बर्थिङ सेन्टरको स्थापनापछि ग्रामीण महिला खुशी

बर्थिङ सेन्टरको स्थापनापछि ग्रामीण महिला खुशी
वीरगञ्ज - हिजोसम्म बर्थिङ सेन्टरको अभावमा पश्चिमी पर्साका सुत्केरी अभाव र प्रश्रव पीडा खेपी रहेकामा अब आफ्नै गाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि छिपहरमाई गाउँपालिकाका महिलामा खुशी छाएको छ । सुत्केरी गराउन भारतको बेतिया, मोतिहारी, रक्सौलको डंकन अस्पताल तथा वीरगञ्जका अस्पतालमा जानुपर्ने बाध्यता रहेकामा अब यहाँका महिला आफ्नै गाउँघरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित तरिकाले सुत्केरी गराउन पाउ...

हल्का वर्षाको सम्भावना

हल्का वर्षाको सम्भावना
काठमाडौँ - पश्चिमी वायुको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई एक–दुई स्थान मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमी वायु कमजोर रहेकाले ठूलो वर्षा सम्भावना रहेको छैन । हाल...

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ

सन्दीप पिएसएल खेल्न पाकिस्तानतर्फ
काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) खेल्न आज त्यसतर्फ उड्नुभएको छ । उहाँले लाहोर कलन्दर्सबाट प्रतियोगिता खेल्नु हुनेछ । लामिछानेका व्यवस्थापक रमन शिवाकोटीका अनुसार शुक्रबार साँझ मात्र सन्दीपले पिएसएल खेल्ने पक्का भएको हो । लामिछानेलाई राशिद खानको ठाउँमा बाँकी खेल खेलाउने लाहोर कलन्दर्सले निर्णय गरेको हो । जिम्बावेविरुद्धको टेष्ट र ...

किशोरी विवाह गरेको अभियोगमा बेहुला पक्राउ

किशोरी विवाह गरेको अभियोगमा बेहुला पक्राउ
पर्सा -किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले बेहुला र उनका बुबालाई पक्राउ गरी सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिका–१६ लक्ष्मीनारायण टोलकी १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा प्रहरीले हिजो शुक्रबार सोही ठाउँका १९ वर्षीय बेहुला र उनका बुबालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । लक्ष्मीनारायण टोलमा विवाह भइरहेको सूचनाको आधारमा किशोरीको घरमा पुगी सोधपुछ गर्दा नेपाल सरकारले निर्धारण गरेक...

बाँचेर पनि मर्नेहरू, मरेर पनि बाँच्नेहरू

बाँचेर पनि मर्नेहरू, मरेर पनि बाँच्नेहरू
श्रीमती श्रीमान्को माया खोज्ने। श्रीमान् श्रीमती नजिक पर्दै नपर्ने। सुशीला परिवार खोज्ने, पारिवारिक मायामोहमा झुल्न खोज्ने। के मात्र प्रयास गरिनन् सुशीलाले श्रीमान् र छोराछोरीको एक मुठी माया पाउन। परिवारबाट पाउने माया माग्न कहाँ जानू ? दिन, हप्ता, महिना हुँदै वर्ष बिताइन् उनले मायाको बारी हेर्न, बारीमा पिरतीको फूल रोप्न। अहँ, सकिनन्। सम्बन्धकै लागि अनेक सास्ती झेलिन्, आरोपित भइ...

शहर सफा बनाउन चासो

शहर सफा बनाउन चासो
काठमाडौं - काठमाडौँ शहरको सरसफाइ र स्वच्छता कायम गर्नका लागि काठमाडौँ महानगरपालिका र काठमाडौँ विश्वविद्यालयबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुरुप कामपाले २० जनालाई छनोट गर्नुपर्ने छ यसरी छनोटमा परेकालाई विश्वविद्यालयले ग्लोबल स्यानिटेसन ग्राजुएट स्कूल ९जीएसजीएस० प्राजेक्टअन्तर्गत सरसफाइ विषयमा व्यावसायिक तालीम ९प्रफेसनल लर्निङ कोर्स पिएलसि० उपलब्ध गराउनेछ । तालीम यही फागुन २१ गतेबाट श...

कैद असुली

कैद असुली
तनहुँ - जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतबाट फैसला भई कैद तथा जरिवाना तिर्न बाँकी रही फरार रहँदै आएका विभिन्न मुद्दाका गरी झण्डै १६३ वर्ष कैद असुली भएको जनाएको छ । साउन महिनादेखि हालसम्म प्रहरीद्वारा पक्राउ परेका ३४७ जना फरार प्रतिवादीलाई पक्राउ गरी कूल १६२ वर्ष ११ महिना २८ दिन कैद असुली गरेको हो । प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा २५७ पुरुष र ९० महिला रहेका छन् । पक्राउ परेकामध्येबाट जरि...

अस्तव्यस्त बन्यो कृषि विश्वविद्यालय

अस्तव्यस्त बन्यो कृषि विश्वविद्यालय
चितवन - ताला खुल्न नसकेपछि यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त वनेको छ । आर्थिक वर्षको सात महिना कटिसक्दा पनि विश्वविद्यालय सभा हुन सकेको छैन । विश्वविद्यालयभित्र राजनीतिक खिचातानी र गुटगत झगडाका कारण विश्वविद्यालय अस्तव्यस्त वन्दै गएको हो । विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार, डीनलगायतका महत्वपूर्ण पदमा नियुक्ति भई सके पनि निर्देशक, परीक्षा नियन्त्रक, सहायक डीनलगायतका पदका ला...

सीता र इन्द्रजीतको ‘त्यो मैयुङ डाँडा’

सीता र इन्द्रजीतको ‘त्यो मैयुङ डाँडा’
काठमाडौं - सीता राई र इन्द्रजीत राइको अभिनय रहेको ‘त्यो मयुङ डाँडा’ बोलको गीत सार्वजनिक भएको छ ।तयाहाङ र रितिस्मा लिम्बूको स्वर रहेको गीतमा शब्द श्यामु राइको रहेको छ भने संगीत र एरेञ्ज सुमन राइको रहेको छ । इन्द्रजीत राइको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई बिनोज तामाङले छायांकन र सम्पादन गरेका हुन् । भिडियो….. https://www.youtube.com/watch?v=RCOUmidYRCg

झापामा पहिलो रबर उद्योग सञ्चालनको तयारी

झापामा पहिलो रबर उद्योग सञ्चालनको तयारी
झापा - नेपालमा रबर खेती शुरु भएको ३० वर्षपछि झापामा रबर उद्योग स्थापना भएको छ । कनकाई नगरपालिका–७ मा रु २० करोडको लगानीमा स्थापित कनकाई रबर इन्डस्ट्रिज सञ्चालनको अन्तिम तयारीमा छ । विसं २०४६ मा गोरखामा गोरखकाली रबर उद्योग स्थापना भएसँगै झापाको शनिश्चरेमा पहिलोपल्ट परीक्षणको रुपमा रबरको बिरुवा रोपिएको थियो । शनिश्चरेका जयप्रसाद ढकाल र उहाँको परिवारले पाँच हेक्टर जग्गामा पहिलोपल्ट रबर खेती गर्नु...