यायाधिवक्ताको प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष मुस्लिम आयोग र महान्यायाधिवक्ताको प्रतिवेदन पेश
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६÷०७७ को प्रतिवेदन आज पेश गर्नुभएको छ । राष्ट्रपतिसमक्ष आजै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आव २०७६÷०७७ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति...

औद्योगिक ग्रामले अवसर र रोजगारी दिने

औद्योगिक ग्रामले अवसर र रोजगारी दिने
फुङ्लिङ - मनुषा लिम्बू काखमा सानो नानी च्यापेर गएको मङ्गलबार र बुधबार दिउँसो ताप्लेजुङको मालपोत कार्यालयमा भित्रबाहिर गरिरहनुभएको थियो । केही वर्षअगाडि उहाँको श्रीमान वैदेशिक रोजगारीका लागि कतार जानुभएको थियो । आफ्ना श्रीमान्सँग छुट्टिएर एक्लै बस्नुको दुःख र पीडा सम्झेर गाउँमै रोजगारीको अवसर सिर्जना होस् भनेर औद्योगिक ग्राम स्थापना गर्नका लागि जग्गा निःशुल्क पास गरिदिन काँखमा सानो नानी च्यापेर उह...

८० प्रतिशत निजी आवास पुनःनिर्माण

८० प्रतिशत निजी आवास पुनःनिर्माण
वाग्मती - मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । नेपालमा भूकम्प गएको पाँच वर्षपछि नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको हो । नगरपालिकामा सम्झौता गरेका लाभग्राहीमध्ये पाँच हजार १०९ परिवारले तेस्रो किस्ताबापतको अनुदान रकम बुझिसकेका नगरपालिकाका प्रमुख लवशेर विष्टल...

अधिकांश गाउँघर पुरुषविहीन बन्दै

अधिकांश गाउँघर पुरुषविहीन बन्दै
तनहुँ - अधिकांश ग्रामीण क्षेत्रका गाउँघर पुरुषविहीन बन्दै गएका छन् । अधिकांश पुरुष युवा रोजगारीका लागि विदेश जान थालेपछि गाउँमा युवा पुरुष भेटिन मुश्किल हुने गरेको हो । पुरुष विदेश गएसँगै गाउँघरमा मजदूरीको काम महिलाले सम्हाल्नु परेको छ । व्यास नगरपालिका–५ साँगे, सेराका कृषक बेदकुमार श्रेष्ठले मेलापातको काममा पुरुष कामदार नपाइने गरेको बताउनुभयो । धेरैजसो गाउँका युवा पुरुष विदेश वा जागिरमा जाने ...

जीवन रक्षा कोषका लागि चार हजारको निवेदन

जीवन रक्षा कोषका लागि चार हजारको निवेदन
पोखरा - कोभिड–१९ का कारण प्रभावित व्यवसायीका लागि गण्डकी प्रदेश सरकारले ल्याएको जीवन रक्षा कोषका लागि चार हजार १६६ ले निवेदन दिएका छन् । पुनः दोस्रोपल्ट पनि निवेदनका लागि आह्वान गरिएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा कोभिड–१९ बाट प्रभावित पर्यटन, यातायात, कृषि, सेवा क्षेत्रका उद्यमी व्यवसायीलाई जीवन्त राख्न व्यवसाय जीवन रक्षा कोषको व्यवस्था गरिएको ...

दार्चुलामा एक सय मेगावाट विद्युत् उत्पादन हुँदै

दार्चुलामा एक सय मेगावाट विद्युत् उत्पादन हुँदै
दार्चुला - निजी क्षेत्रबाट विद्युत् निर्माणको क्रम तीव्ररुपमा भइरहेको छ । जलविद्युत्को निकै सम्भावना बोकेको यहाँ विद्युत् निर्माणको कार्य तीव्र भइरहेको हो । आगामी दुई वर्षभित्र जिल्लाबाटै १०० मेगावाट विद्युत् उत्पादन हुने गरी तयारी तीव्र पारिएको छ । जिल्लामा आधा दर्जन आयोजना निर्माणाधीन अवस्थामा छन् भने कतिपय आयोजना निमार्ण सम्पन्न भई विद्युत् उत्पादनसमेत भइरहेको छ । केहीले आयोजनाको काम शुरु ग...

संसदीय दलको नेता चयन गर्दै जसपा

संसदीय दलको नेता चयन गर्दै जसपा
काठमाडौँ - पार्टीको संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न जनता समाजवादी पार्टी ९जसपा० को संसदीय दलको बैठक सिंहदरबारमा अपराह्न शुरु भएको छ । बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्नाका साथै संसदीय दलको नेता चयन गर्ने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । जसपा उच्चस्रोतका अनुसार सो दलका अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ । “दलको विधान पारित भएपछि संस...

अध्यक्ष दाहालबाट शान्तिपूर्ण आन्दोलनमा जोड

अध्यक्ष दाहालबाट शान्तिपूर्ण आन्दोलनमा जोड
रुपन्देही - (नेकपा)माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशमा संविधानको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन आवश्यक भएको बताउनुभएको छ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई आज बुटवलमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले रक्षाका लागि शान्तिपूर्ण आन्दोलन अपरिहार्य रहेकामा जोड दिनुभयो । ...

यसरी पक्राउ परिन् भारतमा कोठी सञ्चालन गर्ने चमेली

यसरी पक्राउ परिन् भारतमा कोठी सञ्चालन गर्ने चमेली
काठमाडौँ - नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ । प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस–९ की ६२ वर्षीया रुकमाया तामाङ ९चमेली० लाई पक्राउ गरेको छ । उनले सीता तामाङका नाममा मानव बेचबिखन गर्ने गरेको खुल्न आएको छ । उनले भारतको नयाँ...

भागरथी हत्याका अभियुक्त बाल सुधारगृहमा

भागरथी हत्याका अभियुक्त बाल सुधारगृहमा
डोटी - बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई बिहीबार बालसुधार गृहमा ल्याइएको हो । जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेश दिएसँगै उनलाई डोटीको सिलगढीमा रहे...